प्रजातान्त्रिक आन्दोलनका योद्धा, पूर्वमन्त्री एवम् पत्रकार महासंघका पूर्वसभापति दाहालको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा, पूर्वमन्त्री एवम् पत्रकार महासंघका पूर्वसभापति दाहालको निधन

नवराज पहाडी

@antaranganews

२०८२ पुस २६ गते शनिवार ११:०२

गोरखापत्र संस्थानका अध्यक्ष तथा महाप्रबन्धक भएर समेत काम गर्नु भएका दाहाल नेपाल २०४९– २०५१ सम्म पत्रकार महासंघको सभापति हुनु भएको थियो भने प्रेस काउन्सिल नेपालका सदस्य भएर पनि काम गर्नु भएको थियो ।

पञ्चायतकालमा ‘राष्ट्रपुकार साप्ताहिक’ मार्फत प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँदा उहाँ पटक–पटक पक्राउ पर्नुका साथै करिब तीन वर्ष जेल जीवन बिताउनु भएको थियो ।

काठमाडौं– नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको गएराति निधन भएको छ । केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा रहेका ८४ वर्षीय दाहालको गए राति निधन भएको पुस २६ गते विहान जानकारी दिइएको हो ।
पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन भएको छ । उपचारका लागि वीर अस्पताल लैजादै गर्दा दाहालको बाटोमै निधन भएको हो । दाहालले लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि विशेष योगदान दिएका व्यक्तित्व हुनुहुन्छ ।
दाहाललाई हृदयाघात भएपछि उपचारका क्रममा गएराति वीरअस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ओखलढुंगा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा वि.सं. १९९८ कार्तिक २५ गते जन्मिनु भएका दाहाल पञ्चायतकालमा नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकको सम्पादक हुनुहुन्थ्यो । पञ्चायतकालको कठोर निरंकुश शासनमा समेत अन्यायका विरुद्ध सत्यको कलम चलाएका दाहाल साहित्यकार समेत हुनुहुन्थ्यो ।
पञ्चायतकालमा ‘राष्ट्रपुकार साप्ताहिक’ मार्फत प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँदा उहाँ पटक–पटक पक्राउ पर्नुका साथै करिब तीन वर्ष जेल जीवन बिताउनु भएको थियो । उहाँले गोरखापत्र संस्थानका अध्यक्ष तथा महाप्रबन्धक भएर समेत काम गर्नु भएको थियो । दाहाल नेपाल २०४९– २०५१ सम्म पत्रकार महासंघको सभापति हुनु भएको थियो । साथै प्रेस काउन्सिल नेपालका सदस्य भएर पनि उहाँले काम गर्नु भएको थियो । यो पंक्तिकारले समेत ‘राष्ट्रपुकार साप्ताहिक’बाटै आफ्नो पत्रकारिताको यात्रा २०३७ सालमा आरम्भव गरेको हो ।
नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य, प्रवक्ता तथा बौद्धिक विभाग संयोजक भएर काम गर्नु भएको थियो । उहाँको निधनमा शोक प्रस्ताव पारित गर्न नेपाली कांग्रेसले ऐले बिहान केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
उता, होमनाथ दाहालको निधनमा काँग्रेसका विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगित गरेका छन् । आज भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षधरले र्याली निकाल्ने लगायतका विभिन्न कार्यक्रम राखिएको थियो ।
ती सबै औपचारिक कार्यक्रम स्थगित गरिएको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले विज्ञप्ती जारी गरी जानकारी दिनु भएको हो ।
भोलिका लागि तय भएका विशेष महाधिवेशनका कार्यक्रमहरू यथावत रहेको विज्ञप्तीमार्फत जानकारी दिइएको छ ।
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा स्थगित गरिएको छ । कांग्रेसको विशेष महाधिवेशनमा ६ स्थानबाट निस्किने तयारी थियो । विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिले जुलुस निकाल्नका लागि भेला हुन ६ स्थान तोकेको हो ।
महान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २७ र २८ गते विशेष महाधिवेशन बोलाउनु भएको हो । काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुँदैछ । महाधिवेशन उद्घाटन अघि विभिन्न ६ स्थानबाट जुलुस निकालिने छ । ती स्थानममा सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, पद्मोदय–शंकरदेव क्याम्पस, कमलपोखरी र कुपण्डोलमा भेला भई जुलुससहित महाधिवेशनस्थल भृकुटीमण्डप पुग्न प्रतिनिधिहरूलाई समितिले आह्वान गरेको थियो ।
वि.सं. १९९८ कार्तिक २५ गते ओखलढुङ्गाको साविक वरुणेश्वर गाउँ विकास समिति– ३, रामपुरमा जन्मिनु भएका स्व. दाहालको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । दाहालकी धर्मपत्नी सुधा दाहाल यतिखेर वीर अस्पतालमा उपचारत हुनुहुन्छ । दाहालका दुई छोरा डा सुधाम्शु र हिमाम्सु रहेका हुनुहुन्छ ।

प्रकाशित मिति २०८२ पुष २६, शनिबार ११:०२ गते
हजुरको प्रतिक्रिया