बगुवा(लमजुङ)- लमजुङको पहिचान र गाैरवका रुपमा रहेको ठाडोभाकाकाे नि:शुल्क तीन दिने प्रशिक्षण यहाँ सुरु भएको छ । स्थानीय न्यू सप्तकन्या आमा समूहकाे व्यवस्थापनमा आमा समूहकै भवनमा साे प्रशिक्षण माघ ३ गते सुरु भएको हाे । साे प्रशिक्षणकाे प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु र प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले दीप प्रज्ज्वलन गरि संयुक्तरूपमा उद्घाटन गर्नु भएको हाे । आफ्नो उद्घाटन मन्तव्यमा धम्पुले ठाडोभाकाकाे महत्त्व, आवश्यकता र आैचित्यका बारेमा प्रकाश पार्नु भएको थिये । यतिबेला ठाडोभाका पुस्तान्तरणकाे प्रयास भइरहेको र केही हदसम्म परिणाम देखिन थालेको वताउदै याे कार्यक्रम पनि त्यसकै शृंखला हाे भन्नू भयो ।
संरक्षक धम्पुले १० वर्ष अघि राेपिएकाे याे बिरुवा(प्रतिष्ठान) आज फल लागेर झटाराे हान्ने स्थितिमा पुगेको छ, यो खुशीकाे कुरा हाे भन्नुभयाे । उहाँले अभिभावकहरुलाई आफ्ना छाेराछाेरीकाे प्रतिभा परिस्कृत गर्न दिन आग्रह गर्नुभयाे ।
बाेनस जीवन बाचेकाेले डर र लाेभ छैन : पहाडी पेशाले वरिष्ठ पत्रकार रहनु भएका पहाडीले आफूले वाेनस जीवन बाचिरहेकाे उल्लेख गर्दै कुनै डर र लाेभ छैन, त्यसैले देखेको बाेल्ने र लेख्ने गरेको उल्लेख गर्नु भयो । उहाँले ठाडोभाकाकाे याैटा गीत गाउन नजान्ने मान्छे अध्यक्ष भएको छ, भन्नेहरुलाई जवाफ दिदै आफू पेशाले शब्दको खेती गर्ने मान्छे भएको हुदा गाउन नजाने पनि कुन शब्द कहाँ कसरी प्रयोग गर्दा थप प्रभावकारी हुन्छ भन्ने बुझ्ने गरेको कताउनु भयो ।
उहाँले गाउन जान्नेले मात्र संस्था चलाउने भए हिजो २०७२ सालसम्म त पर्खेकै हाे, किन संस्था नखाेल्या ? भन्ने प्रश्न गर्दै आज प्रतिष्ठानकाे हैसियत गैर नाफामूफक हुदाहुदै पनि जिल्लामा सर्वाधिक अक्षयकोष (२२ लाख) भएको र सर्वाधिक पुरस्कार वितरण (आठ वटा) गर्ने संस्थाका रुपमा दर्ज हुन सफल छ याे कार्य आफ्नो नेतृत्वबाट मात्रै सम्भव भएको हाे भन्ने दावी गर्नुभयो ।
साे अवसरमा प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुराले गत वर्ष नेपाल असम लाेक संस्कृति, साहिपत्यक पदयात्राकाे क्रममा आएको स्मरण गर्नु भयो । उहाँले आफूहरूले निस्वार्थ रुपमा ठाडोभाका नयाँ पुस्तामा हस्तान्तरणकाे प्रयास गरेको बताउनु भयो । लमजुङ लाेक संस्कृति युटुभ च्यानलका समेत सञ्चालक रहनु भएका दाेहाेरी गायक पृथ्वीराज गुरुङले यस्तो कार्यक्रममा धेरै अघिदेखि भाग लिने चाहना रहेको, समय व्यवस्थापन आफ्नै कुरा भए पनि गर्न नसकेको तर याे माैकाकाे उपयाेग गर्ने उद्देश्यले आफू यहाँ आएको जानकारी दिनु भयो ।
प्रशिक्षणका संयाेजक एवम् कार्यकारी सदस्य देवराज गुरुङले कार्यक्रम सञ्चालन गर्दै ठाडोभाकाका इतिहास पुरुष देउबहादुर लुर, पञ्चै सुब्बा गुरुङ उहाँहरुका उत्तराधिकारी भेडीखर्के साइलाकाे विरासतलाई जीवन्त राख्न प्रतिष्ठानकाे स्थापना भएको बताउनु भयो । उहाँले स्थापनाकालमा भेडीखर्के साइला र पछि धम्पुलाई संरक्षक राखेर आफू अध्यक्ष बनेर नवराज पहाडीले प्रतिष्ठानलाई यहाँसम्म ल्याउन खेलेकाे भूमिका अवर्णनीय रहेको बताउनु भयो । उद्घाटन सत्रमा साेरठीका गरु झुमबहादुर गुरुङ, न्यू सप्तकन्या आमा समूहकन अध्यक्ष सुकमाया गुरुङ, साेही समूहकी पूर्वअध्यक्ष पुण्यदेवी गुरुङ, जुना गुरुङ, काेषाध्यक्ष यमुना गुरुङलगायत सबै सदस्य सहभागी हुनुहुन्थ्यो । उद्घाटन सत्रमा व्यवस्थापन सहयोग गर्ने न्यू सप्तकन्या आमा समूह पदाधिकारी तथा सदस्यहरुले पाहुना टाेलीलाई टीका, खदा फूल गुच्छाले स्वागत गर्नु भएको थियोे ।
प्रकाशित मिति २०८२ माघ ४, आईतवार १७:५० गते