निर्वाचन पर्यवेक्षण : बास नेपालले लमजुङमा पनि पर्यवेक्षण गर्ने, आज अभिमुखीकरण हुँदै

निर्वाचन पर्यवेक्षण : बास नेपालले लमजुङमा पनि पर्यवेक्षण गर्ने, आज अभिमुखीकरण हुँदै

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण ११ गते मङ्गलबार ०७:४७

बास नेपालकातर्फबाट १४५ जना पर्यवेक्षक खटिने भएको बास नेपालले जनाएको छ । सो संस्थाका अनुसार मुलकका ४२ जिल्लामा बास नेपालका पर्यवेक्षकहरू खटिने भएको जानकारीमा आएको छ ।

लमजुङबाट पर्यवेक्षक तोकिनु हुनेमा रमाराज खनिया, कृसला थापा, शिवकुमारी अधिकारी, युवराज पौडेल, विजयरञ्जन पौडेल, शिवराज खनाल, ज्ञानेन्द्र शर्मा, शर्मिला कोइराला लगायत हुनुहुन्छ ।

बेसीशहर– नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेर मुलुकभर सुशासनको सन्देश दिइरहेको बागिश्वरी असल शासन क्लब(बास नेपाल)ले लमजुङमा पनि पर्यवेक्षण गर्ने भएको छ । सो प्रयोजनका लागि बास नेपालले छनौट भएका पर्यवेक्षकहरू लागि फागुन १३ गते ३ बजे भर्चुअल (अनलाइन) रुपमा अभिमुखीकरण (प्रशिक्षण) गरिने भएको छ ।
विगतमा नेपालमा सम्पन्न विभिन्न निर्वाचनमा पर्यवेक्षण गर्दै आएको बास नेपालकातर्फबाट २०७९ को निर्वाचनमा पनि लमजुङमा पर्यवेक्षण भएको थियो । त्यो बेलामा जिल्लामा बासको शाखा समेत सञ्चालनमा थियो । यतिबेला शाखा समिति निस्कृय भएता पनि पर्यवेक्षणको काम भने हुने तयारी छ ।
आज हुने अभिमुखीकरणका अवसरमा पर्यवेक्षकहरूले निर्वाचनका बेलामा गर्नु पर्ने सम्पूर्ण कार्य, जिम्मेवारी तथा कर्तव्यका बारेमा जानकारी दिइने भएको छ ।
सो प्रयोजनका लागि लमजुङबाट पर्यवेक्षक तोकिनु हुनेमा रमाराज खनिया, कृसला थापा, ज्ञानेन्द्र शर्मा, शिवकुमारी अधिकारी, युवराज पौडेल, विजयरञ्जन पौडेल, शिवराज खनाल, शर्मिला कोइराला लगायत हुनुहुन्छ ।
मुलुकभर विभिन्न जिल्लामा बास नेपालकातर्फबाट १४५ जना पर्यवेक्षक खटिने भएको बास नेपालले जनाएको छ । सो संस्थाका अनुसार मुलकका ४२ जिल्लामा बास नेपालका पर्यवेक्षकहरू खटिने भएको जानकारीमा आएको छ ।

प्रकाशित मिति २०८२ फाल्गुन १२, मंगलवार ०७:४७ गते
हजुरको प्रतिक्रिया