पाेखरा- वरिष्ठ समाजसेवी एवम् वरिष्ठ साहित्यकार १०२ वर्षीय जे. बि. क्रसले ठाडोभाका बाच्न सक्यो भने हामी पनि जुगजुगसम्म बाच्न सक्छाै भन्नु भएको छ । उहाँले लमजुङ समाज पाेखरा- १५, लक्ष्मी टाेलको व्यवस्थापन सहयोगमा आयोजना गरिएको ठाडोभाका प्रशिक्षणकाे समापनमा प्रमुख अतिथिकाे मन्तव्य व्यक्त गर्दै पुस ७ गते त्यस्तो बताउनु भएको हाे ।
साे प्रशिक्षणकाे समापनका अवसरमा वरिष्ठ समाजसेवी एवम् कलाकार धनबहादुर गरुङ दम्पतीलाई सम्मान गर्दै साे धारणा राख्नु भएको हाे । उहाँले लाेकसंस्कृतिकाे लागि हामी सबैले चिन्ता र चिन्तन गर्नुपर्छ भन्नुभयाे । साे अवसरमा ठाडो भाकाका अग्रज स्रष्टाहरु चार जनालाई सम्मान समेत गरिएको थियोे । सम्मानित हुनुहुनेमा ८७ वर्षीया जुठीमाया गुरुङ, ८६ वर्षीया चिनीमाया गुरुङ, ७५ वर्षीया आशकुमारी गुरुङ र ७० वर्षीया मीनमाया गुरुङ हुनुहुन्छ । उहाँहरुलाई प्रतिष्ठानकाे ७० वर्ष पुगेका अग्रज स्रष्टाहरुलाई सम्मान गर्ने प्रतिष्ठानकाे नीति अनुसार सम्मान गरेको बताइएको छ । उक्त अवसरमा अभिनन्दित व्यक्तित्व धनबहादुर गुरुङले प्रशिक्षणका सहभागीहरुलाई
प्रमाणपत्र वितरण गर्नु भएको थियोे ।
साे क्रममा धनबहादुर गुरुङले ठाडोभाका हाम्रो अमूर्त र अमूल्य सम्पत्ती हो यसको जगेर्ना गर्नु पर्छ मर्न दिनु हुँदैन भन्नुभयो । उहाँले बाल्यकालकाे स्मरण गर्दै ठाडोभाकाक आफैले गाउनु भन्दा पनि गायक गायिका उत्पादन गर्ने उनीहरूलाई प्रोतसाहन गर्ने कार्यमा आफूले सहयोग गर्ने गरेको स्मरण गर्नु भयो । उहाँले भेडीखर्के साइँलालाई शिराेमणिकाे स्थान दिलाउन, बिरामी पर्दा उपचारलगायतका कुरामा आफूले सहयोग गरेको स्मरण गर्नुभयाे । उहाँले ठाडोभाकालाई जसरी पनि बचाउनु पर्छ भन्दै पछिल्ला दिनमा यो प्रतिष्ठानबाट भएका गतिविधि सराहनीय छन् र याे बढ्दै जाओस् भन्नुभयाे ।
ठाडोभाका लाेककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीकाे अध्यक्षतामा भएको उक्त कार्यक्रमका उहाँले ठाडोभाकाका धरोहर धनबहादुर गुरुङलाई अभिनन्नदन गर्ने प्रतिष्ठानको पाँच वर्ष अघिदेखिको धोको आज पुरा भएको बताउनु भयो । उहाँले हाम्रो प्रतिष्ठानले विरलै गर्ने यस्तो अभिनन्दन सम्मान पाउने उहाँ तेस्रो व्यक्ति भएको जानकारी दिनु भयो । पहिलो व्यक्ति भेडीखर्के साइँलालाई उहाँको ८४ औं जन्मोत्सवका अवसरमा अभिनन्दन गरिएको थियो, दोस्रो व्यक्तित्व आजका प्रमुख अतिथि जो प्रतिष्ठानको मानार्थ सदस्य पनि हुनुहुन्छ, उहाँको एकसयौं शुभजन्मोत्सवमा उहाँलाई अभिनन्दन गरिएको थियो । आज तेस्रो व्यक्तित्वका रुपमा धनबहादुर गुरुङ रहनु भएको पहाडीले जानकारी दिनुभयो । अध्यक्ष नवराज पहाडीले प्रतिष्ठानका गतिविधिमा प्रकाश पार्दै ठाडोभाका सर्जक देउबहादुर दुराकाे नाउँमा यो वर्षकाे स्थापना दिवसदेपख सबैभन्दा ठूलो धन राशि ३० हजार, सम्मानपत्र र दाेसल्ला रहेको जानकारी दिनुभयो । उहाँका अनुसार साे पुरस्कार ठाडोभाकाका अग्रज स्रष्टा तथा अभियन्ताहरुलाई हरेक वर्ष एक जनालाई प्रदान गरिनेछ ।
उक्त प्रशिक्षण कार्यक्रममा प्रशिक्षकका रुपमा बुद्धिमान दुरा धम्पु, सीतादेवी दुरा, अमरध्वज गुरुङ, देवराज गुरुङ, मीना गुरुङ लगायतले भूमिका निभाउनु भएको थियोे ।
उपाध्यक्ष सीतादेवी दुराले स्वागत मन्तव्य राख्नु भएको समापन कार्यक्रमकाे सञ्चालन प्रतिष्ठानका आजीवन सदस्य टस गुरुङले गर्नु भएको थियोे ।
प्रकाशित मिति २०८२ पुष ८, मंगलवार ०८:४५ गते