मतदाताकाे कठघरामा रास्वपा लमजुङका उम्मेदवार केसी : फाेटाे फिचर

मतदाताकाे कठघरामा रास्वपा लमजुङका उम्मेदवार केसी : फाेटाे फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ माघ २४ गते शनिवार ०४:०७

कार्यक्रम, पुरानाभन्दा के के आधारमा फरक हाे ? भाेलि जिताएर पठाए पछि सहजै भेट्न, आफ्ना कुरा राख्न पाइन्छ पाइन्न ? लमजुङलाई कस्तो बनाउने याेजना छ, राेजगार सिर्जना लगायतका क्षेत्रमा के कस्ता काम हुनेछन् ? जस्ता प्रश्न गरेका थिए ।

प्रदेश विभागका सचिव पद्मराज पन्थीले मन्तव्य सहित अष्ट्रेलियाबाट प्राप्त निर्वाचन सहयाेग सामग्री धर्म केसीलाई हस्तान्तरण गर्नु भएकाे थियाे ।

काठमाडौ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का नेता एवम् फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा लमजुङका उम्मेदवार धर्म केसीलाई मतदाताको कठघरामा उभ्याउने काम गरिएको छ । साे दलकाे लमजुङ- काठमाडौ सम्पर्क विभागकाे आयाेजनामा साे कार्य माघ २४ गते गरिएको हाे ।
पूर्वमन्त्री एवम् साे दलको काठमाडौ- ६ का उम्मेदवार शिशिर खनालको प्रमुख आतिथ्यतामा साे कार्यक्रम गरिएकाे हाे । साे अवसरमा जिल्लाकाे ८ वटै पालिकाका मतदाता सहभागी साे कार्यक्रममा मतदाताहरुले रास्वपाकाे नीति, कार्यक्रम, पुरानाभन्दा के के आधारमा फरक हाे ? भाेलि जिताएर पठाए पछि सहजै भेट्न, आफ्ना कुरा राख्न पाइन्छ पाइन्न ? लमजुङलाई कस्तो बनाउने याेजना छ, राेजगार सिर्जना लगायतका क्षेत्रमा के कस्ता काम हुनेछन् ? जस्ता प्रश्न गरेका थिए ।
उक्त अवसरमा रास्वपाका केन्द्रीय सदस्य(लमजुङ) प्रदीप पाण्डे, प्रदेश विभागका सचिव पद्मराज पन्थीले मन्तव्य सहित अष्ट्रेलियाबाट प्राप्त निर्वाचन सहयाेग सामग्री धर्म केसीलाई हस्तान्तरण गर्नु भएकाे थियाे ।
गण्डकी प्रदेशका चार जिल्लाकाे निर्वाचन परिचालन समितिका सचिव ताेयराज अधिकारीले कार्यक्रमकाे उद्देश्यमा प्रकाश पार्नु भएको थियो भने अध्यक्षता रास्वपा जिल्ला सभापति अशोक सापकोटाले र सञ्चालन जनसम्पर्क विभागका सदस्य भाेला शर्माले गर्नु भएको थियोे । प्रस्तुत छ, साे कार्यक्रमकाे फाेटाे फिचर :

   

प्रकाशित मिति २०८२ माघ २४, शनिबार १६:०७ गते
हजुरको प्रतिक्रिया