एमाले महाधिवेशन : रातभर जाग्राम बसेर मतदान गर्नु पर्ने स्थिति, ढिलाइ किन ?

एमाले महाधिवेशन : रातभर जाग्राम बसेर मतदान गर्नु पर्ने स्थिति, ढिलाइ किन ?

एजेन्सी

@antaranganews

२०८२ पुस २ गते बुधबार १०:००

एमालेको जारी ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेललाई लगभग बराबर समय लागेको छ । ओलीले करिब ४० मिनेटमा सबैलाई भोट हालेको प्राविधिक लक्ष्मण रिमालले जानकारी दिनुभयो ।

विष्णु पौडेलले भोट हाल्न २५ मिनेट खर्चनु भएको छ, ओली खेमाबाट उपाध्यक्ष उम्मेदवार हुनुहुन्छ । अर्का, पोखरेल समूहबाट महासचिव उम्मेदवार सुरेन्द्र पाण्डेलाई ३० मिनेट लागेको थियो ।

काठमाडौं– नेकपा एमालेको महाधिवेशनमा मतदान प्रक्रियामा ढिलाइ भएको छ, प्राविधिक समस्याका कारण समय परिवर्तन गरिएको हो । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न गरिएको मतदान आज पुस २ गते रातभर चल्ने संकेत देखिएको छ ।
निर्वाचन आयोगका अनुसार मतदाता सूची हेरेर मतदान गर्दा समय लागेको र उम्मेदवार धेरै भएकाले ढिलाइ हुन गएको हो । सूची हेरेर मतदान गर्दा समय लागेको र उम्मेदवार धेरै भएकाले ढिलाइ हुन गएको हो ।
मतदान हिजो पुस २ गते दिउँसो १ बजे हुने कार्यतालिका थियो । तर प्राविधिक समस्या देखाउँदै आज बिहान ८ बजेका लागि मतदान समय तोकियो । आज पनि मतदानमा ढिलाइ भइरहेको छ ।
स्टिमेसन अहिलेसम्म दोब्बर मतदान हुन्छ भन्ने थियो । तर, सोचे अनुसार भएन एकदमै स्लो भयो । यसको कारण नेम लिस्ट अर्थात् चिट लिएर आउँदा र भोट हाल्दा समय लागेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । सो आयोगका अनुसार लिस्ट हेरेर भोट हाल्दा समय लाग्ने भएकाले मतदानमा ढिलाइ भइरहेको हो ।
सुरुमा २५१ मा केन्द्रीय समिति थियो र तयारी त्यसैअनुसार गरिको थियो । अहिले केन्द्रीय समिति ३०१ छ । चिट हेरेर मत हाल्दा एकदमै स्लो भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उम्मेदवार धेरै भएको बताउँदै यसरी नै जाने हो भने भोलि बिहान ३, ४ बज्ने स्थिति देखिन्छ ।
यद्यपि मतदान सकिएको ४ घण्टाभित्रै नतिजा सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।
मतदानमा किन भइरहेको छ ढिलाइ ?
नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल मैदानमा उत्रिएका छन् । २ हजार २ सय २३ मतदातामध्ये अहिलेसम्म सात सय भन्दा बढीले विद्युतीय मतपेटीका मत खसालेका छन् ।
मतदानमा किन ढिलाई ? के छ आयोगको प्रतिक्रिया ?
केन्द्रीय निर्वाचन आयोगका अनुसार स्टिमेसन अहिलेसम्म दोब्बर मतदान हुन्छ भन्ने थियो । तर, सोचे अनुसार भएन एकदमै स्लो भयो । यसको कारण नेम लिस्ट अर्थात् चिट लिएर आउँदा र भोट हाल्दा समय लागेको हो । लिस्ट हेरेर भोट हाल्दा समय लाग्ने भएकाले मतदानमा ढिलाइ भइरहेको हो । निर्वाचन आयोगका अनुसार सुरुमा २५१ मा केन्द्रीय समिति थियो । तयारी त्यसैअनुसार गरिको थियो । अहिले केन्द्रीय समिति ३०१ छ । चिट हेरेर मत हाल्दा एकदमै स्लो भएको छ । उम्मेदवार धेरै भएको बताउँदै यसरी नै जाने हो भने भोलि ३, ४ बज्ने स्थिति देखिन्छ ।
यद्यपि मतदान सकिएको मतदान सम्पन्न भएपछि गणनामा ३ देखि ४ घन्टा लाग्नेछ र नतिजा सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।
एमाले निर्वाचन : प्रतिनिधिहरूलाई ८ बजेभित्र होल्डिङ सेन्टरमा पुग्न आग्रह :
एमालेको ११औँ महाधिवेशनमा निर्वाचन जारी छ, प्रतिनिधिहरूले मतदान गर्दैछन् । भृकुटीमण्डपमा मतदान भइरहेको छ, ८ बजेभित्र होल्डिङ सेन्टरमा पुग्न आग्रह गरिएको छ । निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार ८ बजेपछि मतदानस्थलमा प्रवेश निषेध गरिने आयोगका सचिव कुन्साङ लामाले भन्नुभयो । उहाँँका अनुसार राजधानीको भृकुटीमण्डपमा भइरहेको मतदान प्रक्रिया सहभागी प्रतिनिधिहरूलाई टोकन लिएर राति ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह निर्वाचन आयोगले गरेको छ । उहाँले भन्नुभयो, ‘अहिले टोकन बाँडिरहेका छौँ । गेट बाहिर रहनुभएका प्रतिनिधि टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टरमा पुग्नुपर्ने सूचना जारी गरेका छौँ ।’
सबैलाई भोट हाल्न करिब साढे तीन सय पटक बटन थिच्नुपर्छ । विगतमा केन्द्रीय सदस्यमा उठेकामध्ये १५– २० जनालाई भोट हालेर बाँकी खाली छाड्न सकिन्थ्यो । अहिले सबैलाई मत दिनुपर्ने व्यवस्था छ । एउटा समूहमा जति जनालाई भोट हाल्नुपर्ने हो, त्यतिलाई नहालेसम्म अर्को समूहमा भोट दिन पाँइदैन । उदाहरणका लागि, कुनै समूहमा ५ जनालाई भोट हाल्नुपर्ने छ भने दुई जनालाई मात्र दिऊँ भन्न पाइँदैन । यसले पनि मतदानमा समय लागिरहेको रिमाल बताउँछन् ।
बिहान साढे ९ बजेदेखि मतदान सुरू भएको हो । साढे १२ बजेसम्म ४ सय मत खसेको छ । अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले सँसगँगै मतदान गरेका थिए ।
मतदान ढिलाइ हुनुमा मुख्य कारण :
पहिलो, नेकपा एमालेले अन्तिम समय विधान संशोधन गरेर केन्द्रीय समिति र पदाधिकारी बढाएका कारण मतदानका लागि लाग्ने समय पनि बढेको रिमालले बताएका छन् । उहाँका अनुसार विधान संशोधनपछि भोटिङ मेसिनमा पहिले गरिएको सेटिङ परिवर्तन गर्नुपरेको छ ।
नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल मैदानमा उत्रिनु भएको छ । २ हजार २ सय २३ मतदातामध्ये अहिलेसम्म सात सय भन्दा बढीले विद्युतीय मतपेटीका मत खसालेका छन् ।
एमाले महाधिवेशनमा १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्यका लागि मतदान भइरहेको हो । महाधिवेशनमा दुई हजार २६२ जना प्रतिनिधि छन् । एमालेले भदौमा भएको विधान अधिवेशनबाट पदाधिकारी संख्या १५ मा झारेको थियो । अहिले बढाएर १९ पुर्याएको छ । केन्द्रीय कमिटी संख्या पनि २५१ बाट बढाएर ३०१ पु¥याइएको छ ।
नेकपा एमालेले महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा गरिरहेको छ ।
०७८ मा १०औँ महाधिवेशन चितवनमा गरेको एमालेले चार वर्षपछि ११औँ महाधिवेशन काठमाडौंमा गरेको हो ।
एमाले महाधिवेशनको निर्वाचन : प्रतिघण्टा सयका दरले मत खस्दै
एमाले निर्वाचन ः १२ घण्टामा १२ सय मत खस्यो, मतदान हाल अर्थात राती ९ बजेसम्म ५० प्रतिशत मत खसेको छ ।
मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भने राजधानी काठमाडौंको भृकुटीमण्डपमा भएको हो । २७ देखि २९ गतेसम्म तय भएको महाधिवेशनमा पुस १ गतेबाट मतदान सुरू हुने भनिए पनि प्राविधिक कारणले आज २ गते बिहानबाट मात्रै भएको हो ।
काठमाडौं– नेकपा (एमाले)को जारी ११ औं महाधिवशेनको बहु प्रतिक्षित निर्वाचन परिणाम सुन्न आतुर रहेको जनमानसको पर्खाइँ पट्यार लाग्दो भएको छ । महाअधिवेशनको क्रममा नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा प्रति घण्टा एक सयका दरले मतदान भइरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा पुस २ गते बिहान ९ः१५ बजेबाट मतदान सुरु भएको हो । करिब १२ घण्टादेखि मतदान भइरहेकोमा १२ सय नै मत खसेसँगै त्यस्तो पुष्टि भएको हो ।
प्रतिनिधिहरूले रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान भइरहेको छ । राति ८ः४५ बजेसम्म १२ सय मत खसेको निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि बिहानैदेखि मतदाताहरू कुरिरहेका छन् ।
मतदानमा सहभागी हुने प्रतिनिधिहरूलाई राति १० बजेसम्म टोकनको समय तोकिएको छ । यसअघि राति ८ बजेसम्म मतदानस्थल पुगिसक्न भनिएको थियो ।
अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा हुनुहुन्छ ।
महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्दै छन् ।
मलाई भोट हाल्न १ घन्टा ४ मिनेट लाग्यो  : ईश्वर पोखरेल
नेकपा एमालेका अध्यक्ष प्रत्यासी ईश्वर पोखरेलले आफूलाई मतदान गर्न १ घन्टा ४ मिनेट लागेको बताउनु भएको छ ।
नेता तथा निर्वतमान वरिष्ठ उपाध्यक्ष पोखरेलले जारी ११औं महाधिवेशन स्थलमा अहिले राति पत्रकारहरूसँग कुरा गर्दै त्यस्तो जानकारी दिनु भएको हो । नेता पोखरेलले आफ्ना प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष केपी शर्मा ओली सँगसँगै बुधबार बिहानै मतदान गर्नु भएको थियो । उनीहरूले भोट हालेलगत्तै प्राविधिकहरूले ओली र पोखरेल दुवैलाई मतदान सक्न करिब ४० मिनेट लागेको बताएका थिए । यसबारे दुवैको औपचारिक भनाइ आएको थिएन ।
मतदान किन ढिला भइरहेको छ भन्ने पत्रकारहरूको जिज्ञासाको जबाफमा समूह समूहमा बाँडिएका धेरै उम्मेदवारलाई एकैचोटि भोट हाल्नुपरेकाले ढिलो भएको उहाँले बताउनु भयो ।
पुसको जाडोमा भृकुटीमण्डपको मतदान स्थल आइपुगेका पोखरेलले बाक्लो टोपी र ज्याकेट लगाएका थिए । उहाँ रातभरि मतदान स्थलमै बस्ने तयारीमा देखिनु हुन्छ ।
पोखरेलले भन्नुभयो, ‘यो महाधिवेशनले परिवतर्नको आकांक्षा पूरा गर्छ भन्ने मेरो विश्वास छ, हामीले विचार, संगठन र कार्यसम्पादन शैलीमा पार्टी पुनव्र्यवस्थित गर्नुपर्छ । पार्टीलाई सामूहिक नेतृत्वअन्तर्गत विधि र पद्धतिमा सञ्चालन गर्नुपर्छ । यही भावना प्रतिनिधित्व गर्न हामीले उम्मेदवारी दिएका हौं ।’
एकै व्यक्तिले मतदान गर्न दुई घण्टा :
यसैबीच, नेतृत्व चयनका लागि मतदान जारी छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्दै छन् । महाधिवेशनमा दुई पक्षीय प्यानलको प्रतिस्पर्धा भइरहेको छ । एउटा प्यानलको नेतृत्व स्वयम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् भने अर्को प्यानलको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहेका छन् ।
कुनै मतदाताले ९ मिनेटमै मतदान गरेका छन् भने केहीलाई २ घण्टाले पनि पुगेन एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले बताउनु भयो । उहाँका अनुसार शीर्षस्थ नेताहरूले मतदान गर्न एक घण्टा ४ मिनेटदेखि १२ मिनेटसम्म लागेको थियो । उहाँले भन्नुभयो, ‘कसैले दुई घण्टा पाँच मिनेटसम्म पनि लगाएका छन् ।’
दुई पक्षीय लिस्टले तनाव बढायो :
रामलक्ष्मण भोटिङ मेसिनका प्राविधिक लक्ष्मण रिमालका अनुसार, अपेक्षाअनुसार मतदान हुन सकिरहेको छैन ।
रिमालले मतदान ढिलाइका पछाडि मुख्य दुई कारण आँैल्याउँदै पहिलो, प्यानल लिस्ट । दुई पक्षीय लिस्टका कारण मतदान प्रकृया ढिलाइ भएको छ । ओली र पोखरेल समूहले लिस्ट थमाउँदै मतदातालाई भित्र पठाएका छन् । हेरेर मतदान गर्दा मतदाताहरूले दोब्बर समय खर्चिएका हुन् ।
दोस्रो, केन्द्रीय कमिटीको आकार बढ्नु । एमालेले केन्द्रीय कमिटीको आकार महाधिवेशनको बन्दसत्र सुरु हुनु अघिको अन्तिम बैठकबाट बढाएको थियो । रिमालले भन्नुभयो, ‘यही गतिमा मतदान भएमा बिहान ३–४ बजेसम्म लाग्न सक्छ ।’
एउटै व्यक्तिले तीन घण्टा भन्दा बढी समय लगाएर मतदान गरेका निर्वाचन आयोगले जनाएको छ । चिट चोरेर(लिस्ट हेरेर) भोट हाल्दा ढिला भएको आयोगले बताएको छ ।
छैटौँ दिनमा नतिजा :
मतदानमा भएको ढिलाइसँगै एमाले महाधिवेशन झनै लम्बिएको छ । नतिजा भोलि पुस ३ गते मात्र आउने देखिएको छ । शनिबारबाट सुरू भएको एमाले महाधिवेशनको प्रक्रियाले ६ दिनमा मात्र पूर्णता पाउने देखिको हो ।
मतदान सकिएको न्युनतम तीन घण्टामा नतिजा सार्वजनिक गर्न सकिन्छ रिमालले बताउनु भयो । उहाँका अनुसार मतदान सकिएको तीन घण्टाभित्र हामी नतिजा सार्वजनिक गर्न सक्छौं ।’
एमाले महाधिवेशले १९ सदस्यीय पदाधिकारीसहित ३०१ केन्द्रीय कमिटी चयन गर्नेछ । केही पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । तर, त्यही पद पनि मतदान गर्नुपर्ने लिस्टमा छ ।
मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भने राजधानी काठमाडौंको भृकुटीमण्डपमा भएको हो । २७ देखि २९ गतेसम्म तय भएको महाधिवेशनमा पुस १ गतेबाट मतदान सुरू हुने भनिए पनि प्राविधिक कारणले आज २ गते बिहानबाट मात्रै भएको हो ।
०७८ मा १०औँ महाधिवेशन चितवनमा गरेको एमालेले चार वर्षपछि ११औँ महाधिवेशन काठमाडौंमा गरेको हो ।

प्रकाशित मिति २०८२ पुष २, बुधबार २२:०० गते
हजुरको प्रतिक्रिया