काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मतदान गर्नु भएको छ । विहान आफ्नो मतदान स्थलमा पुगेर प्रधानमन्त्री कार्कीले फागुन २१ गते मतदान गर्नु भएको हो ।
कार्कीले काठमाडौं क्षेत्र नम्बर– ५ स्थित धापासी स्थित धापासी निमावि, फैमाल्चुली मतदान केन्द्रमा गएर फागुन २१ गते विहान मतदान गर्नु भएको बताइएको छ ।
प्रधानमन्त्री कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरूलाई आग्रह समेत गर्नु भऐको छ । प्रधानमन्त्री कार्कीले फेसबुकमा लेख्नु भएको छ, ‘आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु ।’
मुख्य निर्वाचन अधिकृत नै मतदान गर्न बञ्चित ः
यसैबीच, पाँचथरको फिदिमबाट प्राप्त समाचार अनुसार मुख्य निर्वाचन अधिकृत नै मतदान गर्न बञ्चित हुनु भएको छ । मुख्य निर्वाचन अधिकृतको नाम मतदाता नामावलीमा नभेटिएका कारण मुख्य निर्वाचन अधिकृत कुमार मास्केले भने मतदान गर्न नपाउनु भएको हो ।
बिहान साढे ७ बजे कारागारस्थित अस्थायी मतदान केन्द्रमा पुग्नु भएको थियो । तर मतदाता सूचिमा उहाँको नाम नभेटिएपछि त्यत्तिकै फर्किनु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
पाँचथसमा एउटा मात्र अस्थायी मतदान केन्द्र रहेको छ । जिल्ला कारागारमा रहेको मतदान केन्द्रमा भोट हाल्न सुरु भएको छ । सो कारागारमा २३ जना कैदीबन्दीसँगै अस्थायी मतदाता नामावलीमा नाम भएका कर्मचारी र सुरक्षाकर्मीले मतदान गर्ने कार्य सुरु भएको छ ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र डीएसपी अनिषकुमार कर्णलगायत कर्मचारीले यही केन्द्रबाट मतदान गर्नु भएको छ ।
जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको र एक घण्टाको अवधिमा झन्डै एक हजार २०० मत खसेको जानकारीमा आएको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन २१, बिहीबार १०:०६ गते