राष्ट्रिय स्वतन्त्र पार्टीले बेसीशहरबासीसँग ‘विजय र्यालीमा भेटौं’ भन्दै गर्यो बाचा : फोटो फिचर

राष्ट्रिय स्वतन्त्र पार्टीले बेसीशहरबासीसँग ‘विजय र्यालीमा भेटौं’ भन्दै गर्यो बाचा : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण १७ गते सोमबार ०९:१५

सो र्यालीमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा तहका साथै विभिन्न तहका नेता तथा सुभेच्छुकहरूको व्यापक सहभागिता रहेको थियो ।

र्यालीको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार एवम् केन्द्रीय संगठन विभागका सदस्य इन्जिनियर धर्म केसीले गर्नु भएको थियो ।

बेसीशहर– मतदानको संघारमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले लमजुङको जिल्ला सदरमुकाम बेसीशहरबासीसँग ‘विजय र्यालीमा भेटौं’ भन्दै बाचा गरेको छ । रास्वपाले बेसीशहर बजारमा मोटरसाईकल र्याली गर्दै फागुन १७ गते त्यस्तो बाचा गरेको हो ।
र्याली मनाङे चौताराबाट सुरु भएको थियो । र्यालीको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार एवम् केन्द्रीय संगठन विभागका सदस्य, इन्जिनियर धर्म केसीले गर्नु भएको थियो । सो र्याली मनाङे चौताराबाट सुरु भई बैंक चोक, त्रिवेणी टोल, भीमसेनास्थान टोल, नारायणस्थान, मालपोत चोक, प्रशासन चोक, प्रगतीटोल(गौथलीडाँडा हुँदै) जिल्ला अदालतबाट पुनः प्रशासन चोक पुगेको थियो ।
त्यस्तैगरी, क्याम्पस रोड घुमेर पुनः प्रशासन चोक हुँदै अर्थ्ली चोक, दनाईफाँट, बसपार्क, कालिका चोक हुँदै पुनः अर्थ्ली चोक, फिल्महल चोक, सेरा चोक, सित्तलपाटी, सेरा कुना, चक्रथप हुँदै शान्ति टोल, बुद्ध चोक, युनिभर्सल चोक पुगेको थियो । सो स्थानबाट पुनः मनाङे चौतारा, सहजी पुगेर फर्की फेरि त्रिवेणी टोल, नारायण स्थान, झ्याङ् खोला, सेरा चोक हुँदै सुन्दरबजारतर्फ लागेको थियो ।
सो र्यालीमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा तहका साथै विभिन्न तहका नेता तथा सुभेच्छुकहरूको व्यापक सहभागिता रहेको थियो । प्रस्तुत छ सो र्यालीको फोटो फिचर :

प्रकाशित मिति २०८२ फाल्गुन १८, सोमबार २१:१५ गते
हजुरको प्रतिक्रिया