पुसको ठण्डी मौसममा आमनिर्वाचनको उखरमाउलो तातो सुरु

पुसको ठण्डी मौसममा आमनिर्वाचनको उखरमाउलो तातो सुरु

एजेन्सी

@antaranganews

२०८२ पुस १२ गते शनिवार ०६:४५

प्रधानमन्त्री कार्कीले सरकारले राष्ट्रपतिबाट प्राप्त कार्यादेश अनुसार चुनाव गराउनका लागि सरकारले तयारी तीव्र पारिरहेको बताउनु भयो । उहाँले चुनावमा पूरै होमिनका लागि रक्षाबाहेक आफूसँग राखेका अरू मन्त्रालय पनि अरू मन्त्रीलाई जिम्मा लगाइसकिएको बताउनु भयो । उहाँले शीर्ष नेताहरूसँग भन्नुभयो, ‘यो घर तपाईँहरूकै हो, म त न्याय क्षेत्रको मान्छे, राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौं ।’

सबै दल चुनावमा जान तयार : काँग्रेस सभापति देउवा, प्रधानमन्त्रीसँगको भेटपछि

काठमाडौं– पुसको ठिहिरो बन्दै गएको ठण्डी मौसममा आमनिर्वाचनको राजनीतिको उखरमाउलो तातो सुरु भएको छ । आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू पुस १२ गते तयार भएसँगै चुनावको पेचिलो वातावरण गर्माएको हो ।
देउवा, ओली र प्रचण्डलाई चुनावी निम्तो दिँदै प्रधानमन्त्रीले सुशीला कार्कीले भन्नुभयो, ‘यो घर तपाईंहरूकै हो, एक भएर निर्वाचन सफल पारौं ।’ प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेताहरूबीचमा यो भन्दै गर्दा वतावरण निकै संवेदनशील बनेको स्रोतको भनाइ छ ।
यो घट्ना क्रमपछि अब भने निर्वाचन हुन्नकि भन्ने आशंका निमिट्यान्न भएको बताईन्छ । सो निम्तोमा जानु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दल चुनावका लागि तयार भएको बताउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि संक्षिप्त प्रतिक्रिया दिने क्रममा देउवाले त्यस्तो जानकारी दिनु भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले सभापति देउवासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल प्रचण्डसँग आजै आफ्नो निवासमा छलफल गर्नु भएको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री कार्कीको निमन्त्रणमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अपराह्न पौने ४ बजे बालुवाटार पुग्नु भएको थियो ।
सो भेटघाट पछि विदा हुने क्रममा देउवाले भन्नुभयो, ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं,’ देउवाले भने, ‘कांग्रेस पनि रेडी छ । एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।’
तीनै दलका शीर्ष नेताकोे निर्वाचनमा जाने प्रतिबद्धता :
कांग्रेस सभापति देउवाले संक्षिप्तमा भन्नुभयो, ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं। कांग्रेस पनि रेडी छ। एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।’
सो छलफल(बैठक)मा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको प्रेस सल्लाहकार रावलको भनाइ छ ।
छलफलको पहिलो चरणमा प्रधानमन्त्री कार्कीले आफ्नो निमन्त्रणा स्वीकार गरी उपस्थित भएकामा तीन नेताहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । प्रधानमन्त्री कार्कीले सरकारले राष्ट्रपतिबाट प्राप्त कार्यादेश अनुसार चुनाव गराउनका लागि सरकारले तयारी तीव्र पारिरहेको बताउनु भयो । उहाँले चुनावमा पूरै होमिनका लागि रक्षाबाहेक आफूसँग राखेका अरू मन्त्रालय पनि अरू मन्त्रीलाई जिम्मा लगाइसकिएको बताउनु भयो । उहाँले शीर्ष नेताहरूसँग भन्नुभयो, ‘यो घर तपाईँहरूकै हो, म त न्याय क्षेत्रको मान्छे, राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौं ।’
प्रधानमन्त्री कार्कीले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई पनि भनेजति नै स्रोतसाधनको व्यवस्था गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सुरक्षाकर्मीको मनोबल बढेको यहाँहरूले पनि महसुस गर्नुभएकै होला, हामी त्यसरी काम गरिरहेका छौं, अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौँ, यो हामी सबैको जिम्मेवारी हो, यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ ।’
उहाँले प्रशासनिक काम–कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक आफूसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाएको जानकारी समेत गराउनु भयो ।
प्रधानमन्त्रीले जोड दिदै भन्नुभयो, ‘अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौं, यो हामी सबैको जिम्मेवारी हो । यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ ।’
जेनजी आन्दोलनपछि ओली सहित तीन शीर्ष नेता पहिलोपटक बालुवाटारमा :
नेकपा एमालेका अध्यक्ष एवम् अपदस्त प्रधानमन्त्री केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुग्नु भएको छ । गत २३ र २४ मा भएको जेनजीहरूको आन्दोलनपछि पदबाट अपदस्त भए यता ओली त्यसयता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जानु भएको थिएन ।
त्यो बेला अर्थात गत भदौ २४ गते ओली बालुवाटारबाटै राजीनामा दिएर नेपाली सेनाको हेलिकप्टर चढेर बाहिरिनु भएको थियो ।
त्यसयता, उनी आज पहिलोपटक बालुवाटार जानु भएको हो ।
त्यसो त देउवा र प्रचण्ड पनि जेनजी आन्दोलनपछि पहिलोपटक नै बालुवाटार पुग्नु भएको हो ।
सो छलफलको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायतले भाग लिनु भएको हो ।

प्रकाशित मिति २०८२ पुष १२, शनिबार १८:४५ गते
हजुरको प्रतिक्रिया