सातौं सुन्दरबजार कप फुटबल प्रतियोगितामा सिन्दूरे युवा क्लब र लाङदीदेवी फुटबल क्लब फाइनलमा

सातौं सुन्दरबजार कप फुटबल प्रतियोगितामा सिन्दूरे युवा क्लब र लाङदीदेवी फुटबल क्लब फाइनलमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ माघ १६ गते शुक्रबार ०८:५०

यसैगरी, ट्रफि मेडलका लागि हाल यूकेमै रहनु भएका सन्तोष गुरुङले २५ हजार नगद प्रायोजन गर्नु भएको छ भने म्यान अफ दि म्याचका लागि आवश्यक रकम २५ हजार प्रमीस दुराले प्रायोजन गर्नु भएको आयोजकले जानकारी दिएका छन् ।

पहिलो पुरस्कार हाल युकेमा रहनु भएका कमला तामाङले प्रायोजन गर्नु भएको हो भने दोस्रो पुरस्कार सुन्दरबजार नगरापालिका– ६ को वडा समितिले प्रायोजन गरेको हो ।

सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजारमा सञ्चालन गरिएको सातौं सुन्दरबजार कप फुटबल प्रतियोगितामा सिन्दूरे युवा क्लब र लाङदीदेवी फुटबल क्लब फाइनलमा प्रवेश गरेका छन् । सुन्दरबजार क्लबको आयोजनामा लमजुङ क्याम्पसको खेल मैदानमा सञ्चालन गरिएको सो प्रतियोगिता शहीद दिवसको अवसरमा खेलाइएको हो ।
आज माघ १६ गते भएको पहिलो सेमी फाइनल खेल सुन्दरबजार नगरपालिका– ११ को सिन्दूरे युवा क्लब र सुन्दरबजार नगरपालिका– ९ को पैह्रे युवा क्लबका बीचमा भएको थियो । जसमा १– ० गोल अन्तरले सिन्दूरे युवा क्लब फाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै, आजै भएको दोस्रो सेमीफाइनल खेल बेसीशहर नगरपालिका– ५ को नाल्मा स्थित लाङदीदेवी फुटबल क्लब र सुन्दरबजार नगरपालिका– ७ को आदर्श युवा क्लबका बीच भएको खेलमा २– ० गोल अन्तरले लाङदीदेवी फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो ।
आजको पहिलो खेलमा सिन्दूरे युवा क्लबका आनन्द दुरा म्यानअफ दि म्याच घोषित भई २५ सय नगद र गिफ्ट ह्याम्पर पुरस्कार पाएका छन् । त्यस्तै दोस्रो खेलमा लाङदीदेवी फुटबल क्लबका आशा गुरुङ म्यान अफ दि म्याच घोषित भएका छन् । उनलाई पनि २५ सय नगद र गिफ्ट ह्याम्पर पुरस्कार दिइएको आयोजकको भनाइ छ ।
सो प्रतियोगितामा पहिलो हुने टिमलाई २ लाख ५० हजार नगद पुरस्कार दिइने छ । त्यस्तै, दोस्रो हुने टिमलाई १ लाख १० हजार रुपैयाँ पुरस्कार दिइने तयारी रहेको आयोजक क्लबका अध्यक्ष सुमन थापाले बताउनु भयो । उहाँका अनुसार बेष्ट प्लेयर, सर्वाधिक गोल कर्तालाई जनही १०÷१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने म्यान अफ दि म्याचलाई २५ सय नगद र गिफ्ट ह्याम्पर पुरस्कार दिइने छ । उहाँले भन्नुभयो, ‘पहिलो पुरस्कार हाल युकेमा रहनु भएका कमला तामाङले प्रायोजन गर्नु भएको हो भने दोस्रो पुरस्कार सुन्दरबजार नगरापालिका– ६ को वडा समितिले प्रायोजन गरेको हो ।
यसैगरी, ट्रफि मेडलका लागि हाल यूकेमै रहनु भएका सन्तोष गुरुङले २५ हजार नगद प्रायोजन गर्नु भएको छ भने म्यान अफ दि म्याचका लागि आवश्यक रकम २५ हजार प्रमीस दुराले प्रायोजन गर्नु भएको आयोजकले जानकारी दिएका छन् ।
सो प्रतियोगिताको भोलि हुने फाइन खेल गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा हुने भएको आयोजकले जनाएका छन् ।

प्रकाशित मिति २०८२ माघ १६, शुक्रबार २०:५० गते
हजुरको प्रतिक्रिया