रास्वपा नेतृ (काठमाडौं– १ की उम्मेदवार) रञ्जु दर्शनालाई पुत्रलाभ

रास्वपा नेतृ (काठमाडौं– १ की उम्मेदवार) रञ्जु दर्शनालाई पुत्रलाभ

एजेन्सी

@antaranganews

२०८२ फाल्गुण ११ गते मङ्गलबार ०७:३५

समानुपातिकतर्फबाट उम्मेदवार बन्ने चाहना राख्नु भएकी नेतृ दर्शनाका बारेमा अनेक टिकाटिप्पणी हुन थालेपछि उहाँले त्यो उम्मेदवारी फिर्ता लिएर प्रत्यक्षतर्फ उम्मेदवार बन्नु भएको हो । उहाँ साढे आठ महिनाको गर्भावस्थामा पनि चुनावी घरदैलोमै व्यस्त हुनुहुन्थ्यो ।

गर्भावस्था चुनाव प्रचार गर्न हिँड्दा रञ्जुलाई आफ्ना श्रीमानको पनि भरपुर साथ र सहयोग मिलिरहेको छ । उहाँका श्रीमान पनि रञ्जु सँगसँगै कार्यक्रममा हिँड्ने र उहाँको थकानदेखि खानपिन र आरामको ख्याल राख्ने गर्नु भएको छ ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ रञ्जु दर्शनालाई पुत्र लाभ भएको छ । काठमाडौं– १ मा रास्वपाको उम्मेदवारसमेत रहेकी रञ्जु दर्शनालाई फागुन १२ गते पुत्रलाभ भएको हो ।
काठमाडौंको सिभिल अस्पतालमा रञ्जुले आज बिहान छोरालाई जन्म दिनु भएको हो । अहिले आमा रञ्जु र नवजात शिशु(छोरा) दुवैको स्वास्थ्य सामान्य रहेको रास्वपा केन्द्रीय सदस्य रमेश पौडेलले बताउनु भयो ।
रञ्जुले फेसबुकमा भिडिओ सन्देशमार्फत आफ्नो लागि आज विशेष दिन रहेको बताउनु भएको थियो ।
गर्भ रहेका कारणले समानुपातिकतर्फबाट उम्मेदवार बन्ने चाहना राख्नु भएकी नेतृ दर्शनाका बारेमा अनेक टिकाटिप्पणी हुन थालेपछि उहाँले त्यो उम्मेदवारी फिर्ता लिएर प्रत्यक्षतर्फ उम्मेदवार बन्नु भएको हो । उहाँ साढे आठ महिनाको गर्भावस्थामा पनि चुनावी घरदैलोमै व्यस्त हुनुहुन्थ्यो ।
त्यसो त पछिल्ला केही दिन यता भने उहाँको सहभागिता बिना नै रास्वापले काठमाडौं– १ मा चुनावी अभियान सञ्चालन गरिरहेको छ ।
रञ्जु दर्शनाका लागि चुनावी माहौल नौलो होइन । तर यसपटक स्थिति भिन्न छ । त्यसैले रञ्जुले भन्नुभएको छ, ‘त्यसैले मेरो लागि यो निर्वाचन विशेष छ ।’
विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गरेपछि रञ्जु रास्वपाकी केन्द्रीय सदस्य हुनुभएको हो । अहिले काठमाडौं क्षेत्र नम्बर १ मा उहाँ रास्वपाको तर्फबाट प्रत्यक्ष उम्मेदवार हुनुहुन्छ ।
गर्भावस्था चुनाव प्रचार गर्न हिँड्दा रञ्जुलाई आफ्ना श्रीमानको पनि भरपुर साथ र सहयोग मिलिरहेको छ । उहाँका श्रीमान पनि रञ्जु सँगसँगै कार्यक्रममा हिँड्ने र उहाँको थकानदेखि खानपिन र आरामको ख्याल राख्ने गर्नु भएको छ ।
काठमाडौं– १ मा कांग्रेसबाट प्रबल थापा, एमालेबाट मोहनराज रेग्मी, नेकपाबाट मेनुका भण्डारी (कृतु) र राप्रपाबाट रवीन्द्र मिश्र उहाँको प्रतिस्पर्धी उम्मेदवारछन् ।

प्रकाशित मिति २०८२ फाल्गुन १२, मंगलवार १९:३५ गते
हजुरको प्रतिक्रिया