रास्वपाका सभापति रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा भर्ना

रास्वपाका सभापति रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा भर्ना

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ माघ १४ गते बुधबार ०८:४८

अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर नपरोस् तथा अस्पताल प्रशासनलाई हुनसक्ने असहजतालाई मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआइदिन पनि सचिवालयले आग्रह गरेको छ ।

माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा उनको देब्रे खुट्टामा सामान्य चोट लागेको सभापतिका स्वकीय सचिव आचार्यले सो चोट बढेर छालाको भित्री तहमा संक्रमण भएको जानकारी दिनुभयो ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने देब्रे खुट्टामा समस्या देखिएपछि अस्पताल भर्ना हुनु भएको छ । सभापति रवि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा माघ १३ गते भर्ना हुनु भएको हो ।
उहाँको देब्र खुट्टाको छालामा संक्रमण देखिएको स्वकीय सचिव अविनाश आचार्यले बताउनु भयो । उहाँका अनुसार सोही कारण उनी घरमा आराम गरेर बस्नु भएको थियो । उहाँले भन्नुभयो, ‘पछि चेकजाँचका क्रममा चिकित्सकले अस्पतालमा भर्ना भएर उपचार गर्न सुझाएपछि भर्ना हुनु भएको हो ।’
माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा उनको देब्रे खुट्टामा सामान्य चोट लागेको सभापतिका स्वकीय सचिव आचार्यले सो चोट बढेर छालाको भित्री तहमा संक्रमण भएको जानकारी दिनुभयो ।
आचार्यले थप भन्नुभयो, ‘यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको छ । त्यसै अनुसार सभापतिज्यू हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ ।’
उहाँका अनुसार चोट गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावना भएकाले चिकित्सकको सुझाव अनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र सभापति नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किनु हुने कार्यक्रम छ ।
अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर नपरोस् तथा अस्पताल प्रशासनलाई हुनसक्ने असहजतालाई मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआइदिन पनि सचिवालयले आग्रह गरेको छ ।
चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भन्दै केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखिएको छ ।

प्रकाशित मिति २०८२ माघ १४, बुधबार ०८:४८ गते
हजुरको प्रतिक्रिया