लमजुङ– राष्ट्रिय स्वतन्त्र पार्टीे(रास्वपा)का वरिष्ठ नेता बालेन साह भोलि फागुन २ गते बेसीशहर आउँदै हुनुहुन्छ । सो दलको जिल्ला समिति र बेसीशहर नगर समिति उहाँको स्वागतको तयारीमा जटिरहेको छ ।
रास्वपाका वरिष्ठ नेता बालेन साहले देश दौडाहमा विभिन्न स्थानमा पुगेर पार्टीको पक्षमा सिर्जित माहोललाई थप मलिलो बताउँदै हुनुहुन्छ । उहाँले रास्वपाका नेता कार्यकर्ता तथा उम्मेदवारहरूलाई भन्नु भएको छ, ‘धेरै नबोल्नुुस्, गर्न सकिने मात्र बोल्नुस्, झुठा सपना नबाड्न, जनताका कुरा(दुःख र सपना) सुन्नुस् र समाधानका लागि उपाय खोज्ने र योजना बनाउने कार्य गर्नु होस् ।’
भावि प्रधानमन्त्रीका रुपमा परिचित साहले हामी केबल सत्तामा जान मात्र होइन सत्ताको चरित्र परिवर्तन चुनावबाट गर्न चाहन्छौं, जनताको गिर्दो विश्वास फर्काउन चाहन्छौं भन्नुभएको छ । उहाँले जनताको सेवा र देशको समृद्धिका लागि सरकारमा जान चाहन्छौं, पारदर्शीता, जवाफदेहीता सुशासन रास्वपाको संकल्प हो वरिष्ठ नेता बालेन साहको छ । झुठ, भ्रष्टाचार, विश्वास घात, स्वार्थको राजनीति युवालाई अवसर र किसानका सम्मान र आम जनताका लागि सुरक्षित भविष्य दिन रास्वपाको संकल्प छ त्यसैले ढुक्क भएर घण्टीमा मतदान गर्नु होस् साहले भन्नुभएको छ ।
उहाँ सोही सन्देश दिन भोलि फागुन २ गते बेसीशहरमा आउने हुनु भएको रास्वपा लमजुङले बताएको छ ।
साहको भोलि फागुन २ गतेनै गारेखा र तनहुँ हुँदै लमजुङ आउने कार्यक्रम तय भएको हो ।
प्रकाशित मिति २०८२ फाल्गुन १, शुक्रबार १३:५१ गते