लमजुङ– आमनिर्वाचनको मतदान हुन अब ३८ दिन मात्र बाँकी छ । उम्मेदवारहरू नतिजा आआफ्नो पोल्टामा पार्न कम्मर कसेर लागेका छन् । एकमात्र प्रतिनिधिसभा सदस्य पद रहेको लमजुङमा ११ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार गरी १२ जना चुनावी मैदानमा उत्रिएका छन् । उच्च मनोबल, उत्साह एवम् अठोटका साथ अन्य प्रतिस्पधिलाई पछि पार्ने दौडमा रहनु भएका राष्ट्यि स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार धर्म केसीले आफ्ना पिताको आशीर्वाद लिएर चुनाव प्रचार मैदानमा उत्रनु भएको छ ।

केसी यतिबेला मध्यनेपाल नगरपालिकाका सबै वडाहरू १ देखि १० सम्मको घरदैलो सहितको तीन दिवसीय भेटघाट सकेर माघ ११ गते साँझ निवास फर्कनु भएको छ । सो क्रममा उहाँले मध्यनेपाल नपा– ३ मा खोलिएको वडानं– १ देखि ५ सम्मको रास्वपाको सम्पर्क कार्यालयको १० गते निरीक्षण गर्नु भएको थियो । सो अवसरमा त्यसक्षेत्रको वस्तुस्थिति अध्ययनका साथमा अन्तरक्रिया गरिएको वडानं– ३ का सभापति लालबहादुर बस्नेतले जानकारी दिनुभयो । यसैगरी, केसीको टिमले सोही दिन वडानं २ को तान्द्राङ टक्सारमा सञ्चालित मिनिम्याराथनको समापन कार्यक्रमा सहभागी हुनु भई शुभकामना व्यक्त गर्नु भएको थियो ।

माघ ९ गते मध्यनेपाल– १० को नेटाबाट सुरु भएको भेटघाट कार्यक्रम सो दिन वडानं– ६ मा समेत कार्यक्रम गरी साँझ वडानं– ४ को दुईपिप्ले पुगेको थियो । १० गते वडानं– ३, २ र १ मा घेटघाट कार्यक्रम सकेर साँझ वडानं– ६ को भोर्लेटार पुगेको थियो । ११ गते सो चुनावी टिम वडानं– ९, ८ र ७ का विभिन्न गाउँमा पुगेको थियो ।

सबै वडाको सो भेटघाटमा सर्वसाधारणको अनपेक्षित आकर्षण देखिएकोमा प्रचार टिम उत्साहित भएको रास्वपाका जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो टोलीले माघ ११ गते मात्र मध्यनेपाल– ९ को बाँग्रेबेसी, वडानं– ७ को रामबजार र भाटबेसी, वडानं– ८ को कल्याङबेसी र मजुवाबेसीमा सामुहिक भेटघाट कार्यक्रम गरिएको थियो ।

रास्वपाको केन्द्रीय संगठन विभागका सदस्य रहनु भएका केसीकै नेतृत्वमा चुनावी अभियान टिममा रास्वपाबाट चुनावी दौडमा रहनु भएका निर्देश सिलवाल, रास्वपाको केन्द्रीय प्रदेश विभागका सदस्य तोया अधिकारी, केन्द्रीय जनसम्पर्क विभागका सदस्य भोला शर्मा, सो दलका गण्डकी प्रदेश महिला विभागका उपप्रमुख सन्तोषी गौली सहभागी हुनुहुन्थ्यो ।

त्यस्तै, जिल्ला उपसभापति प्रकाश थापा, जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेल, मध्यनेपालका नगर सभापति तीर्थ पराजुली, सचिव दीपेन्द्र श्रेष्ठ, नगर कोषाध्यक्ष चन्द्रकला घिमिरे, वडानं– ३ का सभापति लालबहादुर बस्नेत, वडानं– २ का सभापति गिताबहादुर गुरुङ, वडानं ६ का वडासभापति विष्णुनारायण शाह, वडानं– ७ का सभापति मणिराम विक, राजन कुँवर, जेन– जेड युवा लगायत अभियानमा सहभागी हुनु भएको सो पार्टी स्रोतले बताएको छ ।

रास्वपाका नेता धर्म केसीको आमाको वार्षिक तिथि माघ १४ गते परेको हुँदा उहाँ आज र भोलि त्यसको तयारीका साथ छरछिमेकमा भेटाघाट गर्ने हुनु भएको छ । त्यस्तै माघ १५ गतेदेखि १८ गतेसम्म चार दिने भ्रमण दूधपोखरी गाउँपालिकामा हुने भएको छ । दूधपोखरी गाउँपालिकाको विचौरबाट प्रचार अभियान थाल्ने भएको रास्वपा स्रोतले बताएको छ ।
फोटा सौजन्य : विजयरञ्जन पौडेल
भोर्लेटार, लमजुङ ।