उक्त प्रतियोगितामा विजेता हुने समुहलाई नगद १२ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उपबिजेता समुहलाई नगद ६ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको क्लवका पूर्व अध्यक्ष सिजन श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किप्परले जनही २५÷२५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ भने प्रत्येक खेलमा म्याद अफ दि म्याच घोषणा गरिने र सो उपाधि प्राप्त गर्नेलाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने छ ।