लमजुङको सुनौलो भविष्य सहकारी ठगीका अभियुक्त बेसीशहर– ११ का वडाध्यक्ष रहेका शिव जोशीसमेत सात जना फेरि परे प्रहरी कष्टडीमा

लमजुङको सुनौलो भविष्य सहकारी ठगीका अभियुक्त बेसीशहर– ११ का वडाध्यक्ष रहेका शिव जोशीसमेत सात जना फेरि परे प्रहरी कष्टडीमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस ९ गते बुधबार १०:४०

अझ आश्चर्य त के छ भने, ती पाण्डेले सहकारीलाई बैंक ग्यारेन्टी दिने अधिकार छैन भन्ने जान्दा जान्दै र त्यो पनि सोही मुद्दा लागेको कालिका सहकारीले आफ्नो लेटर हेडमा ‘हामीसँग पैसा छ’ भनेर लेखेको पत्रलाई नै ‘बैंक ग्यारेन्टी’को आधार मानेर सो मुद्दा मिलापत्र गराएका थिए । यसबाट सरकारी वकिल पाण्डेले बिना पैसा त्यो काम गर्ने गराउने गरेका हुन् भन्ने सहाकारी अभियानको ‘स’सम्मको पनि जानकारी राख्ने कुनै पनि व्यक्तिहरू कसैले पत्याइरहेको अवस्था छैन ।

आज प्रहरी कष्टडीमा जानेमा उक्त सहकारीका सञ्चालक समितिका संस्थापक अध्यक्ष एवम् प्रवन्धक रहेका हाल : बेसीशहर नगरपालिका– ११ का वडाध्यक्ष शिवराज जोशी, सो सहकारीका पूर्वअध्यक्ष एवम् प्रवन्धक पदम राउत, पूर्वअध्यक्ष हरिप्रसाद पौडेल, ऋषि दवाडी, लेखमान खवास लागयत रहेका छन् ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– ८ को मनाङ्गे चौतारमा मुख्य कार्यालय रहेको मुलुकमै सहकारी ठगीको सबैभन्दा बढी अभियुक्त मुछिएको सहकारी ठगी मुद्दाका अभियुक्त सात जना फेरि प्रहरी कष्टडीमा परेका छन् । सरकारी वकिल कृष्णचन्द्र पाण्डेले जिल्ला अदालतमा न्यायाधीश नभएता पनि आफ्नो रमाना पत्र तयार गरेर सरुवा भएको जिल्लामा हिड्नका लागि लगेज बाधी सकेपछि उनीहरू विरुद्धको मुद्दा जिल्ला अदालतमा दर्ता गरेसँगै ती सात जना पुस ९ गते प्रहरी कष्टडीमा पुगेका हुन् ।
यो जिल्लाका सहकारी ठगीका नाउँमा चलाइएका मुद्दाहरूमा ‘कहिँ नभएको जात्रा हाडी गाउँ’मा भने जस्तो व्यहारतः हुँदै, गरिदै र देखिदै आएको छ । यसअघिको बहुचर्चिक कालिका सहकारीको ठगी काण्डमासमेत मोटो रकमको चलखेल भएको सुनिदै आएको हो ।
सरकारी वकिल पाण्डेले बार्गेनिङ गरेको रकम (अचानक सरुवा भएका कारण) बुझ्न नपाएपछि सो मुद्दा दर्ता गरिएको बुझिन आएको छ । अन्यथा, गत कार्तिक २१ गते नै बुझाउने पर्ने अन्तिम म्याद रहेको यो मुद्दा हिजोका दिनसम्म पर्खेर आजै बुझाउनुको कारण पाण्डेले कबोल अनुसारको रकम नपाएको झोकमा मुद्दा दर्ता गराएका हुन् भन्ने स्रोतको दावी अनुसारको हल्लाले बेसीशहर बजार गर्माएको छ ।
आज प्रहरी कष्टडीमा जानेमा उक्त सहकारीका सञ्चालक समितिका संस्थापक अध्यक्ष एवम् प्रवन्धक रहेका हाल : बेसीशहर नगरपालिका– ११ का वडाध्यक्ष शिवराज जोशी, सो सहकारीका पूर्वअध्यक्ष एवम् प्रवन्धक पदम राउत, पूर्वअध्यक्ष हरिप्रसाद पौडेल, ऋषि दवाडी, लेखमान खवास लागयत रहेका छन् ।
सो मुद्दामा जम्मा २११ जनालाई मात्र प्रतिवादी बनाउने काम भएको छ । तीमध्ये उक्त सहकारीका विभिन्न समयमा सञ्चालक रहेका ५३ जना र अन्य सो सहकारीका ऋणीहरू रहेको बुझिएको छ । यसअघि प्रहरीले उनीहरूसहित १४ जनालाई अनुसन्धानको क्रममा धरौटीमा छाडेको थियो । यसअघि धरौटीमा छुट्नेहरूमा सो सहकारीमा लामो समयसम्म लेखा संयोजक रहेका भक्ति नमूना माविको प्रावि तहका शिक्षक थकित यात्रीसमेत रहेको र यतिबेला भने उनी फरार रहेको प्रहरी भनाइ छ । ५३ जना सञ्चालकमध्ये ४७ जनालाई संगठित अवराध मुद्दा लगाइएको बुझिएको छ ।
भोलि सरकारी विदा छ, पर्सी शुक्रबार भएको र जिल्ला न्यायाधीश बिदामा भएको हुँदा उहाँ पुस १३ गते मात्र कार्यालयमा हाजिर हुन आउनु हुने भएको बुझिन आएको छ । त्यसैकारण पुस १३ गतेका दिनमा मात्र आज प्रहरी कष्टडीमा जानेहरूको बयान हुनेछ । त्यसै कारणले यसअघि एकै दिन आएर बयान र धरौटी बुझाएर रिहाईको सुविधा लिनु भएका वडाध्यक्ष जोशी यसपटक भने कम्तिमा पाँच रात कष्टडीमा बताउनु पर्ने स्थिति उत्पन्न भएको स्रोतले बताएको छ ।
उक्त मुद्दाका लागि कुल विगो करिब ६ करोड ८५ लाख दावी गरिएको छ भने उनी(सञ्चालक)हरू सबैका विरुद्ध संगठीत अपराध मुद्दा पनि लगाइएको छ । यसअघि सम्पत्ती शुद्धिकरणको समेत मुद्दा लगाउने भनिएकोमा त्यो भने अभियोग पत्रमा उल्लेख नभएको स्रोतले बताएको छ ।
स्मरणीय छ, यसअघि बेसीशहरमै रहेको कालिका साकोसको सहकारी काण्ड(ठगी मुद्दा)लाई ‘खोदा पहाड निक्ला चुहा’ बनाउनमा भूमिका खेल्नेमा सरकारी वकिल पाण्डेले राम्रो नायकत्वको निभाएको आम बुझाइ छ । जुन मुद्दाको कथित मिलापत्र गराउने कार्य गर्ने क्रममा सरकारी वकिल पाण्डेले एक अभियुक्तलाई अदालतले पूर्जी काटिसकेपछि पनि उनी हाजिर नहुदाको अवस्थामा पनि त्यस्तो व्यक्तिको मुद्दासमेत फिर्ता लिएर तारतम्य मिलाएका थिए । त्यस्तै, अर्का एक व्यक्ति अदालतमा अनुपस्थित रहदा रहदै उनको इच्छापत्र विना श्रीमतीलाई सही गरेर पनि मिलापत्र गर्न हुन्छ भन्ने जिद्दी कस्दै मिलापत्र गराउने काम गरेका थिए । त्यतिमात्र हैन पाण्डेले सम्पत्ती शुद्धिकरणको मुद्दा चलेको अवस्थामा मुद्दा मिलापत्र गराएको समेत बुझिन आएको छ । अझ आश्चर्य त के छ भने, ती पाण्डेले सहकारीलाई ‘बैंक ग्यारेन्टी’ दिने अधिकार छैन भन्ने जान्दा जान्दै र त्यो पनि सोही मुद्दा लागेको कालिका सहकारीले आफ्नो लेटर हेडमा ‘हामीसँग पैसा छ’ भनेको पत्रलाई नै ‘बैंक ग्यारेन्टी’को आधार मानेर सो मुद्दा मिलापत्र गराएका थिए । यसबाट सरकारी वकिल पाण्डेले बिना पैसा त्यो काम गर्ने गराउने गरेका हुन् भन्ने सहाकारी अभियानको ‘स’सम्मको पनि जानकारहरू व्यक्तिहरू कसैले पत्याइरहेको अवस्था छैन । यसरी नाम कमाएका उनै पाण्डेले आजकै दिन सुनौलो भविष्य सहकारीका सातजनालाई पुसको ठण्डीको यस्तो चिसो रातमा प्रहरी कष्टडीमा पुर्याउने काम गरेर रमाना लिइ हिडेको बेसीशहरका चोक, चियापसल लगायत मानिस जमघट हुने सर्वत्र स्थानमा सोही बिषयले विशेष चर्चा पाइरहेको छ ।
यो मुद्दामा अर्को अनौठो के पनि छ भने ऋणीहरूलाई लेनदेनको मुद्दा चलाउनु पर्नेमा यो पनि मोटो रकम बार्गेनिङ गर्नकै लागि ठगी मुद्दा चलाइएको भन्ने पनि सम्बद्ध जानकारहरूले बताएका छन् । यसप्रकार देशमा सुशासनको नमूना प्रदर्शन गरिएको छ ।

प्रकाशित मिति २०८२ पुष ९, बुधबार २२:४० गते
हजुरको प्रतिक्रिया