
बेसीशहर– लमजुङमा साँझ पौने छ बजे भएको सवारी दुर्घटनामा चार जना घाइते भएकोमा एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । सो दुर्घटना विपरित दिशाबाट आउने र जाने गरेका मोटरसाईकल जुद्धा माघ १५ गते भएको प्रहरी भनाइ छ ।
सो दुर्घटना बेसीशहर नगरपालिका– ६ बेलाउती बिसौनी स्थित बेसीशहर मनाङ – चामे सडक खण्डमा भएको हो । खुदीबाट बेसीशहरतर्फ आउदै गरेको बा.प्र.०२– ०२८ प २४०६ नं.को मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ग २० प ४२८१ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा त्यसमा सवार भएका व्यक्तिहरू घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अभिषेक पाण्डेले बताउनु भयो ।
उहाँका अनुसार घाईतेहरू मध्ये गम्भिर अवस्था रहेका ग २० प ४२८१ नं को मोटर साइकलको पछाडि सवार जिल्ला शुक्लागण्डकी नगरपालिका– ५ नयाँ गाउँ, तनहुँ बस्ने करिब १९ बर्षीय जेम्स पन्त रहेका छन् । उनको दाहिने साप्रामा चोट लागेको र अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालयले दिएको सूचनामा उल्लेख छ ।
यसैगरी सोही मोटर साइकलका चालक लमजुङको बेसीशहर नगरपालिका– ८ झ्याङ्खोला बस्ने ३२ बर्षीय रविन कुमार श्रेष्ठको दुवै हात, खुट्टा तथा छातिमा भित्री चोट लागेको तर अवस्था मध्यम रहेको प्रहरी भनाइ छ ।
त्यस्तै, बागमती प्रदेश ०२–०२८ प २४०६ नं को मोटर साइकलका चालक लमजुङको मर्स्याङदी गाउँपालिका– ६ बस्ने २२ बर्षीय सुनिल गुरुङ दाँया हातमा चोट अवस्था सामन्य रहेको तथा सोही मोटर साइकल पछाडि सवार ऐ.ऐ. बस्ने १९ बर्षीय राजन गुरुङको दाहिने घुँडामा चोट लागेको र अवस्था सामन्य रहेको जिल्ला प्रहरी कार्यालयले दिएको सूचनामा उल्लेख छ । प्रहरीका अनुसार घाइतेहरूको यहाँ स्थित प्रदेश अस्पताल उपचार चलिरहेको र थप जानकारी पछि दिइने छ ।
प्रकाशित मिति २०८२ माघ १५, बिहीबार १८:५८ गते