लमजुङमा मतदानको अपडेट आउन सात बज्ने : मतगणना भोलि विहान १० बजेदेखि

लमजुङमा मतदानको अपडेट आउन सात बज्ने : मतगणना भोलि विहान १० बजेदेखि

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २० गते बिहिबार ०६:१२

सबै मत पेटिका आउन राती १ बज्ने स्थिति छ ।’ त्यसैले भोलि बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र १० बजेदेखि मत गणना कार्य थालिने तयारी भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख यादव राज आचार्यले बताउनु भयो ।

जिल्लाभर शान्ति पूर्ण रुपमा मतदान सकिएको सुरक्षा निकायले समेत पुष्टि गरेको छ ।

बेसीशहर– लमजुङ जिल्लामा आज फागुन २१ गते सम्पन्न निर्वाचनमा मतदानको अपडेट आउन साँझको सात बज्ने आंकलन गरिएको छ । यसअघि जिल्ला मुख्य निर्वाचन कार्यालयले करिब ६० प्रतिशत मतदान भएको जनाएको थियो । मत गणना कार्य भने भोलि फागुन २२ गते विहान १० बजेमात्र थालिने भएको छ ।
सो कार्यालयले दिएको जनाकारी अनुसार जिल्लाभर शान्ति पूर्ण रुपमा मतदान भएको छ । प्राप्त जानकारी अनुसार दिउँसो ३ बजेकोअपडेटमा ५२ प्रतिशत मतदान भएको थियो । ४ बजेको अपडेटमा ५६ प्रतिशत पुगेको हो जिल्ला निर्वाचन कार्यालयका प्रमुख यादव राज आचार्यले बताउनु भयो । उहाँका अनुसार अब ऐले एकिन अपडेट आउन बाँकी छ तर ६० प्रतिशत हाराहारीमा मतदान भयो भन्दा हुन्छ । उहाँले भन्नुभयो, ‘सबै मत पेटिका आउन राती १ बज्ने स्थिति छ ।’ त्यसैले भोलि बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र १० बजेदेखि मत गणना कार्य थालिने तयारी भएको उहाँको भनाइ छ । उहाँका अनुसार जिल्लाभर शान्ति पूर्ण रुपमा मतदान सकिएको सुरक्षा निकायले समेत पुष्टि गरेको छ ।
लमजुङ जिल्लामा यसपटक सम्पन्न निर्वाचनका लागि कुल १ लाख ३७ हजार १२४ मतदाता योग्य मानिएको थियो । ती मतदाता मध्ये ६९ हजार ५२४ महिला र ६७ हजार ६ सय पुरुष छन् ।
मतदानका लागि जिल्लामा १३० मतदानस्थलमा १९२ मतदान केन्द्र तथा एक अस्थायी मतदान केन्द्र तोकिएका छन् ।

प्रकाशित मिति २०८२ फाल्गुन २१, बिहीबार १८:१२ गते
हजुरको प्रतिक्रिया