विद्यार्थीहरूलाई साकारात्मक सोच तथा अभिभावलाई असल अभिभावकत्व सीपबारे प्रशिक्षण

विद्यार्थीहरूलाई साकारात्मक सोच तथा अभिभावलाई असल अभिभावकत्व सीपबारे प्रशिक्षण

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण ११ गते मङ्गलबार ०६:३९

बालबालिकाहरू कुलत बाटो लाग्ने, बढी मोबाइल हेर्ने, बाबा आमाको कुरा नमाने, संस्कार संस्कृति नजाने, सिक्न नखोज्ने प्रवृत्ति बढिरहेको बेलामा त्यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको हो । 

ह्याप्पी लाइट एजुकेसन एण्ड टे्निङ सेन्टर र सोही स्कूलको आयोजनामा विद्यार्थीहरू तथा अभिभावकहरूलाई सकरात्मक सोचको विकास बारेमा प्रशिक्षित गएिको हो ।

फेदिकुना(लमजुङ) । सुन्दरबजार नगरपालिका– ९ फेदिकुनामा रहेको लाली गुराँस सेकेन्डरी स्कुलले आफ्ना विद्यार्थीहरू तथा अभिभावकका लागि अनुकुलको प्रशिक्षण सञ्चालन गर।ेको छ । सो प्रशिक्षण फागुत ८ र ९ गते दुई दिनसम्म अलग अलग रुपमा गराइएको हो ।
ह्याप्पी लाइट एजुकेसन एण्ड टे्निङ सेन्टर र सोही स्कूलको आयोजनामा विद्यार्थीहरू तथा अभिभावकहरूलाई सकरात्मक सोचको विकास बारेमा प्रशिक्षित गएिको हो । त्यस्तै, अभिभावकहरूका लागि सकरात्मक सोच र असल अभिभाकत्व कला सिकाइएको सो स्कूलको व्यवस्थापन समितिका अध्यक्ष रामजी कँडेलले बताउनु भयो । उहाँका अनुसार ह्याप्पी लाइट एजुकेसन एण्ड ट्ेनिङ सेन्टरका अध्यक्ष गुराँस वन गिरीले प्रशिक्षण दिनु भएको थियो ।
अभिभावकलाई सकारात्मक सोच सहित असल अभिभावकत्वकाबारे जानकारी दिनका लागि उहाँहरूका लागि प्रशिक्षण दिइएको हो । घर पहिलो विद्यालय भएको हुँदा घरलाई शिक्षा, संस्कार र अनुशासनले युक्त बनाउने कार्यमा अभिभावकलाई उत्प्रेरित गर्न प्रशिक्षण आयोजना गरिएको हो अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।  उहाँका अनुसार बढ्दो प्रविधिको विकासले तिब्रगतिमा बढ्दै गएको समाज, समाजिक सञ्जालको प्रयोग जस्ता विषयमा अभिभावकहरूलाई आफ्नो छोराछोरीको व्यक्तित्व विकास, उचित हेरचाह, अनुशासन व्यवस्थापन, संस्कार, संस्कृति नसिकाइने, प्रविधिको सदुपयोग जस्ता विषयमा जिम्मेवार बनाउन प्रशिक्षण सञ्चालन गरिएको हो । अभिभावकले आफ्ना खराब आनिबानीमा समेत परिवर्तन गरी कस्तो व्यवहारबाट छोराछोरीलाई सही मार्गमा ल्याउन सकिन्छ भन्ने विषयमा तालिम दिइएको थियो ।
त्यस्तै बालबालिकाहरू कुलत बाटो लाग्ने, बढी मोबाइल हेर्ने, बाबा आमाको कुरा नमाने, संस्कार संस्कृति नजाने, सिक्न नखोज्ने प्रवृत्ति बढिरहेको बेलामा त्यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको हो ।
प्रशिक्षणमा मन्टेस्वरी कक्षादेखि १० कक्षासम्मका विद्यार्थीहरूले भाग लिएका थिए ।
यस तालिमबाट विद्यार्थीहरू तथा अभिभावकको दैनिक व्यवहारमा सकारात्मक परिवर्तन आउने आशा गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
सो प्रशिक्षण विद्यालयका अध्यक्ष रामजी कँडेलको अध्यक्षतामा भएको थियो भने विद्यालयका भाइस प्रिन्सिपल तीर्थराज थापाले सञ्चालन गर्नुभएको थियो ।
प्रकाशित मिति २०८२ फाल्गुन १२, मंगलवार ०६:३९ गते
हजुरको प्रतिक्रिया