काठमाडौं– नेकपा एमालेको महाधिवेशनमा मतदान प्रक्रियामा ढिलाइ भएको छ, प्राविधिक समस्याका कारण समय परिवर्तन गरिएको हो । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न गरिएको मतदान आज पुस २ गते रातभर चल्ने संकेत देखिएको छ ।
निर्वाचन आयोगका अनुसार मतदाता सूची हेरेर मतदान गर्दा समय लागेको र उम्मेदवार धेरै भएकाले ढिलाइ हुन गएको हो । सूची हेरेर मतदान गर्दा समय लागेको र उम्मेदवार धेरै भएकाले ढिलाइ हुन गएको हो ।
मतदान हिजो पुस २ गते दिउँसो १ बजे हुने कार्यतालिका थियो । तर प्राविधिक समस्या देखाउँदै आज बिहान ८ बजेका लागि मतदान समय तोकियो । आज पनि मतदानमा ढिलाइ भइरहेको छ ।
स्टिमेसन अहिलेसम्म दोब्बर मतदान हुन्छ भन्ने थियो । तर, सोचे अनुसार भएन एकदमै स्लो भयो । यसको कारण नेम लिस्ट अर्थात् चिट लिएर आउँदा र भोट हाल्दा समय लागेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । सो आयोगका अनुसार लिस्ट हेरेर भोट हाल्दा समय लाग्ने भएकाले मतदानमा ढिलाइ भइरहेको हो ।
सुरुमा २५१ मा केन्द्रीय समिति थियो र तयारी त्यसैअनुसार गरिको थियो । अहिले केन्द्रीय समिति ३०१ छ । चिट हेरेर मत हाल्दा एकदमै स्लो भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उम्मेदवार धेरै भएको बताउँदै यसरी नै जाने हो भने भोलि बिहान ३, ४ बज्ने स्थिति देखिन्छ ।
यद्यपि मतदान सकिएको ४ घण्टाभित्रै नतिजा सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।
एमाले महाधिवेशन ः मतदानमा किन भइरहेको छ ढिलाइ ?
नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल मैदानमा उत्रिएका छन् । २ हजार २ सय २३ मतदातामध्ये अहिलेसम्म सात सय भन्दा बढीले विद्युतीय मतपेटीका मत खसालेका छन् ।
मतदानमा किन ढिलाई ? के छ आयोगको प्रतिक्रिया ?
केन्द्रीय निर्वाचन आयोगका अनुसार स्टिमेसन अहिलेसम्म दोब्बर मतदान हुन्छ भन्ने थियो । तर, सोचे अनुसार भएन एकदमै स्लो भयो । यसको कारण नेम लिस्ट अर्थात् चिट लिएर आउँदा र भोट हाल्दा समय लागेको हो । लिस्ट हेरेर भोट हाल्दा समय लाग्ने भएकाले मतदानमा ढिलाइ भइरहेको हो । निर्वाचन आयोगका अनुसार सुरुमा २५१ मा केन्द्रीय समिति थियो । तयारी त्यसैअनुसार गरिको थियो । अहिले केन्द्रीय समिति ३०१ छ । चिट हेरेर मत हाल्दा एकदमै स्लो भएको छ । उम्मेदवार धेरै भएको बताउँदै यसरी नै जाने हो भने भोलि ३, ४ बज्ने स्थिति देखिन्छ ।
यद्यपि मतदान सकिएको मतदान सम्पन्न भएपछि गणनामा ३ देखि ४ घन्टा लाग्नेछ र नतिजा सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।
एमाले निर्वाचन : प्रतिनिधिहरूलाई ८ बजेभित्र होल्डिङ सेन्टरमा पुग्न आग्रह :
एमालेको ११औँ महाधिवेशनमा निर्वाचन जारी छ, प्रतिनिधिहरूले मतदान गर्दैछन् । भृकुटीमण्डपमा मतदान भइरहेको छ, ८ बजेभित्र होल्डिङ सेन्टरमा पुग्न आग्रह गरिएको छ । निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार ८ बजेपछि मतदानस्थलमा प्रवेश निषेध गरिने आयोगका सचिव कुन्साङ लामाले भन्नुभयो । उहाँँका अनुसार राजधानीको भृकुटीमण्डपमा भइरहेको मतदान प्रक्रिया सहभागी प्रतिनिधिहरूलाई टोकन लिएर राति ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह निर्वाचन आयोगले गरेको छ । उहाँले भन्नुभयो, ‘अहिले टोकन बाँडिरहेका छौँ । गेट बाहिर रहनुभएका प्रतिनिधि टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टरमा पुग्नुपर्ने सूचना जारी गरेका छौँ ।’
सबैलाई भोट हाल्न करिब साढे तीन सय पटक बटन थिच्नुपर्छ । विगतमा केन्द्रीय सदस्यमा उठेकामध्ये १५– २० जनालाई भोट हालेर बाँकी खाली छाड्न सकिन्थ्यो । अहिले सबैलाई मत दिनुपर्ने व्यवस्था छ । एउटा समूहमा जति जनालाई भोट हाल्नुपर्ने हो, त्यतिलाई नहालेसम्म अर्को समूहमा भोट दिन पाँइदैन । उदाहरणका लागि, कुनै समूहमा ५ जनालाई भोट हाल्नुपर्ने छ भने दुई जनालाई मात्र दिऊँ भन्न पाइँदैन । यसले पनि मतदानमा समय लागिरहेको रिमाल बताउँछन् ।
बिहान साढे ९ बजेदेखि मतदान सुरू भएको हो । साढे १२ बजेसम्म ४ सय मत खसेको छ । अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले सँसगँगै मतदान गरेका थिए ।
ओली र ईश्वरलाई ४०– ४० मिनेट लाग्यो भोट हाल्न :
एमालेको जारी ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेललाई लगभग बराबर समय लागेको छ । ओलीले करिब ४० मिनेटमा सबैलाई भोट हालेको प्राविधिक लक्ष्मण रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष पदका अर्का दाबेदार ईश्वर पोखरेलले पनि लगभग यति नै समयमा भोट हालेर सकेका थिए ।
विष्णु पौडेलले भोट हाल्न २५ मिनेट खर्चनु भएको छ, ओली खेमाबाट उपाध्यक्ष उम्मेदवार हुनुहुन्छ । अर्का, पोखरेल समूहबाट महासचिव उम्मेदवार सुरेन्द्र पाण्डेलाई ३० मिनेट लागेको थियो ।
मतदान सुरू भएदेखि प्रतिघन्टा सय जना हाराहारीले भोट हालिरहेकाले दुई २६२ जना प्रतिनिधिलाई भोट हाल्न करिब २२ घन्टा लाग्ने देखिएको हो । मतदान बिहान सवा ९ बजेबाट सुरू भएको थियो ।
मतदान व्यवस्थापन गरिरहेको रामलक्ष्मण इनोभेसन प्रालिका लक्ष्मण रिमालले पनि सबै प्रतिनिधिको मतदान सक्न भोलि बिहान ७ बजेसम्म समय लाग्ने बताएका छन् ।
मतदान ढिलाइ हुनुमा मुख्य कारण :
पहिलो, नेकपा एमालेले अन्तिम समय विधान संशोधन गरेर केन्द्रीय समिति र पदाधिकारी बढाएका कारण मतदानका लागि लाग्ने समय पनि बढेको रिमालले बताएका छन् । उहाँका अनुसार विधान संशोधनपछि भोटिङ मेसिनमा पहिले गरिएको सेटिङ परिवर्तन गर्नुपरेको छ ।
नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल मैदानमा उत्रिनु भएको छ । २ हजार २ सय २३ मतदातामध्ये अहिलेसम्म सात सय भन्दा बढीले विद्युतीय मतपेटीका मत खसालेका छन् ।
एमाले महाधिवेशनमा १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्यका लागि मतदान भइरहेको हो । महाधिवेशनमा दुई हजार २६२ जना प्रतिनिधि छन् । एमालेले भदौमा भएको विधान अधिवेशनबाट पदाधिकारी संख्या १५ मा झारेको थियो । अहिले बढाएर १९ पुर्याएको छ । केन्द्रीय कमिटी संख्या पनि २५१ बाट बढाएर ३०१ पुर्याइएको छ ।
नेकपा एमालेले महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा गरिरहेको छ ।
०७८ मा १०औँ महाधिवेशन चितवनमा गरेको एमालेले चार वर्षपछि ११औँ महाधिवेशन काठमाडौंमा गरेको हो ।
प्रकाशित मिति २०८२ पुष २, बुधबार १९:२२ गते