फागुन २१ गते मतदान गर्दा सन्तानलाई सम्झिन अभिभावकलाई मन्त्री श्रेष्ठको आग्रह

फागुन २१ गते मतदान गर्दा सन्तानलाई सम्झिन अभिभावकलाई मन्त्री श्रेष्ठको आग्रह

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस २५ गते शुक्रबार ०८:२९

क्यान्सर रोग विरुद्धको अभियानमा समर्पित रहेको यस संस्थाले विभिन्न अन्य संस्थाहरू नेपाल सरकार, स्थानीय तह, विदेशी तथा स्वदेशी संघसंस्थाहरू र नीजी क्षेत्रसँग सहकार्य गर्दै आफ्नो उद्देश्य प्राप्ति प्रति अग्रसर रहँदै आएको छ ।

क्यान्सर रोगबारे जनमानसमा चेतना अभिबृद्धि गर्ने तथा यसका लक्षण र रोगको रोकथाम गर्ने उद्देश्यले २०३९ साल, भदौ ३१ गते नेपाल अर्बुद रोग निवारण संस्था स्थापना भएको हो ।

काठमाडौं– महिला, बालकालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबैलाई सक्रिय सहभागी हुन आग्रह गर्नु भएको छ । उहाँले नेपाल अर्बुद रोग निवारण संस्थाको ३५औं केन्द्रीय सभाको उदघाटन गर्दै पुस २५ गते त्यस्तो आग्रह गर्नु भएको हो ।
ललितपुरको बालकुमारीमा आयोजित उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले आन्दोलनपछिको विशेष परिस्थितिमा बनेको सरकारको एकमात्र प्राथमिकता निर्वाचन रहेको बताउनु भयो । उहाँले यो सरकार चुनावी सरकार भएको भए पनि सरकार नैतिक आधारमा सुशासन कायम गराउन दृढ रहेको भन्दै उहाँले ६ महिनामा धेरै गर्न नसकिए पनि गर्नैपर्ने कामहरू सरकारले निशंकोच, इमान्दारिताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
आफ्नो मताधिकार प्रयोग गर्दा आफ्ना सन्तानको भविष्यलाई सम्झेर मत खसाल्न उहाँले भन्नुभयो, ‘आफ्ना सन्तानले फेरि रगत बगाउन नपर्ने गरी मतदानमा विवेक पु¥याउनु पर्छ ।’
सो कार्यक्रमको विशेष अतिथिमा पूर्वमन्त्री तेजुलाल चौधरी हुनुहुन्थ्यो ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे, नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिका संस्थापक अध्यक्ष डा. सुदीप श्रेष्ठ, ललितपुर महानगरपालिका– १ का वडा अध्यक्ष राजु महर्जन, संस्थाका पूर्वअध्यक्ष एवं सल्लाहकार दिवाकर राजभण्डारी, पूर्वकेन्द्रीय कार्यवाहक अध्यक्ष एवम् सल्लाहकार जितबहादुर श्रेष्ठ, निवर्तमान केन्द्रीय अध्यक्ष लक्ष्मणकुमार श्रेष्ठ लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।
क्यान्सर रोगबारे जनमानसमा चेतना अभिबृद्धि गर्ने तथा यसका लक्षण र रोगको रोकथाम गर्ने उद्देश्यले २०३९ साल, भदौ ३१ गते नेपाल अर्बुद रोग निवारण संस्था स्थापना भएको हो । क्यान्सर रोग विरुद्धको अभियानमा समर्पित रहेको यस संस्थाले विभिन्न अन्य संस्थाहरू नेपाल सरकार, स्थानीय तह, विदेशी तथा स्वदेशी संघसंस्थाहरू र नीजी क्षेत्रसँग सहकार्य गर्दै आफ्नो उद्देश्य प्राप्ति प्रति अग्रसर रहँदै आएको छ । कार्यक्रममार्फत अर्बुद (क्यान्सर) रोग सम्बन्धी जनचेतना, रोकथाम तथा उपचार सेवामा संस्थाले आगामी वर्षका योजना तथा प्राथमिकताहरूका बारेमा छलफल गरिएको छ ।
संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठको सभापतित्वमा भएको उद्घाटन सत्रमा सरकारी, गैरसरकारी तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०८२ पुष २५, शुक्रबार २०:२९ गते
हजुरको प्रतिक्रिया