आम निर्वाचन : समानुपातिकका लागि ५५ दलले बुझाए धरौटी, सूची बुझाउन धेरैको बाँकी

आम निर्वाचन : समानुपातिकका लागि ५५ दलले बुझाए धरौटी, सूची बुझाउन धेरैको बाँकी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस १४ गते सोमबार ०९:३५

आयोगले पेश भएका नामावलीमाथि पुस १५ गतेदेखि २० गतेसम्म आयोगले छानबिन गर्नेछ । त्रुटि देखिएमा पुस २१ देखि २७ गतेसम्म दलहरूलाई सच्याउन वा मिलाउन समय दिने माघ ४ गते बन्दसूची प्रकाशन हुनेछ । आयोगले माघ २० गते उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्नेछ ।

निर्वाचन आयोगमा प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि ११४ दल दर्ता भएका थिए । ती मध्ये १ सय दलले समानुपातिकतर्फ निर्वाचन लड्नेगरी आफ्नो दल दर्ता गरेका हुन् ।

काठमाडौँ– आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने क्रम जारी रहेको छ । बन्दसूची बुझाउन ५५ दल वटा दलले पुस १४ गते साँझ ७ बजेसम्म शुल्क बुझाएका छन् ।
निर्वाचन आयोगले ४६ वटा दलले शुल्क बुझाएको जानकारी दिएको छ । हालसम्म ९ दलले उम्मेदवारको बन्दसूची बुझाइसकेका छन् । यसपटक नेपाल मजदूर किसान पार्टीले समेत ११० उम्मेदवारको सूची बुझाएको छ । राष्ट्रिय जनमोर्चाल पनि ११० जना उम्मेदवारको सूची बुझाएको छ भने नेपाल लोकतान्त्रिक पार्टीले १२ जनाको सूचि बुझाएको छ ।
जनता समाजवादी पार्टी, नेपाल १०१ जना, समावेशी समाजवादी पार्टीले ३१ जना, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल)ले २० जना, समावेशी समाजवादी पार्टी, नेपालले १२ जना, जनप्रिय लोकतान्त्रिक पार्टीले १२ जना, गतिशील लोकतान्त्रिक पार्टीले ११ जना उम्मेदवारको सूची बुझाएको छ ।
ठूला भनिने दललाई चित्त बुझाउनै मुस्किल, साना र नयाँ पार्टीलाई उम्मेदवार पाउनै मुस्किल :
आज बिहान १० बजे कान्तिपथ स्थित निर्वाचन आयोग सुनसान जस्तै थियो । आयोगका कर्मचारी दलहरूको पर्खाइमा थिए ।
१२ बजेतिर दलहरूको चाप बढ्न थालेको हो । नेपाल जनता संरक्षण पार्टीले समानुपातिकमा १७ जनाको नाम राखेको छ । सो पार्टीका अध्यक्ष हुकुमलाल लामा, उपाध्यक्ष रहेछन् थर्कबहादुर बस्नेत । उमेरले ७० वर्ष पुगेका थर्कबहादुर पूर्वीय दर्शनको संरक्षण र बिस्तार गर्ने चाहेको बताउनु भयो ।
समुन्नत नेपाल पार्टीका नेताहरू स्वागत नेपालको नेतृत्वमा उपस्थित भए । सो पार्टीले ११ जनाको नाम बन्द सूचीमा पेस गरेको छ ।
निर्वाचन आयोगमा समानुपातिक तर्फको नाम दर्ता गर्ने अन्तिम क्षणमा दलहरू भने एकीकरण र ध्रुवीकरणमा जुटे । अशोक राई नेतृत्वको जसपा, राजेन्द्र महतोको नेतृत्वको पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले एकीकृत रूपमा निर्वाचन लड्ने भएका छन् । उहाँहरू आयोग पुग्दा माहोल थप तातिएको थियो ।
साँझ परेसँगै दलहरू निर्वाचन आयोग पुगेका हुन् । दलहरू अबेला गरी निर्वाचन आयोग पुग्दा व्यवस्थापन गर्न भने आयोगलाई सकस परेको देखिन्थ्यो ।
ढिलो गरी आयोग पुग्नुको कारण समानुपातिक तर्फको नाम टुंग्याउन समय लागेको नेताहरू बताउँछन् ।
‘स्वभाविक छ आकांक्षी धेरै हुन्छन् । तथापि निर्णय लिएका छौं ।’ कांग्रेस नेता मिनबहादुर बिश्वकर्माले बताउनु भयो । त्यो लगत्तै एमाले नेता भीष्म अधिकारी ‘गा¥हो सा¥है गा¥हो’ भन्दै देखिनु भयो । उहाँसँग ‘उम्मेदवार टुंगो लगाउन कतिको सकस प¥यो ?’ भन्ने जिज्ञासामा नेता अधिकारीको भन्नुहुन्छ, ‘नामावली टुंगो लगाउन समय लाग्यो । तल कमिटीबाट सिफारिस भेरर केन्द्रसम्म आउने र केन्द्रले टुंगो लगाउने विधि छ । महाधिवेशनबाट बाहिर निस्किएको र राष्ट्रिय जीवनमा प्रभाव पार्ने व्यक्तिलाई पठाउनुपर्ने हुन्छ ।’ विभिन्न कलस्टर मिलाउनै पर्यो, सिंगो एमालेको बन्द सूची तयार भएको उहाँको भनाइ छ ।
चाप हुन स्थितिलाई ध्यानमा राखेर त्यसअनुसार निर्वाचन आयोगले जनशक्ति र आवश्यक स्रोत साधनको व्यवस्थापन गरेको निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भयो । उहाँका अनुसार पहिलो दिनमै अधिक दलहरू बन्द सूची लिएर निर्वाचन आयोग पुग्ने अनुमान थियो । तर, त्यसो भएन ।
पहिलो दिन तीन वटा दल मात्रै निर्वाचन आयोग पुगेका थिए । प्रवक्ता भट्टराई भन्नुहुन्छ, ‘हामीले राति समेत काम गर्नुपर्ने स्थिति हुन सक्दछ भनेर व्यवस्थापन मिलाएका छौँ ।’ उहाँका अनुसार अहिलेसम्म जम्मा नेकपा एमालेसहित १६ वटा दलले सूची बुझाएका छन् ।
नेकपा समानुपातिकको पहिलो नम्बरमा प्रमेश हमाल :
नेपाली कम्युनिस्ट पार्टीले समानुपातिक तर्फ खस आर्यको पहिलो नम्बरमा प्रमेश हमाललाई राखेको छ । उहाँ नेकपा बन्नुअघि उहाँ एकीकृत समाजवादीका बरिष्ठ नेता हुनुहुन्थ्यो । नेकपाले यसअघि समानुपातिक र प्रत्यक्ष सांसद बनिसकेकाहरूलाई सूचीमा नराख्ने नीति बनाउँदा उहाँ एक नम्बर सूचीमा पर्नु भएको हो ।
स्रोतका अनुसार यसअघि संघ र प्रदेशको सांसद भएकालाई नराख्ने मापदण्डले धेरै नेताहरू बाहिरिनुभयो, र समानुपातिक सूचीमा पर्ने प्रमेश हमाल नै सिनियर नेता हुनुभयो । स्रोत भन्छ खस आर्य पुरुष तर्फको सूचीमा गोविन्दराज पौडेल पनि हुनुहुन्छ । दलिततर्फ गणेशबहादुर विश्वकर्मा, जनजाति तर्फ भगवतकुमार श्रेष्ठ र महिला तर्फ दिलुकुमारी पन्त प्राथमिकतामा छन् ।
एमालेको समानुपातिक सूचीमा परे बादल :
यसैगरी, नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा माओवादीबाट आएका रामबहादुर थापा ‘बादल’को पनि नाम छ । एमालेले बादलदेखि कोमल ओलीसम्मको नाम समावेश गरेको ११० जना समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाएको हो ।
आयोगले अपराह्न ४ बजेसम्म सूची बुझाउन समय सीमा ताकेको थियो । तर ठूला दलहरूलाई उम्मेदवार सूची बुझाएका हम्मे परेको छ ।
परिणाम स्वरुप निर्वाचन आयोगले तोकिएको समयमा सूची बुझाउन नसक्ने दलहरूलाई ‘निस्सा’ लिएर जाने सुविधा दिएको छ । निस्सा लिएर जाने दलहरूले आज राति वा भोलिसम्म पनि आफ्नो समानुपातिक सूची बुझाउन सक्ने आयोगको भनाइ छ ।
नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी लगायत सबै ठूला दलसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आयोगबाट निस्सा लिएर गएका छन् ।
समानुपातिक सूची बुझाउनुअघि रास्वपाको कुलमान घिसिङसँग फाइनल मिटिङ चल्दैछ । यो मिटिङ सफल भयो भने रवि, बालेन र कुलमानले मिलेर सूची बुझाउने छन् । अरू दलहरूले पनि आन्तरिक तयारीको निम्ति पर्याप्त समय होस् भनेर निस्सा लिएर गएका हुन् । महिलाहरूमा पद्मा अर्याल, टुका हमाल(लमजुङ) क्रमशः हुनुहुन्छ ।
आयोगले पेश भएका नामावलीमाथि पुस १५ गतेदेखि २० गतेसम्म आयोगले छानबिन गर्नेछ । त्रुटि देखिएमा पुस २१ देखि २७ गतेसम्म दलहरूलाई सच्याउन वा मिलाउन समय दिने माघ ४ गते बन्दसूची प्रकाशन हुनेछ । आयोगले माघ २० गते उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्नेछ ।
निर्वाचन आयोगमा प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि ११४ दल दर्ता भएका थिए । ती मध्ये १ सय दलले समानुपातिकतर्फ निर्वाचन लड्नेगरी आफ्नो दल दर्ता गरेका हुन् ।

प्रकाशित मिति २०८२ पुष १४, सोमबार २१:३५ गते
हजुरको प्रतिक्रिया