सूर्यपाल(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांगठनिक पाइला लमजुङमा प्रतिदिन अघि बढदै आगएका छन् । सो क्रममा आज पुस १७ गते मध्यनेपाल नगरपाकिला– ३ को सूर्यपालमा सम्पर्क कार्यालय उदघाटन गरिएको छ । सो कार्यक्रम रास्वपाका गण्डकी प्रदेश सचिवालय सदस्य हरि धितालको प्रमुख आतिथ्यतामा भएको हो ।
सो सम्पर्क कार्यालय रिस्ती करिडोर क्षेत्रमा रहेका मध्य नेपाल नगरपालिका– १ देखि ५ वडाहरू सबैको सम्पर्क कार्यालय हुने गरी स्थापना गरिएको रास्वपाको वडानं– ३ का सभापति लालबहादुर बस्नेतले बताउनु भयो ।
उदघाटन कार्यक्रममा प्रमुख वक्ता प्रदेश सचिवालय सदस्य हरि धितालले व्यानर पढ्ने तथा जिल्ला संगठन विभागका प्रमुख बाबुराम अधिकारीले घण्टी बजाउने गरी कार्यालयको उदघाटन गरिएको थियो । धितालले समसामयिक राजनीतिक स्थितिको विश्लेषण गर्दै पार्टीका गतिविधिमा प्रकाश पार्नु भएको थियो । संगठन विभागका जिल्ला प्रमुख बाबुराम अधिकारीले संगठन विस्तारको काममा सक्रिय रहेर जिल्लाका सबै पालिकामा पुगिरहेको बताउनु भयो ।
सम्पर्क कार्यालयको उदघाटनका अवसरमा कार्यालय परिसरमा सुन्तला र पारिजातको विरुवा समेत रोपण गरिएको थियो । सुन्तलाको विरुवा धितालले र पारिजातको विरुवा कार्यक्रमको समेत अध्यक्षता गर्नु भएका उक्त वडाका वडा सभापति लालबहादुर बस्नेतले गर्नु भएको थियो ।
रास्वपाको मध्यनेपाल नगरपालिकाका सभापति तीर्थराज पराजुली, सुन्दरबजार नगरपालिका सभापति विमल अधिकारी लगायतको विशेष उपस्थिति रहेको उक्त कार्यक्रमा ८० वर्ष पार गर्नु भएको व्यक्तित्वद्वय बमबहादुर कुँवर, मित्रलाल दराईले पार्टी प्रवेश गर्नु भई युवाहरूलाई उर्जा भर्ने कार्य गर्नु भएको थियो ।
यसैगरी, ७० वर्ष पार गर्नु भएका मित्रलाल भट्टराई (भट्टराई साइँला), मैया बस्नेत, धनमाया कुँवर, बमबहादुर थापा, जेनजी प्रतिनिधि उषा ढकाल साँखी आदिले पार्टीको नयाँ सदस्यता लिनु भएको थियो ।
सो वडाका उपसभापति ध्रुवराज रिमाल विरामी परेका कारण उपस्थित हुन सक्नु भएको थिएन भने कार्यकारी सदस्य जेष्ट नागरिक ८० वर्षको उमेर पार गर्नु भएका उमनाथ गौतम, सीता गौतम, प्रकाश थापा तथा राजकुमार श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।
संयोगले अंग्रेजी नयाँ वर्ष समेत परेको आजको दिनमा शुभकामना आदानप्रदानको कार्यक्रम समेत गरिएको थियो ।
सोही वडाका सभापति बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताहरूले समसामयिक राजनीतिको बारेमा प्रकाश पार्दै रास्वपालाई थप बलियो बनाउनु पर्नेमा जोड दिदै त्यस्तो कार्यमा जुटिरहने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो । सो कार्यक्रमको सञ्चालन वडा सचिव कृष्णप्रसाद वगालेले गर्नु भएको थियो ।
शोकसन्तप्त परिवारको घरमा पुगेर समवेदना :
सम्पर्क कार्यालय उदघाटन पछि वडाका रास्वपाका सक्रिय सदस्य जीवनकुमार श्रेष्ठ र भुवन श्रेष्ठकी ममतामयी ८२ वर्षीय हजुर आमा हाकुकुमारी श्रेष्ठको निधन भएकोमा रास्वपाको टोली समवेदना व्यक्त गर्न उहाँको निवासमा पुगेको थियो । त्यहाँ स्वर्गीय आमाको आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकाकुल जीवन श्रेष्ठ र उहाँको परिवारमा हार्दिक समवेदना व्यक्त गर्ने कार्य भएको थियो । हाकुकुमारी श्रेष्ठका सुपुत्र सामाजिक व्यक्तित्व लक्ष्मण एवम् सन्तलालले कृयाकर्म गरिरहनु भएको छ । 
वडा समितिकोतर्फबाट तयार गरिएको समवेदना पत्र शोकसन्तप्त परिवारजनमा मध्यनेपाल नगरपालिकाका सभापति तीर्थराज पराजुलीले हस्तान्तरण गर्नु भएको थियो ।
प्रकाशित मिति २०८२ पुष १७, बिहीबार २२:२७ गते