
सुन्दरबजार(लमजुङ)– लमजुङको व्यावसायिक एवम् शैक्षिक केन्द्र सुन्दरबजारमा सञ्चालन गरिएको कृषि हाटबजारमा लघु जीवन बीमा छलफल एवम् अन्तक्रिया कार्यक्रम भएको छ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड सुन्दरबजारको आयोजनामा सो अन्तरक्रिया कार्यक्रम पुस ८ गते भएको हो ।
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी गण्डकी लुम्बिनी प्रदेशका प्रमुख शिव पौडेलले लघु बिमाको महत्त्व र यसको ग्रामीण क्षेत्रमा प्रभावकारिता बारेमा जानकारी दिनु हुँदै बीमा अपरिहार्यताका बारेमासमेत प्रष्ट्याउनु भएको थियो । प्रमुख पौडेलले बीमाको प्रकार, यसको सामाजिक महत्व एवम् अभिकर्ताहरूलाई बीमा गराउने कला सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले कार्यक्रममा सहभागीहरूले बीमा सम्बन्धि सोधिएका विभिन्न जिज्ञासाहरूको समेत जवाफ दिनु भएको थियो ।
उक्त अवसरमा छोटो समय ७ दिनमा नै चिफ एजेन्सी मेनेजर हुन सफल हुनु भएका बेसीशहर निवासी सक्रिय श्रेष्ठका पिता सन्तकुमार श्रेष्ठलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियोे ।
लिबर्टी माइक्रो लाइफ इन्सोरेन्स सुन्दरबजारका प्रमुख मेनुका श्रेष्ठले जीवन बीमा शिक्षा फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
सो अन्तक्रिया कार्यक्रममा सुन्दरबजारका अस्पतालका सदस्य बालकुमारी गुरुङले लिबर्टी माइक्रोमा बीमा आफूले गरी सकेको र अरुलाई पनि गर्न उत्प्रेरित गर्नु भएको थियो । त्यस्तै सहभागी चन्द्र गुरुङले लघु जीवन बीमा खर्च नभई लगानी हो भन्दै जीवन बीमा आफूले गरिसकेको र अब सपरिवार सबैको गराउने जानकारी दिनु भएको थियो ।
कार्यक्रममा लघु जीवन विमाको महत्त्व, फाइदा, प्रकार आदि बिषयमा अन्तरक्रिया तथा छलफल गरिएको थियोे ।
सो कार्यक्रममा चिफ एजेन्सी मेनेजर सिताराम प्रसाद शाह, राजु मिश्र, सर्मेन्द्र रेग्मी, समाजसेवी सुरेन्द्रलाल श्रेष्ठ, सुमित्रा श्रेष्ठ, आदर्श बाल माविका शिक्षक कुशल भट्टराई, हाम्रो साकोसका अध्यक्ष विकास श्रेष्ठ, एभरेष्ट साकोसका प्रबन्धक ज्ञानबहादुर नेपाली, सुन्दरबजार अस्पतालका सदस्य बालकुमारी गुरुङ लगायतको उपस्थिति रहेको थियोे ।
त्यस्तै, कार्यक्रममा सुन्दरबजार नगरपालिका वडा नम्बर १ र २ का वडा सचिव शत्रुधन प्रसाद शाह, वडा नम्बर ३ र ४ का वडा सचिव योगेश्वर चौधरी लगायतको समेत सहभागिता रहेको थियो ।
जम्मा २७ जनाको उपस्थिति रहेको सो अन्तरक्रिया कार्यक्रमको सञ्चालन लिबर्टी माइक्रो लाइफ इन्सोरेन्स सुन्दरबजारका प्रमुख मेनुका श्रेष्ठले गर्नु भएको थियोे ।
प्रकाशित मिति २०८२ पुष ९, बुधबार ०६:१३ गते