यो वर्षको ठाडोभाका– असल आमा पुरस्कारका लागि गरमबेसी, लमजुङकी ज्ञानु ढुंगेल छनौट

यो वर्षको ठाडोभाका– असल आमा पुरस्कारका लागि गरमबेसी, लमजुङकी ज्ञानु ढुंगेल छनौट

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस १६ गते बुधबार ११:०५

ठाडोभाका लोककला प्रतिष्ठान नेपालले वितरण गर्ने सो सम्मान पुरस्कार राशि १० हजार रुपैयाँ नगद, सम्मान पत्र र दोसल्ला रहेको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार यो पुरस्कार वितरण गर्न लागिएको यो तेस्रो वर्ष हो ।

पुरस्कारका लागि छनौट हुनु भएकी ५८ वर्षीया ज्ञानु ढुंगेल दम्पतीका १० छोरी, एक छोरा हुनुका साथै ज्ञानु प्राण घातक रोग क्यान्सर विजेतासमेत हुनुहुन्छ ।

गरमबेसी(लमजुङ)– राइनास गनरपालिका– ६ को यस टोल निवासी ज्ञानु ढुंगेल यो वर्षको ‘ठाडोभाका– असल आमा सम्मान’का लागि छनौट हुनु भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले विगतका दुई वर्षदेखि वितरण गर्दै आएको ‘असल आमा– बाबा सम्मन’का लागि ज्ञानु दम्पती पुस १६ गते छनौट हुनु भएको हो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालले वितरण गर्ने सो सम्मान पुरस्कार राशि १० हजार रुपैयाँ नगद, सम्मान पत्र र दोसल्ला रहेको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार यो पुरस्कार वितरण गर्न लागिएको यो तेस्रो वर्ष हो । पहिलो वर्ष मर्स्याङदी गाउँपालिका– ६ बाहुनडाँडाकी गंगा घिमिरे छनौट हुनु भएको थियो । दोस्रो वर्ष दोर्दी गाउँपालिका– ४ नौथरकी सोमाया तामाङ छनौट हुनु भएको थियो । पहाडीले भन्नुभयो, ‘यो वर्ष राइनास नगरपालिका– ६ को शारदा माविका अभिभावक समेत रहनु भएकी ज्ञानु ढुंगेल छनौट हुनु भएको छ ।’
सो पुरस्कारका लागि कुनै पनि जागिर नभएका दम्पती, आफ्नो खेतबारीको उब्जनीले खान नपुग्ने परिवार, २– ३ जना वा त्योभन्दा बढी छोराछोरी भएर पनि उनीहरूलाई राम्रोसँग रेखदेख गरी छोराछोरीलाई अध्यपन गराएका तथा छोराछोरी पनि पढाईमा राम्रै स्तरमा रहेका परिवारमध्ये पालिका भरबाट छनौट गर्ने नीति रहेको प्रतिष्ठानका अध्यक्ष पहाडीले बताउनु भयो । उहाँका अनुसार सो पुरस्कार प्रत्येक वर्ष पालिकाहरूमा घुम्ति रुपमा प्रदान गर्ने गरिन्छ । उहाँले भन्नुभयो, ‘पुरस्कार छनौट समितिमा प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुरा र अध्यक्ष आफै रहेका थियौं । हाम्रो भर्चुअल बैठकले सो निर्णय गरेको पहाडीले जानकारी दिनुभयो ।
पुरस्कारका लागि छनौट हुनु भएकी ५८ वर्षीया ज्ञानु ढुंगेल दम्पतीका १० छोरी, एक छोरा हुनुका साथै ज्ञानु प्राण घातक रोग क्यान्सर विजेतासमेत हुनुहुन्छ । शल्यक्रिया गरी उहाँको एक स्तन फ्याँकिएको छ । उहाँका छोरा शिवजी सो माविमा कक्षा– ९ मा अध्ययन गर्दछन् । उनको रोल नं– २ भएको सो माविका प्रअ राम घिमिरेले जानकारी दिनुभयो । ज्ञानुका सात छोरीहरूको विहेवारी भइसकेको छ । अन्य छोरीहरू पढ्दै गरेको बुझिन आएको छ ।
सो पुरस्कार यही पुस ३० गते सोही विद्यालयमा ठाडोभाकाको टोली गएर ठाडोभाकाको प्रस्तुतिसहितको एक औपचारिक कार्यक्रम गरी ज्ञानु दम्पतीलाई हस्तान्तरण गरिने भएको आयोजक प्रतिष्ठानका अध्यक्ष पहाडीले जानकारी दिनु भएको छ ।
उक्त पुरस्कारको स्थायित्वका लागि प्रतिष्ठानका संरक्षक धम्पुले एक लाख रुपैयाँको अक्षयकोष राखिदिनु भएको छ । पालिकास्तरमा घुम्ति रुपमा सो पुरस्कार प्रत्येक वर्ष ज्ञानुजस्ता एकजना अभिभावकको छनौट गरी वितरण गर्ने गरिएको सो प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले जानकारी दिनु भयो ।

प्रकाशित मिति २०८२ पुष १६, बुधबार २३:०५ गते
हजुरको प्रतिक्रिया