भ्वाइसको नेपाली इतिहासमा पहिलोपटक सबैभन्दा धेरै महिला प्रतिस्पर्धी फिनालेमा पुगेका हुन् । सेमी फाइनलको एपिसोडबाट भ्वाइसले तीन महिला सहित चार फाइनलिस्ट प्राप्त गरेको हो । टिम मेलिना राईबाट सञ्जिता दुरा, टिम प्रमोद खरेलबाट पुनम गुरुङ, टिम खेम सेन्चुरीबाट सागर संसार राई र टिम राजु लामाबाट नीताकुमारी थापा फिनालेमा प्रवेश गरेका छन् ।