सो अवसरमा पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तरगत मर्स्याङदी गाउँपालिका– ५ को खानी गाउँ स्थित, रकगार्डेन पुगेर फर्केको साइकल यात्रीको टोलीलाई मञ्चमा स्वागत गर्ने र मायाको चिनो प्रदान गरेर विदाईको कार्य गरिएको थियो ।
मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा १० औं दिनको कार्यक्रम भएको थियो ।
बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम यहाँ ९ औं लमजुङ महोत्सव चलिरहेको छ । १३ दिवसीय उक्त महोत्सव अब अन्त्यतिर लागि रहेको छ । महोत्सवको आज ११ औं दिन हो भने हिजो माघ १७ गते १० औं दिनका केही झलकहरू फोटोमा कैद गर्ने प्रयास गरिएको छ ।
मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा १० औं दिनको कार्यक्रम भएको थियो भने अध्यक्षता आयोजक लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठ र उदघोषण पत्रकार एवम् लोक दोहोरी कलाकार अनुज अधिकारीबाट भएको थियो ।
हिजो हिमाल सागर, कर्णराज गिरीको प्रस्तुति तथा अनु सुनार तथा अनुज अधिकारीको दोहोरी प्रस्तुति निकै रोचक रहेको थियो ।
सो अवसरमा पर्यटन प्रवद्र्धनका लागि खानी गाउँ पुगेर फर्केको साइकल यात्रीको टोलीलाई मञ्चमा स्वागत गर्ने र मायाको चिनो प्रदान गरेर विदाईको कार्य गरिएको थियो । लोक दोहोरीका सेमी फाइनल प्रतियोगिताका साथमा अन्य विभिन्न आमा समूह तथा विद्यालयका छात्राहरूको प्रस्तुति थिए । साथै राष्ट्रिय कलाकारहरूको धमकेदार प्रस्तुति, दोहोरी गीत, भाले– पोथी लगायतका नृत्यको प्रदर्शन भएको थियो ।
आज राष्ट्रिय कलाकार ‘प्वाक्क हान्दिन्छु तथा धोकेबाज भनेर चिनिने गायिका एलिना चौहान आउँदैछिन् भने दोहोरी गीतको फाइनल सहितका कार्यक्रम हुने आयोजकको भनाइ छ ।
सन्तोषजनक रहेको दर्शकको उपस्थितिमा भएको उक्त कार्यक्रमको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..