लमजुङमा करिब ६० प्रतिशत मतदान : जिल्ला मुख्य निर्वाचन कार्यालय

लमजुङमा करिब ६० प्रतिशत मतदान : जिल्ला मुख्य निर्वाचन कार्यालय

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २० गते बिहिबार ०५:२५

लमजुङ जिल्लामा यसपटक सम्पन्न निर्वाचनका लागि कुल १ लाख ३७ हजार १२४ मतदाता योग्य मानिएको थियो । ती मतदाता मध्ये ६९ हजार ५२४ महिला र ६७ हजार ६ सय पुरुष छन् ।

मतदानका लागि जिल्लामा १३० मतदानस्थलमा १९२ मतदान केन्द्र तथा एक अस्थायी मतदान केन्द्र तोकिएका छन् ।

बेसीशहर– लमजुङ जिल्लामा आज फागुन २१ गते सम्पन्न निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको छ । त्यसको पुष्टि जिल्ला मुख्य निर्वाचन कार्यालयले गरेको हो ।
सो कार्यालयले दिएको जनाकारी अनुसार दिउँसो ३ बजेकोअपडेटमा ५२ प्रतिशत मतदान भएको थियो । ४ बजेको अपडेटमा ५६ प्रतिशत पुगेको हो जिल्ला निर्वाचन कार्यालयका प्रमुख यादव राज आचार्यले बताउनु भयो । उहाँका अनुसार अब ऐले एकिन अपडेट आउन बाँकी छ तर ६० प्रतिशत हाराहारीमा मतदान भयो भन्दा हुन्छ ।
लमजुङ जिल्लामा यसपटक सम्पन्न निर्वाचनका लागि कुल १ लाख ३७ हजार १२४ मतदाता योग्य मानिएको थियो । ती मतदाता मध्ये ६९ हजार ५२४ महिला र ६७ हजार ६ सय पुरुष छन् ।
मतदानका लागि जिल्लामा १३० मतदानस्थलमा १९२ मतदान केन्द्र तथा एक अस्थायी मतदान केन्द्र तोकिएका छन् । थप अपडेक केही समय पछि ।

प्रकाशित मिति २०८२ फाल्गुन २१, बिहीबार १७:२५ गते
हजुरको प्रतिक्रिया