एमाले महाधिवेशन : ऐले बिहान ८ बजेदेखि मतदान, मतदानस्थल सर्ने

एमाले महाधिवेशन : ऐले बिहान ८ बजेदेखि मतदान, मतदानस्थल सर्ने

एजेन्सी

@antaranganews

२०८२ पुस २ गते बुधबार ०७:५९

एमालेको जारी ११ औं महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । निर्वाचनबाट एक अध्यक्ष, ५ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ जना सचिव साथै ३०१ जना केन्द्रीय सदस्य चयन हुनेछन् । जारी महाधिवेशनका लागि २ हजार २६२ जना प्रतिनिधि चुनिएर आएका छन् ।

मतदान गर्न एकजना मतदातालाई कम्तीमा ३५–४० मिनेट लाग्ने अनुमान छ । मतदान सकिएको कम्तिमा २ घन्टामा परिणाम सार्वजनिक हुनेछ ।

काठमाडौं– नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ऐले विहान ८ बजेदेखि मतदान सुरु हुँदैछ । हिजै मतदान गर्ने तयारी भए पनि प्राविधिक कारणले एमालेको मतदान आज पुस २ गतेका लागि सरेको हो ।
विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिँदै छ । त्यसका लागि रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने आयोगले जनाएको छ । रामलक्ष्मण इनोभेसन प्रालिका प्राविधिक लक्ष्मण रिमालका अनुसार उपकरणमा डाटा इन्ट्री सकिएर मतदानका लागि तयारी अवस्थामा राखिएको छ । उहाँका अनुसार मतदानस्थल भने परिवर्तन हुने छ । उहाँले भन्नुभयो, ‘एमाले महाधिवेशन भइरहेको हल खाली गरिदिनु पर्ने भएकाले भृकुटीमण्डपकै अन्यत्र मतदान हुने तयारी छ ।’ उहाँले थप भन्नुभयो, ‘हामीलाई बिहान ८ बजेदेखि मतदान गराउने भनिएको थियो । हल खाली गर्नुपर्ने भएकाले लोकेसन चेञ्ज गरेर राखेका छौं ।
एमालेको जारी ११ औं महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । निर्वाचनबाट एक अध्यक्ष, ५ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ जना सचिव साथै ३०१ जना केन्द्रीय सदस्य चयन हुनेछन् ।
महाधिवेशनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच आगामी नेतृत्वका लागि प्रतिस्पर्धा हुँदैछ । दुवै जनाले आ–आफ्नो समूह बनाएर उम्मेदवारी दिएको सार्वजनिक भइसकेको छ ।
५ जना उपाध्यक्षका लागि अरूण नेपाल, गुरूप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे र विष्णु पौडेलको उम्मेदवारी रहेको छ । त्यस्तै, महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे भिड्दै हुनुहुन्छ ।
यसैगरी, ३ उपमहासचिव पदका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरीको उम्मेदवारी छ ।
त्यस्तै, ९ सचिव पदमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगरादज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत,. यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की भिड्दै हुनुहुन्छ ।
मतदान गर्न एकजना मतदातालाई कम्तीमा ३५–४० मिनेट लाग्ने अनुमान छ ।
मतदान सकिएलगत्तै मतगणना सुरू हुने एमालेको निर्वाचन समितिले जनाएको छ । विद्युतीय मतदान भएकाले मतदान सकिएको कम्तिमा २ घन्टामा परिणाम सार्वजनिक हुनेछ ।
एमालेको जारी महाधिवेशनका लागि २ हजार २६२ जना प्रतिनिधि चुनिएर आएका छन् ।

प्रकाशित मिति २०८२ पुष २, बुधबार ०७:५९ गते
हजुरको प्रतिक्रिया