लमजुङमा निर्वाचन सरगर्मी : काँग्रेस र एमालेमा एक अर्काका नेता खोस्ने होड

लमजुङमा निर्वाचन सरगर्मी : काँग्रेस र एमालेमा एक अर्काका नेता खोस्ने होड

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ माघ २६ गते सोमबार ०८:४८

नेपाली कांग्रेसको भातृसंस्था नेपाल दलित संघ, जिल्ला कार्यसमितिका अध्यक्ष तथा युवा व्यवसायी कुमार विश्वकर्मा एमालेमा प्रवेश गर्नु भएको छ । नेता विक माघ २५ गते काँग्रेस त्याग गरी एमालेमा प्रवेश गर्नु भएको हो । 

मर्स्याङ्दी गाउँपालिका– ६ बाहुनडाँडाका प्रकाश कतिला र घेर्मुका बृष घले एमाले पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गर्नु भएको छ ।

बेसीशहर– आउँदो फागुन २१ गते हुने मतदानको दिन नजिकिदै गर्दा रानजनीतिक दलहरूले चुनावी प्रचारसँगै संगठन विस्तारलाई समेत ध्यान दिदै आएका छन् । यो क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा एक अर्काका नेता खोस्ने होड चल्न थालेको छ । दुवै दलका केही नेताहरू यता, उता गरेबाट त्यस्तो पुष्टि भएको हो ।
नेपाली कांग्रेसको भातृसंस्था नेपाल दलित संघ, जिल्ला कार्यसमितिका अध्यक्ष तथा युवा व्यवसायी कुमार विश्वकर्मा एमालेमा प्रवेश गर्नु भएको छ । नेता विक माघ २५ गते काँग्रेस त्याग गरी एमालेमा प्रवेश गर्नु भएको हो ।
उहाँलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य एवम् लमजुङ इन्चार्ज जमीन्द्रमान घले, गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी, जिल्ला अध्यक्ष राजकुमार विष्टलगायतले एक कार्यक्रमका बीच पार्टीमा स्वागत गर्नु भएको एमाले स्रोतले जनाएको छ । एमालेले नेपाली कांग्रेसलगायतका राजनीतिक दल त्याग गरी नेकपा (एमाले) प्रवेश गर्नेको क्रम बढ्दै गएको बताइएको छ ।
उक्त अवसरमा नेता विकले ‘सुखी नेपालीः समृद्ध नेपाल’को राष्ट्यि आकंक्षालाई नेकपा (एमाले) मा रहेरमात्रै पूरा गर्न सकिने बताउँदै नेकपा एमालेको मोर्चामा रहेर अघि बढ्न नेकपा (एमाले) मा प्रवेश गरेको बताउनु भएको थियो ।
यसैबीच, नेकपा एमाले बेसीशहर नगरपालिका– ५, नाल्माको वडा कमिटीको बैठकका अवसरमा कांग्रेस परित्याग गरी बेलचन्द गुरुङ, सन्तमाया तामाङ, सोमबहादुर गुरुङ तथा युवा व्यवसायी विष्णु गुरुङ एमालेमा प्रवेश गरेको सो दलले जनाएको छ ।
उता, बेसीशहर नगरपालिका– ११, रामचोकबेँसीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस बेसीशहर नगरपालिका– ११ का उपसभापति एलेक्स भुजेल र टीकामान श्रेष्ठले कांग्रेस छाडेर माघ २२ गते एमाले प्रवेश गर्नु भएको छ ।
नेकपा एमाले जिल्ला कमिटीले एमाले पार्टीको नीति, सिद्धान्त र विचारबाट प्रभावित भई अन्य दल त्याग गरी एमाले प्रवेश गर्नेको संख्या पछिल्लो समय बढ्दै गएको दावी गरिएको छ ।
एमाले त्यागेर दुई नेता काँग्रेसमा :
यसैबीच, मर्स्याङ्दी  गाउँपालिका– ६ बाहुनडाँडाका प्रकाश कतिला र घेर्मुका बृष घले एमाले पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गर्नु भएको भएको छ ।
मर्स्याङ्दी गाउँपालिका– ६ बाहुनडाँडामा एक कार्यक्रमको आयोजना गरी कतिला र घलेलाई नेपाली काँग्रेसका जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश सरकारका अर्थ मामिला मन्त्री डा. टकराज गुरुङले आफ्नो पार्टीमा स्वागत गर्नु भएको काँग्रेस स्रोतले जनाएको छ ।
प्रकाश कतिला २०७९ को स्थानीय निर्वाचनमा मर्स्याङ्दी गाउँपालिका– ६ बाहुन डाँडामा नेकपा ऐमालेबाट वडा अध्यक्षको उमेदबार बन्नु भएको थियो । त्यस्तै, वडा न ५ का बृष घले नेकपा ऐमाले परित्यगरी नेपाली काँग्रेसमा प्रवेस गर्नु भएको छ ।
उहाँहरू कतिला र घले दुवैजना त्यसअघि काँग्रेसमा हुनुहुन्थ्यो । ‘काँग्रेसको घर फर्क अभियान’ अन्तरगत उहाँहरूलाई फिर्ता गरिएको नेपाली काँग्रेसका जिल्ला सचिव विमल श्रेष्ठले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति २०८२ माघ २६, सोमबार ०८:४८ गते
हजुरको प्रतिक्रिया