सम्मानित असल शासन पोष्टका पूर्व सहसम्पादक ओविराज आचार्यले असल शासन पोष्ट जस्तो निष्पक्ष पत्रिकाको हिस्सा बन्न पाएकोमा गौरवाम्बित रहेको स्मरण गर्नुभयो ।
प्रमुख अतिथि राणाले सुशासनको विटमा काम गर्ने पत्रिका आगामी दिनमा थप सशक्त रुपमा आउन जरुरी रहेको बताउनु भयो ।
नेपालगञ्ज– असल शासन पोष्ट साप्ताहिकले आफ्नो रजत उत्सव भव्यताका साथ मनाएको छ । विविध कार्यक्रम सञ्चालन गरी रजत उत्सव भव्य रुपमा फागुन ७ गते मनाइएको हो ।
सुशासनको विट मार्फत यहाँबाट निरन्तर प्रकाशन हुँदै आएको पत्रिकाको रजत उत्सव समारोह निर्वतमान प्रतिनिधि सभा सदस्य डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथि राणाले सुशासनको विटमा काम गर्ने पत्रिका आगामी दिनमा थप सशक्त रुपमा आउन जरुरी रहेको बताउनु भयो । भ्रष्टाचार गर्नेहरूलाई कुनै पनि अवस्थामा समाजबाट बहिष्करण गर्नुपर्नेमा उहाँको जोड थियो । समाजमा सुशासन कायम गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले हरेक नागरिकको आवाज बन्न असल शासन पोष्टलाई शुभकामना दिनुभयो ।
रजत समारोहमा पत्रिकाले मनाएकोमा शुभकामना मन्तव्यका साथमा पत्रिका प्रकाशनमा निरन्तर सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान र उत्कृष्ट पाठकलाई सम्मान गरिएको थियो । सो अवसरमा उत्कृष्ट बिज्ञापन दाताको रुपमा अमृत बुक्स एन्ड स्टेशनरी नेपालगन्ज र ब्राइटल्याण्ड स्कुल नेपालगन्जलाई सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट पाठकको रुपमा माइति नेपाल नेपालगञ्जमा प्रमुख केशब कोइराला र दिदी बहिनी समाज बाँकेका अध्यक्ष रमादेवी शाहलाई सम्मान गरिएको थियो । पत्रिका प्रकाशनको क्रममा सम्पादन समुहमा रहेर भूमिका निर्वाह गरेका पूर्व सह–सम्पादक भाइराजा श्रीवास्तब र ओविराज आचार्यलाई सम्मान गरिएको थियो । उहाँहरूलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा पत्रकार महासँघका लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषी चौलागाईले असल शासन पोष्टको स्थापना कालदेखि परिचित रहेको भन्दै भ्रष्टाचार रहित पत्रकारितामा खरो उत्रिएको टिमलाई बधाई ज्ञापन गर्नु भयो । उहाँले निरन्तर पत्रिका प्रकाशनको शुभकामना दिनुभयो । यसैगरी शिक्षाविद् एवम् बास नेपालका सल्लाहकार किरण आचार्यले इच्छा र चाहनाले सफलता हासिल गर्न सक्छ भन्ने उदाहरण असल शासन पोष्ट रहेको बताउनु भयो । सुशासन कायम गर्न असल शासनले मोल्ने गरेको जोखिम प्रशंसायोग्य रहेको उहाँले उल्लेख गर्नुभयो । समाजसेवी जयकेश सिंहले सुशासनको क्षेत्रमा सुनामी ल्याउन सफल असल शासन पोष्टलाई बधाई र शुभकामना व्यक्त गर्नुभयो ।
बास नेपालका सल्लाहकार तथा अधिवक्ता लोकबहादुर शाहले असल शासन पोष्टले हरेक नागरिकलाई सुसूचित बनाएको बताउनु भयो । यसैगरी मंगलप्रसाद माविका प्रधानाध्यापक सध्या गुप्ताले सुशासन र पारदर्शी कार्य गर्ने व्यक्ति तथा संस्थाको साथमा असल शासन पोष्ट उभिएको देख्दा खुसी लागेको उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा उद्योग बाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले समाज रुपान्तरमा असल शासन पोष्ट साप्ताहिकले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रमका सम्मानित असल शासन पोष्टका पूर्व सहसम्पादक ओविराज आचार्यले असल शासन पोष्ट जस्तो निष्पक्ष पत्रिकाको हिस्सा बन्न पाएकोमा गौरवाम्बित रहेको स्मरण गर्नुभयो ।
उत्कृष्ट पाठकको रुपमा सम्मानित माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले असल शासन पोष्टको प्रकाशनले समाजमा भइरहेको गलत कार्यहरू रोकिएको बताउनु भयो । उहाँले पत्रिकाको निरन्तर प्रकाशनको शुभकामना दिनुभयो । असल शासन पोष्ट साप्ताहिकका प्रबन्ध निर्देशक मन भण्डारीले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत पोष्टका कार्यकारी सम्पादक हेमराज भट्टले गर्नु भएको थियो । त्यस्तै, बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
आयोजक तथा समारोहका अध्यक्ष एवम् सम्पादक नमस्कार शाहले असल शासन पोष्ट साप्ताहिकको प्रकाशन विगत र बर्तामानको बारेमा कार्यक्रमका बारेमा जानकारी दिदै समापन गर्नु भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका १ सय जना बढीको सहभागिता रहेको थियो ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..