रास्वपा लमजुङको गतिविधि : सांसद निर्वाचनका लागि रास्वपाको केन्द्रीय संगठन विभाग सदस्य, ईञ्जिनियर धर्म के.सी.को एकल सिफारिस

रास्वपा लमजुङको गतिविधि : सांसद निर्वाचनका लागि रास्वपाको केन्द्रीय संगठन विभाग सदस्य, ईञ्जिनियर धर्म के.सी.को एकल सिफारिस

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस २३ गते बुधबार ०९:३४

रास्वपामा पछिल्ला दिनमा विभिन्न दल एकीकृत भएका छन् । यस पटक उम्मेदवारको छनौटका लागि समय छोटो भएको र गाभिएका दलहरूका बीचमा भागबण्डा गरी रास्वपाको केन्द्रले टिकट दिने भएको र सो दलले यसअघि तय गरेको नीति अनुसार उम्मेदवार छनौटका लागि प्रारम्भिक निर्वाचन नहुने बुझिन आएको छ ।

रास्वपाको जिल्ला सभापति अशोक सापकोटाको अध्यक्षतामा बसेको जिल्लास्तरीय विस्तारित बैठकमा ईच्छुक विभिन्न व्यक्तिहरूले आ–आफ्नो धारणा व्यक्त गर्ने अवसर दिइएको थियो ।

बेसीशहर(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लमजुङको गतिविधि निर्वाचनमय बन्दै गएको छ । संघीय सांसदको आउँदो फागुन २१ गते तय भएको निर्वाचनका लागि उम्मेदवारको एकल सिफारिस पुस २२ गते गरेर जिल्ला समितिले फरक रुपमा आफूलाई प्रस्तुत गरेको छ ।
रास्वपाको केन्द्रीय संगठन विभाग सदस्य ईञ्जिनियर धर्म के.सी. सो दलको संस्थापक जिल्ला संयोजक समेत हुनुहुन्छ । गत निर्वाचनमा समेत सोही दलको उम्मेदवार भएर सम्मानजनक मत (९ हजार २९ मत) ल्याउनु भएका ई. धर्म के.सी.को नाम रास्वपा लमजुङले प्रतिनिधिसभा निर्वाचनका लागि एकल रुपमा सिफारिस गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको बेसीशहरमा भएको जिल्ला समिति बैठकबाट एकल रुपमा के.सीको नाम सर्वसम्मतले पारित गरी सिफारिस गरिएको सो दलका उपसभापति प्रकाश थापाले बताउनु भयो ।
रास्वपाको जिल्ला सभापति अशोक सापकोटाको अध्यक्षतामा बसेको जिल्लास्तरीय विस्तारित बैठकमा ईच्छुक विभिन्न व्यक्तिहरूले आ–आफ्नो धारणा व्यक्त गर्ने अवसर दिइएको थियो ।
रास्वपामा पछिल्ला दिनमा विभिन्न दल एकीकृत भएका छन् । यस पटक उम्मेदवारको छनौटका लागि समय छोटो भएको र गाभिएका दलहरूका बीचमा भागबण्डा गरी रास्वपाको केन्द्रले टिकट दिने भएको र सो दलले यसअघि तय गरेको नीति अनुसार उम्मेदवार छनौटका लागि प्रारम्भिक निर्वाचन नहुने बुझिन आएको छ ।
विसं २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यमा एमालेका उपाध्यक्ष (हाल) पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ ल्याई विजयी हुनु भएको थियो भने माओवादीका देवप्रसाद गुरुङले ३१ हजार ७ सय ८१ मत प्राप्त गरी निकटत्तम प्रतिद्वन्द्वी हुनु भएको थियो । सो निर्वाचनमा ई. के.सी.को स्थान तेस्रो रहेको थियो । पाठक वर्गलाई थाहै छ, उक्त निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रका बीच तालमेल भई लमजुङ माओवादी केन्द्रको भागमा परेको थियो ।
यो बीचमा मर्स्याङदी नदीमा धेरै पानी बगिसकेको छ । पृथ्वीसुब्बा गुरुङ यो पटक नेपाली काँग्रेस र माओवादी केन्द्रसमेत एकीकृत भई बनेको नेपाली कम्युनिष्ट पार्टीको समेत गरी तीन दलको साझा उम्मेदवार हुने दौडमा रहेको स्रोतको भनाइ छ ।

प्रकाशित मिति २०८२ पुष २३, बुधबार ०९:३४ गते
हजुरको प्रतिक्रिया