हास्य कोशेली बोकेर नेपाली कलाकारको टोली अमेरिकामा

हास्य कोशेली बोकेर नेपाली कलाकारको टोली अमेरिकामा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ माघ १९ गते सोमबार ०६:५९

फ्रेबुअरीको पहिलो साताबाट सुरु हुने कार्यक्रम अमेरिकाका १४ बढी ठाँउमा हुने जनाइएको छ । कतिपय कार्यक्रमको मिति तय भैसकेको र कतिपय तय गर्ने क्रममा रहेकाले थप कार्यक्रम कुन शहरमा कहिले हुँदैंछ भन्ने सन्दर्भमा जानकारी गराउँदै जाने भनिएको छ ।

कलाकार टोलीले अमेरिकाको व्यस्त जीवनमा रहनुभएका नेपालीहरूलाई हसाउनका लागि आफूहरू हास्य कोशेली लिएर आएको फेम नेपालले गरेको पत्रकार सम्मेलनमा कलाकारहरूले बताउँदा हासोको फोहरा छुटेको थियो ।

डालस, टेक्सस(अमेरिका)– अमेरिकामा रहेका नेपालीलाई हसाउन ‘अब हास्छ अमेरिका’ कार्यक्रम लिएर नेपालका चर्चित हास्यकलाकारहरूको टोली अमेरिकामा रहेका नेपालीहरूलाई हसाउन अमेरिका आइपुगेको छ । फेम नेपालको तत्वाधानमा ‘अब हास्छ अमेरिका’ भाग २ लिएर ५ जना हास्य कलाकारहरू अमेरिका आइपुगेको कलाकारहरूको उपस्थितिमा माघ १६ गते गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
हाल कमेडी क्लब वीथ च्याम्पियन हास्य टिभि शोमा सक्रिय कलाकारहरू भरतमणी पौडेल, सुमन कोइराला, सुमन कार्की, मेक्सम गौडेल र कैशाल कार्की अमेरिका आई पुगेको आयोजकको भनाइ छ ।
कलाकार टोलीले अमेरिकाको व्यस्त जीवनमा रहनुभएका नेपालीहरूलाई हसाउनका लागि आफूहरू हास्य कोशेली लिएर आएको फेम नेपालले गरेको पत्रकार सम्मेलनमा कलाकारहरूले बताउँदा हासोको फोहरा छुटेको थियो ।
कलाकारहरूको टोलीले अमेरिकाको विभिन्न राज्यका विभिन्न शहरहरूमा आफ्नो प्रस्तुतिमार्फत नेपालीहरूलाई हसाउने फेम नेपालका सञ्चालक विमल पछाईले जानकारी दिए । सनराईज ईन्टरटेईमेन्टसँगको सहकार्यमा अमेरिका टुर अघि बढाइएको जानकारी दिदैं पछाईले विभिन्न शहरहरूमा स्थानीय आयोजकलाई समावेश गरेर कार्यक्रम गर्ने बताउनु भयो । उहाँका अनुसार फ्रेबुअरीको पहिलो साताबाट सुरु हुने कार्यक्रम अमेरिकाका १४ बढी ठाँउमा हुने जनाइएको छ । कतिपय कार्यक्रमको मिति तय भैसकेको र कतिपय तय गर्ने क्रममा रहेकाले थप कार्यक्रम कुन शहरमा कहिले हुँदैंछ भन्ने सन्दर्भमा जानकारी गराउँदै जाने भनिएको छ ।

प्रकाशित मिति २०८२ माघ १९, सोमबार ०६:५९ गते
हजुरको प्रतिक्रिया