प्रेस चौतारीको स्थापना दिवस : काँग्रेस नेताको सहयोगमा बाल आश्रममा खाद्यान्न र फलफूल वितरण

प्रेस चौतारीको स्थापना दिवस : काँग्रेस नेताको सहयोगमा बाल आश्रममा खाद्यान्न र फलफूल वितरण

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ माघ २३ गते शुक्रबार ०८:४०

कुनैदिन साप्ताहिक पत्रिकाको बार्षिक शुल्क रू. पाँच सय तिर्न नसक्ने भनेर ग्राहक बन्न अस्विकार गर्ने काँग्रेस नेता पोखरेलले फरक पार्टी निकटको पत्रकार संगठनलाई पाँच हजार सहयोग गर्नुलाई अर्थपूर्ण रूपमा हेरीएको छ ।

लमजुङ प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डे तथा प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका सचिव आश गुरूङको समेत गृह जिल्ला हो ।

बेसीशहर– प्रेस चौतारी नेपाल लमजुङ शाखाले यो वर्ष २८ औं स्थापना दिवस फरक शैलीमा मनाएको छ । यहाँ स्थित बाल आश्रममा खाद्यान्न र फलफुल वितरण कार्य काँग्रेस नेताको सहयोगमा माघ २१ गते गरिएको हो ।
प्रेस चौतारी लमजुङका जिल्ला अध्यक्ष सुरज गुरूङको अध्यक्षतामा बेसीशहर नगरपालिका– २, बाह्रविसे स्थित आदर्श बाल तथा महिला विकास केन्द्रद्वारा सञ्चालित बाल आश्रममा रहेका बालबालिकाका लागि खाद्यान्न तथा फलफुल वितरण गरिएको हो । सहयोग सामग्री अध्यक्ष गुरूङले बाल आश्रमका सचिव हुमा गुरूङलाई हस्तान्तरण गर्नु भएको थियो । पाँच हजार रुपैया बराबरका उक्त सहयोग राशि रकम काँग्रेस नेता तथा निर्माण व्यवसायी पुर्णचन्द्र पोखरेलले प्रदान गर्नु भएको प्रेस चौतारीका अध्यक्ष गुरूङले जानकारी दिनुभयो ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डे तथा प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका सचिव आश गुरूङको समेत गृह जिल्ला हो । उक्त खाद्यान्न तथा फलफुल वितरण कार्यक्रममा प्रेस चौतारीका पदाधिकारी तथा सदस्यहरूको खासै उपस्थिती देखिदैन ।
स्मरणीय छ, कुनैदिन साप्ताहिक पत्रिकाको बार्षिक शुल्क रू. पाँच सय तिर्न नसक्ने भनेर ग्राहक बन्न अस्विकार गर्ने काँग्रेस नेता पोखरेलले फरक पार्टी निकटको पत्रकार संगठनलाई पाँच हजार सहयोग गर्नुलाई अर्थपूर्ण रूपमा हेरीएको छ । पाठक वर्गलाई थाहै छ, प्रेस चौतारी एमालेको भातृ संगठन हो ।

प्रकाशित मिति २०८२ माघ २३, शुक्रबार ०८:४० गते
हजुरको प्रतिक्रिया