जापानमा पूर्व पत्रकार ताकाइची नेतृत्वको दललाई दुई तिहाई बहुमत : नेपालमा ?

जापानमा पूर्व पत्रकार ताकाइची नेतृत्वको दललाई दुई तिहाई बहुमत : नेपालमा ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ माघ २८ गते बुधबार ०९:२५

विपक्षी गठबन्धन १६७ सिटबाट ४९ मा झरेको छ । निर्वाचन जितेपछि ताकाचीले जापानलाई बलियो र समृद्ध बनाउन आफ्नो नीतिहरू अनुसरण गर्ने बताइन् । ताकाइचीले करिब ७० प्रतिशतको उच्च एप्रुभल रेटिङ कायम राख्न सफल प्रधानमन्त्रीले चुनावअघि आफ्नो पार्टीले बहुमत नल्याएमा राजीनामा दिने घोषणा गरेकी थिइन् ।

जापानको प्रधानमन्त्री निर्वाचनमा सानाए ताकाइची नेतृत्वको एलडीपीले ४६५ सदस्यीय तल्लो सदनमा ३१६ सिट जितेको छ ।

काठमाडौं– जापानमा प्रधानमन्त्री साने ताकाचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले दुईतिहाई बहुमत पाएको छ । यो सँगै नेपालमा पनि कुनै दिन टेलिभिजन प्रस्तोता नै रहनु भएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि त्यस्तो सफलता हासिल गर्न सक्ने आंकलन हुन थालेको छ ।
जापानले पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । संसदको दुवै सदनमा बहुमत प्राप्त गर्दै साने ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् । पूर्वपत्रकार रहेकी ६४ वर्षीया ताकाइची एक दक्षिणपन्थी राजनीतिज्ञ हो । उनी जापानको ‘आइरन लेडी’ भनेर चिनिने ताकाइचीको जापानको प्रधानमन्त्री बन्ने यो तेस्रो प्रयास हो ।
ताकाइची नेतृत्वको एलडीपीले संसदको शक्तिशाली तल्लो सदनमा सबैभन्दा धेरै सिट जितेको हो । सरकारी प्रसारक एनएचकेले सार्वजनिक गरेको नतिजाअनुसार ४६५ सदस्यीय तल्लो सदनमा एलडीपीले ३१६ सिट जितेको छ, जुन साधारण बहुमतका लागि आवश्यक २३३ सिटभन्दा ८३ सिट बढी हो ।
जापानको प्रतिनिधि सभाका लागि माघ २५ गते मतदान भएको थियो । ताकाइचीले करिब ७० प्रतिशतको उच्च एप्रुभल रेटिङ कायम राख्न सफल प्रधानमन्त्रीले चुनावअघि आफ्नो पार्टीले बहुमत नल्याएमा राजीनामा दिने घोषणा गरेकी थिइन् ।
जापानको प्रतिनिधि सभामा ४६५ सिट छन् । तीमध्ये एलडीपी नेतृत्वमा रहेको गठबन्धनले ३५२ सिट जितेको छ । एलडीपीले मात्र ३१६ सिटको बहुमत प्राप्त गरेको छ ।
माथिल्लो सदनमा दुई तिहाइ बहुमतले सरकारको विजय सुनिश्चित गर्न सक्छ । विपक्षी गठबन्धन १६७ सिटबाट ४९ मा झरेको छ ।
निर्वाचन जितेपछि ताकाचीले जापानलाई बलियो र समृद्ध बनाउन आफ्नो नीतिहरू अनुसरण गर्ने बताइन् । उनले वित्तीय नीतिको दिगोपनलाई प्राथमिकता दिने बताएकी छन् ।
जापानको प्रधानमन्त्री निर्वाचनमा सानाए ताकाइची नेतृत्वको एलडीपीले ४६५ सदस्यीय तल्लो सदनमा ३१६ सिट जितेको छ ।
सानाए ताकाइची पाँच वर्ष अवधिमा जापानकी चौथी प्रधानमन्त्री भएकी छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ताकाइचीलाई समर्थन जनाउँदै बधाई दिएका छन् भने चीनले उनको जितलाई स्वागत नगर्ने संकेत गरेको छ ।
पार्टीको स्पष्ट जितपछि पत्रकारहरूसँग कुरा गर्दै ताकाइचीले भनिन्, ‘हामीले जिम्मेवार र सक्रिय वित्तीय नीतिमा निरन्तर जोड दिँदै आएका छौं । हामी वित्तीय नीतिको दिगोपनलाई प्राथमिकता दिनेछौं र आवश्यक लगानी सुनिश्चित गर्नेछौं ।’
विशेष गरी सामाजिक सञ्जालमा सक्रिय ताकाइचीले युवा मतदाताहरूलाई आकर्षित गर्न सफल भएको चुनावी नतिजाले देखाएको छ । ताकाइचीले चुनावी अभियानमा खर्च वृद्धि, कर कटौती, अध्यागमन प्रणालीमा कडाइ गर्ने, राष्ट्रिय सुरक्षा लगायतका एजेन्डाहरूलाई प्राथमिकता दिएकी थिइन् ।
जापानको प्रमुख व्यावसायिक महासंघ केइदानरेनका प्रमुखले निर्वाचन परिणामले राजनीतिक स्थिरता फर्काएको भन्दै स्वागत गरेका छन् ।
ताकाइचीले बहुमत प्राप्त गरेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पन ताकाइचीलाई बधाई दिएका छन् ।
‘उनले चाहेको कानुन बनाउन सक्छिन्’ :
होसेई विश्वविद्यालयका प्राध्यापक क्रेग मार्कका अनुसार तल्लो सदनमा ताकाइचीको स्पष्ट बहुमतले एलडीपीलाई विपक्षी दलहरूलाई पन्छाउँदै निर्णय गर्न सक्ने र आफूले चाहे अनुसारको कानुन बनाउन सक्ने हैसियत दिएको छ ।
‘हालै पारित भएको रेकर्ड बजेट होस् वा रक्षा खर्च, उनी चाहेको कुनै पनि कानुन अघि बढाउन सक्छिन्,’ मार्कले अल जजिरालाई भनेका छन् । उनका अनुसार यो ताकाइचीका लागि जापानको शान्तिवादी राष्ट्रको छवि परिवर्तन गर्ने सबैभन्दा ठूलो अवसर पनि हो । दोस्रो विश्वयुद्धपछिको जापानी संविधानले सेनालाई औपचारिक रूपमा मान्यता दिएको छैन र त्यसलाई आत्मरक्षात्मक क्षमतामा सीमित गरेको छ ।
युद्धपछिको जापानमा कुनै दलले जितेको सबैभन्दा राम्रो नतिजा यस पटक आएको बताइएको छ । उनको विजयले माघ २५ गते जापानी शेयर बजार खुल्दा निक्केई सूचकांक ५ प्रतिशात भन्दा बढीले बढेको थियो । शेयर बजार चलेको दुई घण्टामा पहिलो पटक ५७ हजारको अंक पार गरेपछि बेन्चमार्क निक्केई २२५ स्टक सूचकांकमा भएको वृद्धि थोरै घटेर ४.७ प्रतिशातले माथि पुगेको छ ।
विगत पाँच वर्षमा(ीम्ए) ले नयाँ प्रधानमन्त्री निर्वाचित गरेको यो चौथो पटक हो ।
को हुन् ताकाइची  ?
मार्गरेट थ्याचरप्रति उनको प्रशंसाका कारण ‘आइरन लेडी’ उपनाम पाएकी सानाए ताकाइची जापानको लिबरल डेमोक्रेटिक पार्टीको दक्षिणपन्थी धारमा पर्ने, व्यक्तित्वका रूपमा चिनिन्छिन् । उनी लैङ्गिक समानताबारे रूढिवादी दृष्टिकोण र कडा आप्रवासन नीतिका कारण परिचित छिन् ।
पूर्व प्रधानमन्त्री शिन्जो आबेकी निकट सहयोगी मानिने ६४ वर्षीया ताकाइचीले आफ्नो राजनीतिक करिअरमा विभिन्न मन्त्री पद सम्हालिसकेकी छन् ।
उनी पाँच वर्ष अवधिमा जापानको चौथी प्रधानमन्त्री हुन् । जापानमा अघिल्ला प्रधानमन्त्रीहरूको लोकप्रियता तीव्र रूपमा घट्नु र विभिन्न काण्डमा मुछिएका कारण पद छोड्न बाध्य भएका थिए ।
राजनीतिमा आउनु अघि ताकाइचीले केही समय टेलिभिजन प्रस्तोता (होस्ट) का रूपमा पनि काम गरेकी थिइन् । हेभी मेटल संगीतकी पारखी उनी एक ब्याण्डमा पनि संलग्न थिइन् । स्टेजमा जोसिलो प्रस्तुति दिँदा ड्रमस्टिक भाँचिने भएकाले सधैं धेरै ड्रमस्टिक बोकेर हिँड्ने व्यक्ति भनेर उनी चर्चित थिइन् ।
ताकाइची व्यक्तिगत रूपमा निकै लोकप्रिय भए पनि पछिल्ला वर्षहरूमा सत्तारूढ एलडीपी चन्दा र धार्मिक काण्डका कारण दबाबमा थियो । तर, घरपरिवारलाई बढ्दो महँगीको मारबाट जोगाउन खाद्यान्नमा लाग्ने आठ प्रतिशत बिक्री कर निलम्बन गर्ने चुनावी प्रतिबद्धतासहित निर्वाचनमा होमिएको थियो । विकसित अर्थतन्त्रहरूमध्ये सबैभन्दा ठूलो ऋण बोकेको देशले यस्तो योजना कसरी वित्तपोषण गर्छ भन्ने प्रश्न अहिले उठेको अलजजिराले लेखेको छ ।
ताकाइचीलाई ट्रम्प र मोदीको बधाई, चीनलाई तनाव :
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत ताकाइचीलाई समर्थन जनाउँदै बधाई दिएका छन् । ट्रम्पले ताकाइचीलाई ‘पूर्ण समर्थन’ रहने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताकाइचीको प्रशंसा गर्दै ‘अत्यन्त सम्मानित र बुद्धिमान नेता’ भनेका छन् ।
ताकाइचीले पनि आफूलाई समर्थन गरेको भन्दै ट्रम्पप्रति धन्यवाद व्यक्त गरेकी छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि ताकाइचीले ‘ठूलो जित’ हासिल गरेको भन्दै प्रशंसा गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनलाई बधाई दिएका छन् ।
तर जापानको निर्वाचन परिणामले चीनलाई भने तनाव थपेको कूटनीतिक क्षेत्रका एक जानकारले बताएका छन् । ‘बेइजिङले ताकाइचीको जितलाई स्वागत गर्ने छैन,’ भू–राजनीतिक जोखिमसम्बन्धी सल्लाह दिने एसिया ग्रुपका प्रमुख डेभिड बोलिङले भनेका छन्, ‘चीनले अब यो वास्तविकता स्वीकार्नुपरेको छ कि उनी मजबुत रूपमा सत्तामा छिन् र उनलाई पूर्ण रूपमा एक्ल्याउने प्रयास असफल भएको छ ।’
पदभार सम्हालेको केही सातामै ताकाइचीले ताइवानमाथि चीनले आक्रमण गरे जापानले कसरी प्रतिक्रिया जनाउन सक्छ भन्ने विषय सार्वजनिक रूपमा उठाएपछि पछिल्लो एक दशककै ठूलो कूटनीतिक तनाव उत्पन्न भएको थियो ।
– एजेन्सीको सयोगमा ।

प्रकाशित मिति २०८२ माघ २८, बुधबार ०९:२५ गते
हजुरको प्रतिक्रिया