बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लमजुङद्वारा जिल्लास्तरको बाचापत्र सार्वजनिक गरेको छ । सो दलले मतदानको दिन आउनु भन्दा सात दिन अघि फागुन १४ गते मात्र सो बाचा पत्र यहाँ सार्वजनिक गरेको हो ।
सो दलले इन्जिनियर धर्मराज केसीलाई आफ्नो उम्मेदवार बनाएको छ । वाचापत्र १२ बुँदा समेटिएको छ । विगतका निर्वाचनमा र यो निर्वाचनमा पनि अन्यदलले घोषणपत्र सार्वजनिक गरेको छन् । घोषणापत्र घोषणामा मात्र सीमित हुने हुँदा काम नै गर्ने गरी वाचा पत्र तयार गरी सार्वजनिक गरिएको रास्वपाका उम्मेदवार धर्म ेकेसीले बताउनु भयो । उहाँका अनुसार हामीलाई ढाँट छल गर्ने तथा नराम्रो काम गर्ने छुट छैन । उहाँले भन्नुभयो, ‘हामी सुशासन, सामाजिक न्याय तथा विकासका काममा प्रार्थमिकता र गुणस्तरमा विशेष ध्यान दिन्छौं । त्यस्तै, कार्यालयहरूमा हुने ढिलासुस्ती, घुसखोरी आदिको पनि अन्त्य गरेको सर्वसाधारणमा सुशासनको प्रत्याभूति दिलाउन चाहन्छौं ।’ हाम्रो बाचापत्रमा पनि यिनै कुरालाई हामीले समेट्ने काम गरेको छौं केसीले भन्नुभयो ।
वाचापत्रका मुख्य १२ बुँदाहरू :
१) भ्रष्टाचार, बिचौलियातन्त्र, राजनीतिक भागवण्डाको अन्त्य :
२) शिक्षा र युवा : गुणस्तरीय प्रविधियुक्त रोजगारमूलक शिक्षामा जोड, त्यस्तै योग्य युवाका लागि अवसर, पहुँच र सम्मान दिइने छ भन्ने उल्लेख छ ।
३) स्वास्थ्य सेवा : सबै नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने ।
४) कृषि, पर्यटन र अर्थतन्त्र : किसानलाई उत्पादन, बजारको सुनिश्चितता, धार्मिक पर्यटन प्रवद्र्धन ।
५) पूर्वाधार र सेवा : सुरक्षित सडक, खानेपानी र सिंचाईको दिगो समाधान गर्ने ।
६) सांस्कृतिक पहिचान र वातावरण : जिल्लामा रहेको भाषा, सांस्कृतिक र परम्पराको संरक्षण गर्ने ।
७) जिल्लाका समस्या संघीय संसदमा : विकास, रोजगारी र पूर्वाधारको मुद्दा संघीय संसदमा निरन्तर उठान गर्ने ।
८) कानुन निर्माण र संशोधन :
९) बजेट र विकासमा प्रभावकारी भूमिका :
१०) संघ, प्रदेश र स्थानीयतहसँग समन्वय :
११) युवा रोजगारी, वैदेशिक श्रम र प्रतिवद्धता आदि उल्लेख छ ।
सोही वाचा पत्रमा उम्मेदवार केसीको चिनारी समेत दिइएको छ । चिनारीमा उहाँको शैक्षिक तथा व्यवसायिक पृष्ठभूमिमा प्रकाश पारिएको छ ।
त्यस्तै, धर्म केसीलाई किन मतदान गर्ने ? भन्ने बारेमा ८ बुँदामा प्रष्ट्याइएको छ । जसमा समस्याहरूको उजागर गर्दै समाधानका लागि उपाय सुझाउने काम गरिएको छ, रोजगारी र आर्थिक क्षेत्र, शिक्षा क्षेत्र, स्वास्थ्य सेवा, सडक र पूर्वाधार, कृषीका बारेमा, सुशासन र भ्रष्टाचारको अन्त्य, प्राकृतिक स्रोत र वातावरणका साथै विकास HRRT मोडल लागू गरी तिब्र एवम् दिगो आर्थिक र सामाजिक विकास गर्ने उल्लेख छ ।
लमजुङ ११ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार गरी १२ जना चुनावी प्रतिस्पर्धामा छन् ।
निर्वाचन आयोगले यही फागुन २१ गते मतदानको दिन तय गरेको छ । त्यसको आवश्यक तयारी पुरा भएको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन १४, बिहीबार ११:५४ गते