एमाले महाधिवेशन : रातभर मतदान तर पनि सकिएन, ७ बजे मदतान सक्ने तयारी

एमाले महाधिवेशन : रातभर मतदान तर पनि सकिएन, ७ बजे मदतान सक्ने तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस ३ गते बिहिबार ०६:२१

यस पटकको निर्वाचनमा नेतृत्वका लागि विशेष प्रतिस्पर्धा देखिएको छ, जहाँ अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिनु भएको छ ।

दुवै पक्षका प्यानलबीचको यो प्रतिस्पर्धालाई एमालेको आन्तरिक राजनीतिमा निकै चासोका साथ हेरिएको छ ।

काठमाडौँ– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी निर्वाचन अन्तिम चरणमा पुगेको छ । हिजो बिहान ९ः१५ गतेदेखि सुरु भएको मतदान प्रक्रिया आज पुस ३ गते बिहान ७ बजे मदतान सक्ने तयारी रहेको हो ।
आज बिहान पाँच बजेसम्म २ हजार ९१ मत खसिसकेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले बताउनु भयो । उहाँका अनुसार जम्मा २ हजार २ सय ६३ मतदाता रहेकोमा अब १ सय ७२ मत खस्न बाँकी छ । उहाँले भन्नुभयो, ‘मतदान अन्तिम चरणमा पुगेको र बाँकी मतदाताहरू लाइनमा बसिसकेका छन् । आयोगले यसअघि बिहान पाँच बजेसम्म मतदानस्थल प्रवेश गरिसक्नुपर्ने सूचना जारी गरेको थियो ।
उपाध्यक्ष पोख्रेलले भन्नुभयो, ‘मतदान प्रक्रिया सम्पन्न भएपछि तीन घण्टाभित्र नतिजा सार्वजनिक हुने छ ।’
उपमहासचिवका प्रत्यासी योगेश भट्टराईका अनुसार २२६३ कूल मतदातामध्ये बिहीबार बिहान ३ः०० बजेसम्म १८०० बढी मत खसिसकेको बताइएको थियो ।
एमालेमा विद्युतीय उपकरणमार्फत् मतदान भइरहेको छ । ८० वटा उपकरण प्रयोग गरी हिजो बिहान ९ः१२ बजेदेखि मतदान भइरहे पनि प्रतिनिधिहरूले मत हाल्न ढिला गरेका कारण समय लम्बिएको हो । प्राविधिक लक्ष्मण रिमालका अनुसार भोट हाल्न औसत ४० मिनेट हाराहारी लागेको छ । शीर्ष नेताहरूलाई नै मत हाल्न एक घन्टा बढी समय लागेको थियो ।
यसपटक १० औं महाधिवेशनभन्दा खुलेर भोट माग्न र हाल्न पाउँदा एमाले प्रतिनिधिहरू उत्साहित देखिएका छन् । मतदानका लागि कम्तिमा ९ मिनेर र बढीमा २ घन्टा ३० मिनेटसम्म पनि मतदान गर्न समय लागेको रिमालले बताउनु भयो । प्रतिनिधिहरूले हातहातमा उम्मेदवारहरूले बाँडेका चिट बोकेर मतदानस्थल प्रवेश गरेकाले मत हाल्न ढिला भएको हो । दुवै पक्षले यथेष्ट मात्रामा चिट बाँडिरहेका छन् ।
यो निर्वाचनमा प्यानलमा परेकै कारण भोट आउँछ र जित्छु भन्नेहरूलाई समेत मैदानमा भोट माग्न उत्रनुपर्ने वातावरण बनेको र यसको कारण महाधिवेशन प्रतिनिधिहरूले विवेक प्रयोग गर्दैछन् भन्ने पर्नु रहेको छ ।
यस पटकको निर्वाचनमा नेतृत्वका लागि विशेष प्रतिस्पर्धा देखिएको छ, जहाँ अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिनु भएको छ ।
दुवै पक्षका प्यानलबीचको यो प्रतिस्पर्धालाई एमालेको आन्तरिक राजनीतिमा निकै चासोका साथ हेरिएको छ ।
एमालेको नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित मैदानमा छन् । ३०१ केन्द्रीय सदस्य, आयोग अध्यक्षसहित ३५० पदका लागि ६२२ जना उम्मेदवार मैदानमा छन् ।
अहिले बिहान ७ बजेसम्म मतदान गर्न लाग्ने र मतदान सकिएपछि तुरून्तै गणना प्रारम्भ हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८२ पुष ३, बिहीबार ०६:२१ गते
हजुरको प्रतिक्रिया