लमजुङमा पाँचौं राइनास कप खुला फुटबल प्रतियोगिता साथमा गोरु जुधाईको तयारी सुरु

लमजुङमा पाँचौं राइनास कप खुला फुटबल प्रतियोगिता साथमा गोरु जुधाईको तयारी सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस १९ गते शनिवार ०७:३७

सो प्रतियोगितामा पहिलो हुने टिमले पाँच लाख रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र पाउने छ भने दोस्रोहुने टिमले दुई लाख ५० हजार रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

सो फुटवल प्रतियोगिताको थप आकर्षकका रुपमा यो वर्ष राइनास नगरपलिका भित्रका किसानहरूले पालेका गोरुहरू विच गोरु जुधाई प्रतियोगिता समेत आयोजना गरिएको छ ।

बेसीशहर– लमजुङको पूर्वी क्षेत्रमा सञ्चालन हुने पाँचौं राइनास कप खुला फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । आयोजक गौलीटार क्षेत्रीय खेलमैदान समितिले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी गरिएको पुस १८ गते जानकारी दिइएको हो ।
सो फुटवल प्रतियोगिताको थप आकर्षकका रुपमा यो वर्ष राइनास नगरपलिका भित्रका किसानहरूले पालेका गोरुहरू विच गोरु जुधाई प्रतियोगिता समेत आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष टेकेन्द्र चिलुवालले बताउनुभयो ।
सो प्रतियोगिता राइनास नगरपालिका– ६ स्थित गौलीटार खेल मैदानमा सञ्चालन गरिने भएको आयोजक समितिका सचिव प्रदिपजंग गुरुङले जनाकारी दिनु भएको हो । उहाँले उक्त प्रतियोगिताका लागि २१ लाख ६५ हजार खर्च लाग्ने जानकारी दिनु हुँदै त्यो खर्चका शिर्षक तथा पुरस्कारका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले भन्नुभयो, ‘सो प्रतियोगिता आउँदो माघ १ गतेबाट सुरु हुने छ ।’
सो प्रतियोगितामा पहिलो हुने टिमले पाँच लाख रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै दोस्रोहुने टिमले दुई लाख ५० हजार रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै, सर्वोत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ठ गोलकिपरलाई जनही १५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिन भएको आयोजक समितिका सचिव प्रदिपजङ गुरुङले बताउनुभयो । उहाँका अनुसार सो खेल माघ १ गतेदेखि सुरु हुनेछ ।
उहाँका अनुसार खेलको खर्च विगतका वर्षझैं यो वर्ष पनि राइनास नगरपालिका, गण्डकी प्रदेश सरकार, विभिन्न संघ, संस्था प्रायोजक, सहप्रायोजक, व्यवसायी एवम् खेलप्रेमीहरूबाट सहयोगको अपेक्षा गरिएको छ ।
सो प्रतियोगिता विगतका वर्षजस्तै यो वर्ष पनि माघे संक्रान्तिको दिनमा उद्घाटन हुने तयारी रहेको आयोजकको भनाइ छ ।

प्रकाशित मिति २०८२ पुष १९, शनिबार ०७:३७ गते
हजुरको प्रतिक्रिया