७ औँ सुन्दरबजार कपको च्याम्पियन लाङ्दी देवी बन्न सफल

७ औँ सुन्दरबजार कपको च्याम्पियन लाङ्दी देवी बन्न सफल

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ माघ १७ गते शनिवार ०७:५६

आज सम्पन्न फाइनल खेलमा बेसीशहर नगरपालिका– ५ को लाङ्दी देवी क्लब नाल्माले सुन्दरबजार नगरपालिका– ११ को सिन्दुरे एफसी सिन्दुरेलाई ४–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन उपाधि हात पारेको हो ।

२४ टिमले भाग लिएको सो प्रतियोगिताको फाइन चरणको खेलमा प्रतियोगिता सुरु हुन अघि र मध्यान्नमा नृत्य प्रदर्शन गरी थप मनोरञ्जन दिइएको थियो ।

सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार यहाँ सञ्चालन गरिएको खुला ७ औँ सुन्दरबजार कप– २०८२ फुटबल प्रतियोगिताको च्याम्पियन लाङ्दी देवी युवा क्लब बनेको छ । प्रतियोगिताको फाइनल खेलमा आफ्ना प्रतिस्पर्धिलाई चार गोल अन्तरले पराजित गर्दै लाङ्दी देवी युवा क्लब माघ १७ गते च्याम्पियन बनेको हो ।
लमजुङ क्याम्पसको खेलमैदान, सुन्दरबजारमा आज सम्पन्न फाइनल खेलमा बेसीशहर नगरपालिका– ५ को लाङ्दी देवी क्लब नाल्माले सुन्दरबजार नगरपालिका– ११ को सिन्दुरे एफसी सिन्दुरेलाई ४–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन उपाधि हात पारेको हो ।
७ ए साइडको सो फुटबल प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल हुनुहुन्थ्यो । उहाँले विजेता खेलाडी तथा टिमलाई पुरस्कार वितरण गर्नु भयो । समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी मन्त्री पौडेलले यस्ता स्थानीय स्तरका खेलकुद प्रतियोगिताले युवालाई सकारात्मक दिशामा अघि बढाउन ठूलो भूमिका खेल्ने गरेको उदाहरण दिदै अयाोजकलाई धध्यवाद सहित प्रशंसा व्यक्त गर्नु भएको थियो । उहाँले सुन्दरबजार कपले खेलकुदमार्फत सामाजिक एकता र अनुशासनको सन्देश दिएको समेत उल्लेख गर्नुभयो ।
सो अवसरमा सुन्दरबजार नगरपालिका– ६ का वडा अध्यक्ष कोइरालाले स्थानीय क्लब र युवाहरूको सक्रियताले सुन्दरबजारमा खेलकुद संस्कृतिको विकास भएको बताउनु भयो । वडा कार्यालयले आगामी दिनमा पनि यस्ता खेलकुद गतिविधिलाई निरन्तर सहयोग गर्ने समेत सो अबसरमा कोइरालाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतियोगिताको विजेता टिम लाङ्दी देवी क्लब नाल्माले उपाधिका साथमा नगद २ लाख ५० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सिन्दुरे एफसी सिन्दुरेले नगद १ लाख १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष सुजन राना मगरले बताउनु भयो । उहाँका अनुसार प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने लाङ्दी देवीका अंकित गुरुङ सर्वाधिक गोलकर्ता खेलाडी तथा लाङ्दी देवीकै उत्कृष्ट खेलाडी सन्तबहादुर गुरुङलाई जनही १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै म्यान अफ दि म्याच घोषित खेलाडी सुमन श्रेष्ठलाई नगद १ हजार रुपैयाँ र आकर्षक उपहार प्रदान गरिएको मगरले जानकारील दिनुभयो । सो प्रतियोगितामा दोस्रो चरणदेखि प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित गरी यसरी नै तत्कालै पुरस्कृत गर्ने गरिएको थियो ।
समापन तथा पुरस्कार वितरण कार्यक्रममा विशिष्ट अतिथि सुन्दरबजार नगरपालिका– ६ का वडाध्यक्ष दिनेश बाबु कोइराला थिए । दोस्रो पुरस्कार प्रायोजन समेत सो वडा कार्यालयले गरेको आयोजक सुन्दरबजार क्लब तथा समापन कार्यक्रमका अध्यक्ष सुजन राना मगरले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगिताको मुख्य प्रायोजक क्लबका पूर्व खेलाडी तथा हाल युके निवासी कमल तामाङले गर्नु भएका हो । उहाँले भन्नुभयो, ‘प्रतियोगिताका ट्रफी तथा मेडलहरू क्लबका पूर्व खेलाडी सन्तोष गुरुङले प्रायोजन गर्नुभएको थियो। प्रतियोगिताका सम्पूर्ण खेलहरू अखिल नेपाल फुटबल संघ (एन्फा) का मान्यता प्राप्त रेफ्रीबाट सञ्चालन गरिएको थियो ।’ सो प्रतियोगितामा २४ टिमले भाग लिएको जानकारी दिनुभयो ।
समापन समारोहमा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, प्रायोजक, खेलाडी र ठूलो संख्यामा खेलप्रेमी दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
सो अवसरमा प्रतियोगिता सुरु हुन अघि र मध्यान्नमा नृत्य प्रदर्शन गरी थप मनोरञ्जन दिइएको थियो ।

प्रकाशित मिति २०८२ माघ १७, शनिबार १९:५६ गते
हजुरको प्रतिक्रिया