परेवाडाँडा(लमजुङ)– लमजुङमा निर्वाचन आयुक्त माननीय डा. जानकीदेवी तुलाधरद्वारा पहिलो मतदान गरी सुभारम्भ भएको छ । उहाँले यहाँ स्थित महेन्द्र मन्दिर मा.वि. मतदान केन्द्र क केन्द्रमा फागुन २१ गते विहान निर्धारित समय ठीक सात बजे पहिलो मतदान गरी मतदान प्रक्रिया सुरु भएको हो ।
सो मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटिनु भएका डिभिजन वन कार्यालय, लमजुङका प्रमुख दीपक प्रसाद पण्डीतले त्यस्तो जानकारी दिनु भएको हो । उहाँले भन्नुभयो, निर्वाचन आयोगका निर्वाचन आयुक्त माननीय डा. जानकीदेवी तुलाधरद्वारा बिहान निर्धारित समयमा मतदान केन्द्रमा उपस्थित हुनु भएर मतदान प्रक्रियाको शुभारम्भ गर्नु भएको हो ।
सो अवसरमा निर्वाचन आयुक्त माननीय डा. जानकीदेवी तुलाधरलाई उक्त मतदान केन्द्रका मतदान अधिकृत पण्डितले आफ्नो परिचयसहित मतदानको तयारीका बारेमा जानकारी गराउनु भएको थियो ।
प्रकाशित मिति २०८२ फाल्गुन २१, बिहीबार ०८:२९ गते