रास्वपा भुइँ मान्छेहरूको हितलाई केन्द्रमा राखेर काम गर्न खुलेको पार्टी हो : नेतृ सोविता गौतम

रास्वपा भुइँ मान्छेहरूको हितलाई केन्द्रमा राखेर काम गर्न खुलेको पार्टी हो : नेतृ सोविता गौतम

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस ५ गते शनिवार ११:४२

रास्वपाका गण्डकी प्रदेशका सभापति एवम् केन्द्रीय सदस्य राजन गौतमले आफ्नो संक्षिप्त मन्तव्यमा हाम्रो हजुरवा पुस्तालाई प्रजातन्त्रका नाउँमा बा पुस्तालाई बहुदलका नाउँमा र हाम्रो पुस्तालाई गणतन्त्रका नाममा झुक्याउने खेल अन्य ठूला भनिने पार्टीबाट भएको छ, अब त्यसरी झुक्किने बेला गएको छ, झुक्किनु हुन्न भन्नुभयो ।

रास्वपाका केन्द्रीय संगठन विभागका सदस्य एवम् रास्वपा लमजुङका संस्थापक संयोजक धर्म केसीले हिजोका दिनसम्म डिलरहरूलाई मत दिने काम भयो, अब लिडरलाई मत दिनु पर्छ भन्ने आह्वान गर्नु भयो ।

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की नेतृ एवम् निवर्तमान संघीय सांसद सोविता गौतमले रास्वपा भुइँ मान्छेहरूको न्याय, अधिकार र हितका लागि खुलेको हो भन्नुभएको छ । उहाँले यहाँ स्थित शान्तिटोल तमू बाबा– आमा समूहको भवनमा आयोजना गरिएको बेसीशहर नगरको पहिलो पालिका अधिवेशन तथा वडानं– ७ को वडाअधिवेशनको संयक्त कार्यक्रमको उदघाटन मन्तव्य व्यक्त गर्दै पुस ४ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले लमजुङको ऐतिहासिक विशेषताहरूको स्मरण गर्दै यति सुन्दर जिल्लाको भौतिक निर्माण तथा जिल्लाबासीको समृद्धिका आशाहरू किन पुरा हुन सकेन ? सोच्नु पर्ने बेला आएको बताउनु भयो । उहाँले यो जिल्लाको सम्भावनालाई यथार्थमा परिणत गर्न र भुइँ मान्छेका चाहनाहरू पुरा गर्नका लागि जनताको न्याय, अधिकार र हितलाई केन्द्रमा राखेर काम गर्न रास्वपा खुलेको हो भन्नुभयो । रास्वपा प्रष्ट सिद्धान्त, भिजन र मिसनका साथ खुलेको पार्टी हो भन्दै विरोधीले त्यसलाई छायाँमा पारिएको हो भन्नुभयो । उहाँले खुला अर्थतन्त्र तर नियामक निकाय बलियो हुने आर्थिक नीति, प्रदेशलाई ऐलेको जस्तो भद्दा र खर्चिलो नगरी चुस्त बनाउने, वैदिक सनातन संस्कृतिमा अटाई आएका सबै प्रकारका धर्म संप्रदायको संरक्षण र प्रवद्र्धन गर्ने, लोकतन्त्रिक पद्दतिमा आधारित मूल्यमान्यतामा चल्ने परिपक्व राजनीतिक दल हो भन्नुभयो ।
सो दलको केन्द्रीय सचिवालय सदस्यसमेत रहनु भएकी नेतृ गौतमले लमजुङ प्रजातन्त्र, लोक संस्कृतिका लागि समेत विशेष योगदान गरीआएको जिल्ला रहेको र यहाँ पञ्चायतका विरुद्ध काम गरेका व्यक्तित्वहरूसमेत प्रसस्तै भएको रुपमा आफूले पाएको छु भन्ने उल्लेख गर्नु भयो । उहाँले रास्वपा मूलतः भुइँमान्छेका रुपमा रहेका जनताको हितलाई केन्द्रमा राखेर काम गर्नका लागि खुलेको हो भन्नुभयो ।
हिजोका दिनमा रविको पार्टीलाई त समानुपातिकमा मत दिने हो प्रत्यक्षमा हैन भन्दै भ्रम छर्ने काम भएको थियो । तर यस पटक त्यसो नगरी दुवैतर्फ घण्टी चिन्हमा मत दिएपछि मात्र हाम्रो सोच अनुसारको सरकार बन्ने र जनताको हितमा काम हुने हुन्छ उहाँले भन्नुभयो । रास्वपाका सभापति रविलाई एक पटक प्रधानमन्त्री बनाएर उहाँको नेतृत्वमा सरकार गठन भएपछि यो देशको मुहार फेरिनेछ त्यसका लागि काम गरौं उहाँले उल्लेख गर्नुभयो ।
सो अवसरमा रास्वपाका गण्डकी प्रदेशका सभापति एवम् केन्द्रीय सदस्य राजन गौतमले आफ्नो संक्षिप्त मन्तव्यमा हाम्रो हजुरवा पुस्तालाई प्रजातन्त्रका नाउँमा बा पुस्तालाई बहुदलका नाउँमा र हाम्रो पुस्तालाई गणतन्त्रका नाममा झुक्याउने खेल अन्य ठूला भनिने पार्टीबाट भएको छ, अब त्यसरी झुक्किने बेला गएको छ, झुक्किनु हुन्न भन्नुभयो । उहाँले परिवर्तन कठिन छ तर असम्भव छैन भन्दै तीन करोड नेपालीको आवाज बोल्ने रास्वपाकै जगमा जेनजी आन्दोलन भएको हो भन्नुभयो । उहाँले पार्टी सभापतिलाई गण्डकीका १८ सिटमध्ये १० सिट जित्ने बताउदा उहाँले त्यतिले पुग्दैन, दुई तिहाई चाहिन्छ र कम्तिमा १२ सिट जित्नु पर्छ भन्नुभयो र त्यो प्रतिवद्धता गरेर आएको छु, त्यो मेरो मात्र प्रतिवद्धता हैन, यहाँहरू सबै र आज बन्ने नयाँ समितिको पनि हो त्यसैले त्यस्तो परिणाम ल्याउन लागौं भन्नुभयो ।
यसैगरी, रास्वपाका केन्द्रीय संगठन विभागका सदस्य एवम् रास्वपा लमजुङका संस्थापक संयोजक धर्म केसीले हिजोका दिनसम्म डिलरहरूलाई मत दिने काम भयो, अब लिडरलाई मत दिनु पर्छ भन्ने आह्वान गर्नु भयो । उहाँले यो देश तथा जिल्लामा हुने सबै प्रकारका वेथितिका विरुद्ध लड्ने एकमात्र पार्टी रास्वपा हो, त्यसैले यो पार्टीलाई जिताउने कार्यमा जुटौं भन्नुभयो । त्यसको निर्धारण फागुन २१ ले गर्नेछ उहाँले भन्नुभयो । उहाँले आजको उपस्थितिले पुराना र ठूला भनिने दलका लागि राम्रो पाठ सिकाउने संकेतका रुपमा आफूले लिएको उल्लेख गर्नुभयो ।
सो अवसरमा रास्वपाका गण्डकी प्रदेश सदस्य राममाया वस्ताकोटीले आफू रास्वपामा डे वानदेखिनै लागेको र समानुपातिक कोटाको खस आर्यतर्फ ५ नंंबरमा रहेको थिएँ, थोरै मतका कारण गत निर्वाचनमा सांसद हुन बञ्चित भएँ यो पटक यहाँहरू आफूलाई १ नंबरमा रहने गरी मत दिन आग्रह गर्दछु भन्नुभयो ।
उक्त कार्यक्रममा केन्द्रीय प्रदेश विभागका सचिव पद्मराज पन्थी, केन्द्रीय जनसम्पर्क विभागका सदस्य भोला शर्मा, रास्वपाका महिला विभाग गण्डकी प्रदेशका उपप्रमुख सन्तोषी गौलीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । रास्पपाका जिल्ला सभापति अशोक सापकोटाले स्वागत गर्नु भएको कार्यक्रम नगर सभापति कृष्ण राउतको सभापतित्वमा भएको थियो भने सञ्चालन वडानं– ७ का सचिव विष्णु घिमिरेले गर्नु भएको थियो ।
उक्त कार्यक्रम गर्नु अघि सो दलको एक भव्य र्यालीले बेसीशहर बजार परिक्रमा गरेको थियो । मनाङे चौताराबाट सुरु भएको सो र्याली, पुरानो बैंक चोक त्रिवेणी टोल, भीमसेन स्थान, नारायण स्थान, सेरा चोक, सेरा कुना हुँदै चक्रापथको सडकबाट बेसीशहर नगरपालिका– ७ को शान्ति टोल स्थित कार्यक्रम स्थलमा पुगेको थियो ।
त्यो अवसरमा झण्डै सात दर्जन व्यक्तिलाई कार्यक्रमकी प्रमुख वक्ता सोविता गौतमले पार्टीको नयाँ सदस्यता दिलाउँदै पार्टीमा स्वागत गर्नु भएको थियो ।   

प्रकाशित मिति २०८२ पुष ५, शनिबार ११:४२ गते
हजुरको प्रतिक्रिया