बेसीशहर(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लमजुङका संघीय सांसद उम्मेदवार धर्म के.सी.ले हामीलाई हार्ने छुट छैन भन्नुभएको छ । उहाँले उम्मेदवारी दर्ता पछि यहाँ स्थित पार्टी कार्यालयमा ¥याली सहित पुगेको कोण सभालाई सम्बोधन गर्दै माघ ६ गते बताउनु भएको हो ।
संघीय सांसदको आउँदो फागुन २१ गते तय भएको निर्वाचनका लागि उम्मेदवारी दिनु भएका उहाँले निर्वाचनका बेलामा दिने ‘मत’ दान होइन, ‘लगानी’ हो त्यसैले मत दिदा ध्यान दिन आग्रह गर्नु भयो । हिजोका दिनसम्मको लगानी बालुवामा पानी हाले सरह खेर गएकोछ भने अब पनि कुनै कुनै लगानी नफर्किने प्रकारको पनि हुन्छ, हाम्रो मतलाई त्यो रुपमा प्रयोग गर्न भएन । त्यो लगानीले उचित समयमा उचित प्रतिफल(विकास) दिन सक्ने हुनुपर्छ केसीले भन्नुभयो ।
रास्वपाका केन्द्रीय संगठन विभागका सदस्य तथा शिक्षामन्त्रीका निवर्तमान मुख्य सल्लाहकार समेत रहनु भएका केसीले हाम्रो विकास गति कुशासन र भ्रष्टाचारले थिलो थिलो भएको छ र बाटो विराएको छ र आशा अनुसारको विकास हुन नसकेको हो । त्यसलाई सही ढंगले सञ्चालनका लागि फागुन २१ गते मतपत्रमा घण्टीमा छाप ठोक्नु पर्ने उहाँले उल्लेख गर्नुभयो । उहाँले निलो रङ्ग शान्ति, परिवर्तन र ज्ञानको प्रतीक हो उहाँले भन्नुभयो ।
त्यसपछि बसेको जिल्ला समितिको विस्तारित बैठकले निर्वाचन सफल बनाउनका लागि विभिन्न ९ वटा समिति गठन गरिएको छ । ती समिति र संयोजकहरूमा जिल्ला निर्वाचन परिचालन समिति र जिल्ला सभापति अशोक सापकोटा रहनु भएको छ । सो समितिमा केन्द्रीय प्रभास विभागका सचिव पद्मराज पन्थी, केन्द्रीय सम्पर्क विभागका सदस्य भोला शर्मा, प्रत्यक्षतर्फका प्रत्यासी उम्मेदवार निर्देश सिलवाल, प्रदेशका सचिवालय सदस्य हरि धिताल, प्रदेश सदस्य तैमाया गुरुङ, प्रदेश महिला विभागका उपाध्यक्ष सन्तोषी गौली, प्रदेश संगठन विभागका सदस्य काजी दुरा र जिल्ला समितिका सबै पदाधिकारी र सदस्यहरू रहेको बताइएको छ ।
त्यस्तै, आर्थिक संकलन तथा परिचालन समितिमा संयोजक जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेल, सदस्यहरूमा सुरेन्दलाल श्रेष्ठ, कृष्णबहादृुर राउत, भद्रमोहन थापा, विमल अधिकारी, तीर्थ पराजुली, धनबहादुर गुरुङ, पदमबहादुर गुरुङ, रमा खड्का, फूलबहादुर तामाङ रहनु भएको छ ।
प्रचारप्रसार समितिको संयोजकमा जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, सदस्यहरूमा ज्ञानेन्द्र शर्मा, दिपक डिसी, श्रीराम पोखरेल र प्रदीप पोखरेल रहनु भएको छ ।
त्यस्तै, यातायात व्यवस्थापन समितिका संयोजक जिल्ला उपसभापति प्रकाश थापा, सदस्यमा गणेश थापा, राजकुमार भण्डारी, भोला शर्मा, होम राउत र बाबुराम अधिकारी रहनु भएको छ । सुरक्षा समितिको संयोजकमा र्याट विभागका प्रमुख श्याम केसी, सदस्यहरूमा बलबहादुर राना, गणेश थापा, बेलबहादुर घिमिरे र रञ्जन अधिकारी चयन हुनु भएको छ ।
सांसद निर्वाचनको उम्मेदवारी दर्ता गर्न रास्वपाले मनाङे चौतारबाट सुरु गरिएको र्याली पुरानो बैंक चोक, त्रिवेणी टोल, भीमसेन स्थान चोक, नारायण स्थान चोक, मालपोच चोक प्रशासन चोक हुँदै जिल्ला निर्वाचन कार्यालय पुगेको थियो । त्यस्तै उम्मेदवारी दर्ता गरेर फर्कने क्रममा त्यसैगरी, र्यालीका साथ झ्याङखोला, अर्थ्ली चोक, फिल्महल चोक हुँदै सेरा चोक, पुस्तकालय टोल, नारायण स्थान, भीमसेन स्थान टोल हुँदै लमजुङ उद्योग वाणिज्य संघको कार्यालय हुँदै रास्वपा कार्यालय प्रांगणमा पुगेको थियो ।

प्रकाशित मिति २०८२ माघ ६, मंगलवार २०:५३ गते