रास्वपा बेसीशहर नगर सभापतिमा पुनः कृष्णबहादुर राउत सर्वसम्मत चयन

रास्वपा बेसीशहर नगर सभापतिमा पुनः कृष्णबहादुर राउत सर्वसम्मत चयन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस ८ गते मङ्गलबार १०:१८

अधिकारीले उपसभापतिमा बस्न मञ्जुर हुनु भएपछि सर्वसम्मत रुपमा समिति गठन भएको घोषणा गरिएको निर्वाचन समितिका सदस्य मीना खड्काले बताउनु भयो । वडानं– २ निवासी ईश्वर अधिकारी सशस्त्र प्रहरी बलबाट निवृत्त इनिस्पेक्टर (प्रहरी निरीक्षक) हुनुहुन्छ । समाजसेवामा विशेष रुचि राख्नु हुने अधिकारी राष्ट्रिय उपभोक्ता मञ्च, लमजुङ शाखाको जिल्ला समिति सदस्य समेत हुनुहुन्छ ।

रास्वपाको विधान अनुसार सहसचिव पदेन सम्बन्धित समितिको संगठन विभागको प्रमुख समेत हुन्छ ।

बेसीशहर(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नगर अधिवेशनले बेसीशहर नगर समितिको सभापति पदमा पुनः कृष्ण राउत सर्वसम्मत रुपमा चयन हुनु भएको छ । राउत यसअघि नगर तदर्थ समितिको पनि सभापति हुनुहुन्थ्यो । सो समिति पुस ८ गते चयन भएको हो ।
सभापति पदमा राउत(वडानं– ६)सँगै ईश्वर अधिकारीले समेत दावी गर्नु भएको थियो । सहमति गर्ने क्रममा अधिकारीले उपसभापतिमा बस्न मञ्जुर हुनु भएपछि सर्वसम्मत रुपमा समिति गठन भएको घोषणा गरिएको निर्वाचन समितिका सदस्य मीना खड्काले बताउनु भयो । उहाँका अनुसार सबै नगर समितिका पद सर्वसम्मत रुपमा चयन भएको हो ।
वडानं– २ निवासी ईश्वर अधिकारी सशस्त्र प्रहरी बलबाट निवृत्त इनिस्पेक्टर (प्रहरी निरीक्षक) हुनुहुन्छ । समाजसेवामा विशेष रुचि राख्नु हुने अधिकारी राष्ट्रिय उपभोक्ता मञ्च, लमजुङ शाखाको जिल्ला समिति सदस्य समेत हुनुहुन्छ ।
समितिको सचिवमा जुझारु व्यक्तित्वका धनी ईञ्जिनियर विष्णु घिमिरे चयन हुनु भएको छ । घिमिरे यसअघि वडानं– ७ को वडा सचिव हुनुहुन्थ्यो ।
त्यस्तै, सहसचिवमा हरिप्रसाद अधिकारी चयन हुनु भएको छ । अधिकारी यसअघि वडानं– ३ को वडासभापति हुनुभएको निर्वाचन समितिका सदस्य खड्काले बताउनु भयो । उहाँका अनुसार रास्वपाको विधान अनुसार सहसचिव पदेन सम्बन्धित समितिको संगठन विभागको प्रमुख समेत हुन्छ ।
सो समितिको सदस्यहरूमा भागवतसिंह अर्र्याल चयन हुनु भएको छ । उहाँ यस अघि वडानं– ९को वडा सभापति हुनुहुन्थ्यो, त्यस्तै, अलहद्दीन मिया सदस्यमा चयन हुनु भएको छ । मिया पनि यसअघि नगर समितिको सदस्य हुनुहुन्थ्यो ।
सो समितिमा चयन हुनुहुने अन्यमा बुद्धराज सेढाई, कल्पना विक, पद्मादेवी राउत र बृषबहादुर गरुङ हुनुहुन्छ ।
रास्वपाको जिल्ला कार्यालयमा भएको सो समिति घोषणाको अवसरमा नवनिर्वाचितहरूलाई निर्वाचन समितिका सदस्य एवम् रास्वपाका जिल्ला उपसभापति प्रकाश थापाले शपथ खुवाउनु भएको थियो ।
सो वडा अधिवेशनको पुस ४ गते रास्वपाका केन्द्रीय सचिवालय सदस्य एवम् निवर्तमान संघीय सांसद सोविता गौतमले उदघाटन गर्नु भएको थियो ।
सो अवसरमा बेसीशहर नगरपालिका– ७ को वडाअधिवेशन समेत गरिएको थियो । वडाधिवेशनबाट सो दलको तदर्थ समितिका वडा सभापति, सामाजिक व्यक्तित्व राजकुमार घिमिरे पुनः अध्यक्षमा चयन हुनु भएको छ ।

प्रकाशित मिति २०८२ पुष ८, मंगलवार २२:१८ गते
हजुरको प्रतिक्रिया