रास्वपाद्वारा पाँचबुँदे ‘नागरिक करार’ पत्र सार्वजनिक

रास्वपाद्वारा पाँचबुँदे ‘नागरिक करार’ पत्र सार्वजनिक

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २ गते आईतबार ०४:०६

संक्षेपमा सदाचार र असल शासन, मध्यमवर्गीय विस्तार; काम, काम, काम, कनेक्टिभिटी र प्रवास गरी पाँच बुँदामा केन्द्रित रहेर जनतासँग करार गर्ने पत्रमा उल्लेख गरिएको छ ।

रास्वपाका सभापति रवि लामिछानेले पार्टीको प्राथमिकता, अहिलेको अवस्था र लक्ष्यसहितका बुँदा पेश गर्दै करारपत्र फागुन ३ गते सार्वजनिक गर्नु भएको हो ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि पाँचबुँदे नागरिक करारपत्र सार्वजनिक गरेको छ । रास्वपाका सभापति रवि लामिछानेले पार्टीको प्राथमिकता, अहिलेको अवस्था र लक्ष्यसहितका बुँदा पेश गर्दै करारपत्र फागुन ३ गते सार्वजनिक गर्नु भएको हो ।
सभापति रविले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो करारपत्र सार्वजनिक गर्नु भएको हो । रास्वपाले आफ्नो ‘नागरिक करार’ पत्रमा बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय सहितको उदार अर्थनीति सुधारिएको प्रदेश संरचना, समन्यायात्मक समावेशीता, सनातन सभ्यताको सम्मान, धार्मिक–सांस्कृतिक विविधताको संरक्षण, सन्तुलित परराष्ट्र सम्बन्ध डायस्पोराको सामथ्र्य र सौम्य शक्तिको विस्तार गरी सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्ने भन्दै नागरिक करार मजुर गर्ने उल्लेख गरेको छ ।
रास्वपाको करारपत्रमा दलीयकरणको अन्त्य, २०४६ देखिकै सम्पत्ति छानबिन गर्न उच्च आयोग गठन गर्ने भनिएको छ ।
‘चुनावमा वाचा त धेरैले धेरैपटक गरे । तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले नै निरन्तर भोग्नुप¥यो । हामी पूरा नहुने वाचा होइन जनतासँग प्रतिज्ञाको करार गर्दै छौँ,’ सभापति रविको कथन छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ‘वाचापत्र’ ल्याउनुअघि नागरिक करार गर्ने रास्वपाले जनाएको छ ।
संक्षेपमा सदाचार र असल शासन, मध्यमवर्गीय विस्तार; काम, काम, काम, कनेक्टिभिटी र प्रवास गरी पाँच बुँदामा केन्द्रित रहेर जनतासँग करार गर्ने पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति २०८२ फाल्गुन ३, आईतवार १६:०६ गते
हजुरको प्रतिक्रिया