जटेश्वर आधारभूत विद्यालयद्वारा दुई अग्रज साहित्यकारलाई सम्मान

जटेश्वर आधारभूत विद्यालयद्वारा दुई अग्रज साहित्यकारलाई सम्मान

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस १६ गते बुधबार ०८:१२

हाजिरीजवाफमा तल्लोथोक टोल पहिलो भयो भने भलिवलतर्फ पनि तल्लोथोक टोल पहिलो भएको थियो भने हाजिरीजवाफमा तीन र भलिबल प्रतियोगितामा छ टिमले भाग लिएको सो विद्यालयका शिक्षक बेलबहादुर थापाले बताउनु भयो । उहाँका अनुसार उक्त अवसरमा तीन दिनसम्म विद्यार्थीहरूका लागि अन्तर सदनात्मक खेल खेलाइएको थियो भने ती खेलमा विजयी हुनेहरूलाई पनि पुरस्कृत गरिएको थियो ।

उक्त अवसरमा महिला अभिभावकका लागि हाजिरीजवाफ र पुरुष अभिभावकका बीचमा भलिबल प्रतियोगिता गरिएको थियो ।

ठूलीबेसी(लमजुङ)– लमजुङको मर्स्याङदी गाउँपालिका– ६ को यहाँ स्थित जटेश्वर आधारभूत विद्यालयद्वारा दुई अग्रज साहित्यकारलाई सम्मान गरेको छ । विद्यालयको ७० औं वार्षिकोत्सव तथा अभिभावक दिवसको तीन दिवसीय कार्यक्रमको समापनका अवसरमा साहित्यकार तथा कविहरूलाई सो सम्मान पुस १३ गते प्रदान गरिएको हो ।
सम्मानित हुनुहुने व्यक्तित्वमा रामचन्द्र न्यौपाने नववासी (सन्त कवि) तथा आशबहादुर गुरुङ हुनुहुन्छ । उहाँहरूका करिब पौने दर्जन कृतिहरू प्रकाशित छन् । कवि द्वय पुरानो १४ खोला तथा हालको बाघेता क्षेत्रकै अग्रज कवि व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।
उहाँहरूलाई सो कार्यक्रमका प्रमुख अतिथि ङ्यादी हाइड्रो पावर कम्पनी लि. सरोकार समितिका अध्यक्ष लोकनाथ घिमिरे, सभाका अध्यक्ष इमानसिंह अधिकारी, विद्यालयका प्रधानाध्यापक थम्बसिंह थापाले टिका, माला, दोसल्ला र सम्मान पत्रले सम्मान गर्नु भएको हो ।
उक्त अवसरमा महिला अभिभावकका लागि हाजिरीजवाफ र पुरुष अभिभावकका बीचमा भलिबल प्रतियोगिता गरिएको थियो । हाजिरीजवाफतर्फ ३ टिमले भाग लिएकोमा तल्लोथोक टोल पहिलो भयो भने टारी टोल दोस्रो भयो । त्यस्तै भलिवलतर्फ पनि तल्लोथोक टोल पहिलो भएको थियो भने दोस्रो हुनेमा ङ्यादी हाईड्रोको टोली रह्यो । सो प्रतियोगितामा छ टिमले भाग लिएको सो विद्यालयका शिक्षक बेलबहादुर थापाले बताउनु भयो ।
उहाँका अनुसार उक्त अवसरमा तीन दिनसम्म विद्यार्थीहरूका लागि अन्तर सदनात्मक खेल खेलाइएको थियो भने ती खेलमा विजयी हुनेहरूलाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा सो विद्यालयका प्रधानाध्यापक थम्बसिंह थापाले करिव ५० लाख बराबरको अम्दानी खर्चका साथ विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।
सांस्कृतिक प्रस्तुतिका साथ कार्यक्रमलाई मनोरञ्जनात्मक बनाइएको सो अवसरमा प्रमुख अतिथि घिमिरे, सोही वडाका अध्यक्ष मीनाराशी गुरुङ, सम्मानित कवि व्यक्तित्वद्वय सन्त कवि तथा गुरुङ, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नरबहादुर अधिकारी, जीतबहादुर भण्डारी, टारी टोल सुधार समितिका अध्यक्ष शारदा पाण्डे, माझटोल महिला समूहका अध्यक्ष सम्झना थापालगायतले आआफ्नो धारणा सहित शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इमानसिंह अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक बेलबहादुर थापाले स्वागत मन्तव्य राख्नु भएको थियो भने सञ्चालन शिक्षक रामप्रसाद परियारले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ पुष १६, बुधबार ०८:१२ गते
हजुरको प्रतिक्रिया