
एजेन्सी– अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा अप्रत्याशित हमला गर्दै राष्ट्रपति निकोलस मदुरो र पत्नी सिलिया फ्लोरेसलाई कब्जामा लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा ‘सुरक्षित र सही रूपमा सत्ता हस्तान्तरण नभएसम्म अमेरिकाले शासन चलाउने’ घोषणा गरेका छन् ।
अमेरिकाले काराकासमा स्थानीय समयअनुसार शनिबार राति २ बजेतिर हवाई हमला गरेको थियो । त्यतिबेला ११ पटकसम्म विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि भेनेजुएला सरकारले विज्ञप्ति जारी गरेर संकटकाल घोषणा गर्यो ।
लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले मदुरो र उनकी पत्नी अमेरिकी सेनाको कब्जामा रहेको जानकारी गराए । अमेरिकी हमलाबाट भेनेजुएलामा सैनिक र सर्वसाधारण मारिएको त्यहाँको सरकारले बताए पनि मानवीय र भौतिक क्षतिको विवरण यकिन भएको छैन ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिका पु¥याइएको छ । अमेरिकी सैन्य विमान न्यूयोर्कको स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरिएको थियो । भेनेजुएलामा भएको अमेरिकी आक्रमणमा सैनिक र सर्वसाधारणसहित कम्तीमा ४० जनाको मृत्यु भएको छ । यो जानकारी भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले पुस २० गते आफ्नो समाचारमा उल्लेख गरेको छ ।
कडा सुरक्षाबिच मादुरोलाई विमानबाट बाहिर निकालिएको थियो । उनले नीलो ज्याकेट लगाएका थिए, अनुहार छोपिएको थियो । त्यसपछि उनलाई न्यूयोर्कको म्यानहट्टन लगियो । मादुरोमाथि म्यानहट्टनको अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ । उनीमाथि लागूपदार्थ र हतियार तस्करीसँग सम्बन्धित गम्भीर आपराधिक आरोप अमेरिकाले लगाइएको छ ।
अमेरिकी सेनाले जनवरी ३ को राति भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न गरिएको अमेरिकी कारबाहीको क्रममा धेरै क्युबाली नागरिक मारिएको बताएका छन् । ट्रम्पको कारबाहीमा कुनै पनि अमेरिकी सैनिक मारिएका छैनन्, यद्यपि केहीलाई सामान्य चोट लागेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका विपक्षी नेता तथा २०२५ को नोबेल शान्ति पुरस्कार विजेता मारिया मचाडोलाई सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेका छन् । मारियालाई सत्ता हस्तान्तरण गर्ने प्रश्नमा ट्रम्पले भने, ‘मारिया एक असल महिला हुन्, तर भेनेजुएलामा उनलाई सार्वजनिक समर्थन र सम्मान छैन ।’
ट्रम्पले सत्ता कब्जा गरेपछि मचाडोलाई रोज्ने विश्वास गरिएको थियो ।
मचाडोले पनि आफू सत्ता सम्हाल्न तयार भएको बताएकी थिइन् । तर एक आश्चर्यजनक वक्तव्यमा ट्रम्पले भनेका छन्, ‘मादुरोकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले हामीसँग काम गर्ने इच्छा व्यक्त गरेकी छिन् । हामी त्यसमा विचार गर्नेछौँ ।’
ट्रम्पले भेनेजुएलाको अवस्था सुधार नभएसम्म अमेरिकाले देश चलाउने बताए । यसका लागि अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ र अन्य शीर्ष अधिकारीहरू सहितको एक विशेष टोली गठन गरिएको छ ।
यो टोलीले भेनेजुएलामा कानुन र व्यवस्था कायम राख्न, सरकारी संस्थाहरूको कार्यप्रणाली पुनस्र्थापित गर्न, तेल, ऊर्जा र सुरक्षा जस्ता प्रमुख क्षेत्रहरूलाई स्थिर बनाउन र संक्रमण अवधि व्यवस्थापन गर्न मद्दत गर्नेछ ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनले सैनिक स्रोतलाई उद्धृत गरेअनुसार मदुरो र उनकी पत्नीलाई बेडरुमबाटै तानेर अमेरिकी सेनाले नियन्त्रणमा लिएको थियो । करिब १० घण्टापछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा मदुरोको तस्बिर सार्वजनिक गरेका छन् ।
तस्बिरमा मदुरोको आँखामा कालो पट्टी बाँधिएको छ र हतकडी पनि लगाइएको छ । कानमा भने हेडफोन छ । मदुरो दम्पतीलाई युद्धपोतमा राखेर न्युयोर्कतर्फ लगिँदै गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले जनाएका छन् । उनले आवश्यक परे भेनेजुएलामा अर्को आक्रमणका लागि अमेरिका तयार रहेको पनि बताएका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘तर यसअघि अमेरिकाले निकै उत्कृष्ट ढंगले अपरेसन चलाएकाले अर्को हमला जरुरी नपर्न सक्छ ।’
भेनेजुएलामा अमेरिकी सैन्य हमलाको विरोधमा काठमाडौँमा मसाल जुलुस :
यसैबीच, अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर अमेरिका पु¥याएको विरोधमा काठमाडौँमा मसाल जुलुस निकालिएको छ ।
अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएको घटनाको विरोधमा काठमाडौँमा मसाल जुलुस निकालिएको छ । एमाले तथा जनमोर्चा निकट विद्यार्थी संगठन अनेरास्ववियुले पुस २० गते साँझ राजधानीमा प्रदर्शन गरेका हुन् । उनीहरूले भेनेजुएलाको सार्वभौमसत्ताको रक्षा गर्न माग गरेका छन् ।
प्रदर्शनकारीहरूले भेनेजुएलाको सार्वभौमसत्ताको रक्षा गर्न माग गर्दै कुनै पनि देशको आन्तरिक मामिलामा वैदेशिक सैन्य हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।
भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र वैदेशिक हस्तक्षेपको विरोधमा संयुक्त विद्यार्थी संगठनले काठमाडौँमा प्रदर्शन गरेको छ । महाराजगन्जस्थित अमेरिकी दूतावास नजिकै जम्मा भएका विद्यार्थीहरूले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्न र त्यहाँको सार्वभौमसत्ताको रक्षा गर्न माग गर्दै नाराबाजी गरेका हुन् । कुनै पनि स्वतन्त्र राष्ट्रको निर्णय प्रक्रियामा वैदेशिक शक्तिले सैनिक दबाब दिनु अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
प्रदर्शनका क्रममा विद्यार्थी नेताहरूले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथिको कारबाही तत्काल फिर्ता लिन र त्यहाँको राजनीतिक सङ्कटको समाधान बाह्य सैन्य हस्तक्षेपबाट नभई आन्तरिक संवादबाट खोजिनुपर्ने धारणा राखेका छन् । अमेरिकी दूतावास वरपर सुरक्षा व्यवस्था कडा पारिए पनि विद्यार्थीहरूले प्लेकार्ड र ब्यानर बोकेर विरोध कार्यक्रमलाई निरन्तरता दिएका थिए ।
अमेरिकाले हालै भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर अमेरिका पु¥याएको थियो । सोही घटनालाई लिएर विश्वव्यापी रूपमा टिकाटिप्पणी भइरहेका बेला नेपालमा पनि विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
प्रकाशित मिति २०८२ पुष २१, सोमबार ०६:४७ गते