मध्यनेपाल– २ मा रास्वपाको वडा सम्पर्क कार्यालय उदघाटन : फोटो फिचर

मध्यनेपाल– २ मा रास्वपाको वडा सम्पर्क कार्यालय उदघाटन : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ माघ ३० गते शुक्रबार ०९:०३

रास्वपाका जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेलको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि तीर्थ पराजुलीले व्यानर पढेर र घण्टी बजाएर नवस्थापित कार्यालयको उदघाटन गर्नु भएको थियो ।

रास्वपाको वडानं– ३ का उपसभापति ध्रुव रिमालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन सोही वडाका सचिव कृष्ण बगालेले गर्नु भएको थियो ।

सोतीपसल (लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को मध्यनेपाल नगरपालिका– २ को यहाँ वडा सम्पर्क कार्यालय उदघाटन गरिएको छ । रास्वपाका नगरसभापति तीर्थराज पराजुलीले सो कार्यालयको फागुन १ गते उदघाटन गर्नु भएको हो ।
रास्वपाका जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेलको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि तीर्थ पराजुलीले व्यानर पढेर र घण्टी बजाएर नवस्थापित कार्यालयको उदघाटन गर्नु भएको थियो । रास्वपाका वडानं २ का वडासभापति गीताबहादुर गुरुङको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा सो दलका नगर सचिव दिपेन्द्र श्रेष्ठ, सो दलका नगर सचिव दिपेन्द्र श्रेष्ठ, यसैगरी, मध्यनेपाल नगरका निवर्तमान सभापति राजेन्द्र पौडेल, व्यास नगरपलिाका– ८ का सभापति राजेन्द्र वंशीको समेत आतिथ्यता रहेको थियो । सो दलका वडानं– ३ का वडा सभापति तथा पूर्वप्रनाउ लालबहादुर बस्नेत, वडानं– ४ का सभापति शिशिर नैनावस्ती, वडानं– ६ का वडा सभापति विष्णुबहादुर शाह, वडानं– ७ का वडा सभापति मणिराम विकलगायतको सहभागिता रहेको थियो । नवस्थापित वडा कार्यालय बोर्डिङ चोकमा स्थापना गरिएको छ ।
रास्वपाको वडानं– ३ का उपसभापति ध्रुव रिमालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन सोही वडाका सचिव कृष्ण बगालेले गर्नु भएको थियो । उहाँका अनुसार सो अवसरमा दर्जन बढी व्यक्तिले रास्वपाको नयाँ सदस्यता लिएका थिए । उनीहरूलाई कार्यक्रममा प्रमुख अतिथि पराजुली, विशेष अतिथि पौडेलले नवप्रवेशीहरूलाई टिका र पार्टीको लोगो पहिराई स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रमको : फोटो फिचर

प्रकाशित मिति २०८२ फाल्गुन १, शुक्रबार २१:०३ गते
हजुरको प्रतिक्रिया