लमजुङमा जलमाफियाको अर्को करतुतको पर्दाफास : भुजुङ हाइड्रो पावर लि.ले गर्यो बलमिच्चाइँ

लमजुङमा जलमाफियाको अर्को करतुतको पर्दाफास : भुजुङ हाइड्रो पावर लि.ले गर्यो बलमिच्चाइँ

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस १५ गते मङ्गलबार १०:०७

सो आयोजनाबाट मध्यनेपाल नगरपालिकाको ८, ९, ७ र ६ वडा समेत प्रभावित क्षेत्रमै पर्दछन् भने बेसीशहर नगरपालिका– ५ पनि प्रभावित क्षेत्रमै रहेको छ । तर ती वडा तथा पालिकासमेतलाई सो सुविधाबाट बञ्चित गरिएको छ । त्यसबाट पनि यो कार्य षडयन्त्रमूलक भएको पुष्टि हुन आएको सम्बद्ध जानकारहरू बताउँछन् ।

गत भदौको २३ र २४ गतेपछि पुराना शैली तथा प्रवृत्तीको अन्त्य भएको भन्ने आशा गरिएको बेलामा पुनः यस्तो दिउँसै रात पार्ने काम हुनुले पुराना क्रियाकलापबाट पालितपोषितहरू अझै पनि सुध्रनेतर्फ नलागेको आफ्नो बुझाइरहेको जेनजी टोली, लमजुङका एक नेताले बताए ।

बेसीशहर– लमजुङबासीहरू जलमाफियाको चंगुलमा पर्दै आएको सर्व विदितै छ । यस्तै शृंखलाको अर्को करतुतको पर्दाफास भएको छ । त्यो कार्य टोखा नगरपालिका– १०, सामाखुशी, काठमाडौंमा रजिष्टर्ड कार्यालय रहेको भुजुङ हाइड्रो पावर लि. आफैले पुस ३ गते जारी गरेको १५ दिने सेयरसम्बन्धि सूचनामा उल्लेख भएको हो ।
त्यस्तो कार्य उजागर प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा गएका नेपालीका खोलिएको साधारण सेयर सम्बन्धि सूचनाले बोलेको हो । सो सूचना अनुसार लमजुङको क्ब्होलासोथर गाउँपालिका– ४ प्रत्यक्ष प्रभावित र सो गाउँपालिकाका अन्य वडानं– १ देखि ९ सम्मका अन्य वडाबासीलाई अप्रत्यक्ष प्रभावितको परिभाषामा उल्लेख छ । सेयर खरिदको सुविधा क्ब्होलासोथर गाउँपालिकाबासीलाई मात्र दिइएको छ ।
लमजुङमा आठ पालिका रहेका छन् । अन्य पालिकाका बासिन्दालाई अप्रत्यक्ष प्रभावितसम्म पनि मानिएको छैन । जबकी यसअघि जलमाफियाकै चर्को चलखेल हुँदै आएको दोर्दी करिडोरमा सञ्चालन भएका जलविद्युत आयोजनाले सम्बन्धित पालिकालाई अति प्रभावित र अन्य जिल्लाबासीलाई प्रभावित रुपमा परिभाषित गरी सेयर किन्ने सुविधा प्रदान गरिआएका थिए । त्यो सुने, जाने, भोगेका जिल्लाबासीहरूले भुजुङ हाइड्रोको उक्त सूचना पढेपछि भने आश्चर्य चलित भएको बताएका छन् । उनीहरूको प्रश्न छ, ‘यस्तो परिभाषा कुन कानुन अन्तरगत के कसरी कस्को बलमा गरिएको हो ?’
सो आयोजनाबाट मध्यनेपाल नगरपालिकाको ८, ९, ७ र ६ वडा समेत प्रभावित क्षेत्रमै पर्दछन् भने बेसीशहर नगरपालिका– ५ पनि प्रभावित क्षेत्रमै रहेको छ । तर ती वडा तथा पालिकासमेतलाई सो सुविधाबाट बञ्चित गरिएको छ । त्यसबाट पनि यो कार्य षडयन्त्रमूलक रुपमा भएको पुष्टि हुन आएको सम्बद्ध जानकारहरू बताउँछन् ।
जिल्लाका अन्य सात पालिकाका बासिन्दालाई त्यो अवसरबाट बञ्चित गराउन कार्यमा को को संलग्न छन् ? जेन– जी टोलीले समेत चासोकासाथ हेरेको बुझिन आएको छ । उनीहरूका अनुसार त्यो सुविधा जिल्लाका सबै पालिका बासीहरूले पाउनु पर्छ भन्ने हाम्रो माग रहेको छ ।
गत भदौको २३ र २४ गतेपछि पुराना शैली तथा प्रवृत्तीको अन्त्य भएको भन्ने आशा गरिएको बेलामा पुनः यस्तो दिउँसै रात पार्ने काम हुनुले पुराना क्रियाकलापबाट पालितपोषितहरू अझै पनि सुध्रनेतर्फ नलागेको आफ्नो बुझाइरहेको जेनजी टोली, लमजुङका एक नेताले बताए । उनी भन्छन्, ‘अझै पनि बलमिच्याईका काम गरेर सर्वसाधारणले पाउने सुविधाबाट बञ्चित गरिन्छ भने त्यो सैह्य हुँदैन, जुनकुनै पनि बेला प्रतिरोध हुन सक्छ । हामी सम्बद्ध पक्षलाई तत्काल सुध्रिन, सच्चिन आग्रह गर्दछौं, अन्यथा यसबाट उत्पन्न हुने परिणामप्रति सम्बद्ध निकाय वा व्यक्तिहरू नै जवाफदेही हुनुपर्छ ।’
यसबारेमा बुझ्नका लागि भुजुङ हाइड्रो पावर लि.को रजिष्टर्ड कार्यालयको ठेगानामा उल्लेखित फोननंमा सम्पर्क गर्दा उठेन ।

प्रकाशित मिति २०८२ पुष १५, मंगलवार २२:०७ गते
हजुरको प्रतिक्रिया